स्थानीय तहको निर्वाचन सम्पन्न भएको दुई बर्ष पुरा भएको छ । २०७४ साल असोज २ गते तेस्रो चरणको रुपमा स्थानीय तहको निर्वाचन प्रदेश नं. २ मा भएको थियो ।
निर्वाचनको समयमा जनताको मनमा आशा र नयाँ आउने जनप्रतिनिधि प्रति भरोसा थिया,े त्यसैले होला पुराना भन्दा पनि नयाँलाई जनताले विश्वास गरे । सत्तामा भन्दा पनि सत्ता बाहिर रहेकोलाई काम गर्ने अवसर दिए । २० औ बर्ष पछि भएको स्थानीय चुनाव आम जनताको लागि विशेष थियो । सिंह दरवारको अधिकार गाउँ गाउँमा पु¥याउने एउटा कडिको रुपमा आम जनताले लिएका थिए । आफनो छुने सरकारको रुपमा जनप्रतिनिधिलाई चुनेका थिए आम जनताले । केन्द्रिय प्रणालीमा आफनो पहुच नभएकाहरु आफनै घर आँगनको सरकारमा आफनो पहुच होला भनेर भरोसा गरेका थिए तर भरोसा टिकाउन सकेनन् हाम्रा जनप्रतिनिधि हरु । स्थानीय खास गरी प्रदेश २ का स्थानीय सरकारहरु काम भन्दा विवादमा धेरै रहे । जनताको सुविधा भन्दा पनि आफनो स्वार्थमा बढी रमाए । जनताको घर घरमा पुग्ने बाटो भन्दा पनि आफनो घरमा पुग्ने स्कारपियोलाई पहिलो प्राथमिकतामा राखे त्यसैले त भन्दै छन आम जनता खोई त विकास ? खोई त स्थानीय सरकारको कामको गति ? कहाँ गए ती वाचा जुन निर्वाचनको समय गरिएको थियो ?
स्थानीय सरकारहरुले पहिलो बर्षको आफनो नीति तथा कार्यक्रममा केही राम्रा योजनाहरु ल्याए पनि त्यसको कार्यान्वयन पक्षमा सुधार हुन सकेन । योजनालाई कार्यन्वयनका लागि खासै पहल गरेनन । जनताका लागि बनाईएका योजनाहरु असारे विकासमा परिणत भए । स्थानीय सरकार सरकार मात्र नभएर आम जनताको दुख सुखको साथी हो । स्थानीय सरकारको गठन पछि जनताको सवै काम स्थानीय स्तरबाट नै हुने हो तर अहिले सम्म त्यस्ते हुन सकिरहेको छैन । जनताले आफनै गाउ घरमा आएको छुने सरकारलाई महसुस गर्न सकिरहेका छैनन् । धेरै समय पछि स्थानीय जनताले आफुले चुनेको जनप्रतिनिधि पाएकोले यसपालिको प्रतिनिधिसंग धेरै अपेक्षा छ जनताको त्यो अपेक्षा र चाहना अनुसार काम गर्नु पर्ने देखिन्छ । जुन पार्टीबाट निर्वाचि भए पनि अहिले जनताको सेवक भएर नेताको काम भन्दा जनताको कामका लागि सयम दिनु पर्ने हुन्छ होईन भने फेरी पनि निर्वाचन आउने छ र त्यसको हिसाव किताव जनताले गरिरहेका छन ।
मानिसको बुझाईमा अहिले स्थानीय सरकारमा भ्रष्टाचार बढेको छ । प्रकृया भन्दा पनि पहुच र पावरको आधारमा स्थानीय सरकारले काम गररहेका छन । जनताको सेवा भन्दा पनि आफनो सुविधामा स्थानीय सरकार लिप्त भएका छन । हुन पनि हो विहानको समाचारमा स्थानीय सरकारकै समाचारले प्राथमिकता पाईरहेका छन । जनतलाई चाहिएको सडक , नाला, सार्वजनिक सवारी साधन भन्दा पनि जनप्रतिनधिका चिप्ला गाडी बढी देखिन्छन सडकमा । पहिलेको प्रकृया परिवर्तन भए पनि असारे विकासको प्रवृति परिवर्तन भएको छैन । कार्यालय भन्दा पनि बाहिर रमाउने चलन हराएको छैन । अनि जनताले कसरी जनप्रतिनिधिको विश्वास गरुन । असार १० गते हुनु पर्ने स्थानीय तहको परिषद कतिपय स्थानीय तहमा बल्ल हुदैछ ।
स्थानीय तहको निर्वाचनको सयमा जसरी उम्मेदवारहरुले आफनो घोषणा पत्र जारी गर्दै आफु गर्ने कामको बारेमा जानकारी गराएका थिए त्यसरी नै दुई बर्षमा गरेको कामको जानकारी किन दिदैनन । २ बर्ष वितेको उपलक्ष्यमा मैले यो र यति काम गरे भनेर जानकारी दिन कसले रोकेको छ ।
आफुले निर्वाचनको समयमा गरेको वाचा र निर्वाचित भईसके पछि गरेको कामको विवरण सार्वजनिक गर्ने बाली बसाल्यौ भने जनता र जनप्रतिनिधि विच समन्वय र सहकार्य बढछ की ?