पिता लक्षमण चौधरी र माता रामवती देवी चौधरीका कान्छो सन्तानका रुपमा वि.सं.२०४२ सालमा धनुषा जिल्लाको जनकपुर बिषरभोरामा जन्मेका डा. दिपेन्द्र कुमार चौधरी शैक्षिक क्षेत्रमा आबद्ध व्यक्तीहरुको लागि नौलो नाम भने होईन । विं.सं २०५८ सालमा जनकपुर स्थित श्री सरस्वती माध्यमिक विद्यालयबाट एस.एल.सी उर्तीण गरेका चौधरी पी. एच. डि. सम्मको अध्ययन गरि राष्ट्रिय विद्या भूषण पदकबाट सम्मानीत व्यक्तित्व हुन् । मध्यम वर्गिय परिवारमा जन्मिए पनि आफ्ना पिता र दाजुको साथ सहयोगले यो स्थान सम्म आईपुग्न सफल भएको चौधरी बताउँछन् । शिक्षालाई निरन्तरता दिनकै लागि २०६१ सालमा वीरगंज प्रवेश गरेका चौधरी हाल वीरगंज कलेजका संस्थापक संचालक समितिका अध्यक्ष समेत हुन् । शिक्षा आर्जन गर्ने क्रममा शिक्षाको अभावलाई पूरा गर्न आफू पढ्दै आफ्नै तहका साथीहरुलाई पढाउदै शिक्षण पेशा सुरु गरेका डा.चौधरी आफूले जस्तो समस्या भोगेपनी अहिलेका विद्यार्थीहरुले भोग्न नपरोस भन्ने उद्देश्यले वीरगंज कलेजलाई ५ वर्ष अघि स्थापना गरेको उनको भनाई छ । यस साता समग्र शिक्षाको सेरोफेरोमा रहेर डा. दिपेन्द्र चौधरी संग मध्य नेपाल पत्रीकाको लागि गरिएको कुराकानी :
१) मध्य तराईको शिक्षाको गुणस्तरलाई कसरी आंकलन गर्नु हुन्छ ?
सबै भन्दा पहिला हामीले शिक्षा भनेको के हो भन्ने बुझ्न जरुरी छ । शिक्षा मान्छे को आधारभूत आवश्यकता मध्यको एक हो । तर तराईमा प्राथमिक देखि मा.वि तहको शिक्षालाई विद्यार्थीले अभिभावकबाट पाएको बोझ बुझिरहेको देखिएको छ । म आफैले शिक्षा लिनुपर्छ भन्ने उत्साह उनीहरूसँग छैन । म शिक्षित भएर केही गर्छु भन्ने भावना नै छैन । यही कुरा जब पहाडी भेग वा नेपाल बाहिर जाँदा त्यहाँका बच्चाहरूमा जन्मदा देखिनै मलाई जे गर्नु छ पढेर नै गर्नुछ भन्ने मानसिकता पाईन्छ ।
यहाँका विद्यार्थी भाईबहिनीहरुको दिमागमा मेरो बाउ बाजेको सम्पत्ति छदैछ म त्यसैबाट आफ्नो जीवनयापन गर्न सक्छु । मलाई शिक्षाको खासै आवश्यकता छैन भन्ने मनोभाव देखिन्छ । अहिले आधारभुत र मा.वि दुई तहको शैक्षिक नतिजा हेर्ने हो भने प्रावि तहमा ९५ देखि १०० प्रतिशत सम्म नतिजा ल्याई रहेका विद्यार्थीको नतिजा नि.मा.वि र मा.वि तहमा पुगेपछि ह्वातै घटेर आधामा आउँछ । किनभने जबजब विद्यार्थीहरुको मानसिकता विकास हुँदै जान्छ उसमा बाबुबाजेको सम्पत्तिको रौनक चढ्न थाल्छ र शिक्षाबाट बिमुख हुँदै जान्छ ।
२) अहिले शैक्षिक संस्थाहरु खोल्ने होडबाजी चलेको छ । यसरी शैक्षिक संस्थाको संख्यात्मक वृद्धिलेमात्रै शिक्षाको गुणस्तर निर्धारण गर्छ त ?
शैक्षिक संस्थाहरुको संख्या बढ्दैमा शिक्षाको गुणस्तर घट्ने र शैक्षिक संस्थाहरुको संख्या कम हुँदैमा गुणस्तर बढ्ने होईन । यसमा त विद्यार्थी र अभिभावक एक साथ लाग्नु पर्ने कुरा हो । कुनै पनि संथाले कस्तो शिक्षा दिईरहेका छन् भने त्यहाँका संचालक र शिक्षकको योग्यता अवस्था कस्तो छ ? संचालकले समाजमा कस्तो भूमिका खेलेको छ ?यी यावत कुराहरुको अनुगमन पछि मात्रै शैक्षिक संस्थाको छनौट गर्नु पर्छ ।अझ आज भोलि सबै भन्दा राम्रो मुल्याङकन् सामाजिक संजालहरुबाट गर्न सकिन्छ । जुन कलेजले निशुल्क वा कम शुल्कमा भर्ना गरेको छ । जसमा ३ महिनाको मासिक शुल्क छुट गरेको छ ।
आफ्ना बालबच्चालाई त्यही पढाउने अभिभावकको बानी छ । कलेजको आर्थिक पाटो नै सबल छैन भने त्यो कलेजले स्तरीय शिक्षा र योग्य शिक्षक कहाँ बाट ल्याउला र विद्यार्थीहरुलाइ कस्तो सेवा सुविधा देला ? यहाँ सरकारी विद्यालय वा कलेजमा १० प्रतिशत विद्यार्थीहरु मात्रै छन् । बाँकी ९० प्रतिशत विद्यार्थीहरु निजी कलेज र विद्यालयमै छन् । निजी विद्यालय र कलेज संचालनको लागि पुँजीको आवश्यक्ता पर्दछ र त्यो पैसाको स्रोत भनेकै विद्याथीहरुसंग लिईने शुल्क हो । त्यसैबाट संस्था संचालन हुन्छ । त्यसैले सस्तो र राम्रो भन्दा पनि गुणस्तरीय संस्था छनौट गर्नु पर्छ ।
३) पर्सा जिल्लाको सन्दर्भमालाई हेर्ने हो भने शैक्षिक संस्थाहरुको गुणात्मकलाई कसरी लिनु हुन्छ ?
पर्सा जिल्लाको शैक्षिक गुणात्मकलाई म दुईवटा पाटो बाट केलाउँछु । यहाँ केही यस्ता व्यक्तिहरु विद्यालय सञ्चालनमा आए जसको उद्देश्य पैसा कमाउने छ । भने केही यस्ता व्यक्तिहरु पनि छन् जसले पैसा भन्दा आफ्नो नाम, ईज्जत, प्रतिष्ठा र संस्थालाई बचाएर समय सापेंक्ष गुणस्तरीय शिक्षा दिई रहेका छन । त्यस्ता दुई किसिमका समुहहरु यहाँ छन् ।
संचारकर्मीहरुले त्यस्ता विद्यालय तथा शैक्षिक संस्थाहरुको जानकारी लिएर पैसा कमाउने उद्देश्यले खोलिएका संस्थाको पर्दाफास गर्न आवश्यक छ । किनभने वीरगन्जको परिपेक्षमा भन्ने हो भने हरेक वर्ष दुई वटा नयाँ शैक्षिक संस्था खुल्छन् र दुई वटा पुराना संस्था बन्द हुन्छन् । यो विद्यार्थी समाजकै लागि घातक हो । यस्ता संस्थाहरुको बारेमा विद्यार्थी र अभिभावक वर्गमा संचारकर्मी साथीहरुले खबर पु¥याउन जरुरी छ ।
४) प्रचारमा भए जस्तो शैक्षिक संस्थाहरुले अध्यापन नगराएको अभिभावकहरुको आरोप छ नि ?
यसमा म पत्रकार साथीहरु र मीडिया हाउसलाई आरोप लगाउँछु । यसमा कुनै दुई मत छैन । फलानो कलेज नेपालकै न वन कलेज भनेर लेखेर दिएको विज्ञापन प्रशारण गर्नु हुन्छ तर त्यसको शैक्षिक गुणस्तर र प्रगति विवरण कहिल्यै माग्नु भएको छ ? सबै दस्तावेजहरु हुँदाहुँदै पनि संस्थामा नभएको बनावटी सन्देशहरु प्रवाह गर्नु कत्तिको उचित हो ? पत्रकार राज्यको चौथो अंग हो । पत्रकारको काम भनेको नराम्रा कामलाई देखाउने जनतामा सत्य तथ्य समाचार सुचना सम्प्रेषन गर्ने हो । संचालकहरुले त लुकाउँछन् नी कीनकी उनीहरुलाई पैसा कमाउनु छ । तर कुन सहि र कुन गलत हो त्यसको पर्दाफास तपाईहरुले गर्नु पर्यो । त्यसका लागि तपाईहरुसंग उपल्बध दस्तावेज लिएर अनुगमन गर्नु पर्ने अति आवश्यकता देखिन्छ ।
५) शैक्षिक संस्थाको अनुगमन गर्ने कार्य त स्थानीय सरकार वा शिक्षा संग सम्बन्धीत निकायको हैन र ?
सरकारी होस वा निजी सबै शिक्षण संस्था को शैक्षिक गुणस्तर मापन गर्ने संस्था नभएका होईन छ तर ती संस्था कहाँ छन् । केही थाहा हुन्न । त्यसैले पनि शिक्षामा यति विकृति देखिएको हो । स्थानीय तहमा शिक्षा आइसके पछि शैक्षिक स्तर अझ बलियो हुनु पर्ने हो । किनभने शिक्षालाई अनुगमन गर्ने अधिकार स्थानीय सरकारको छ भने मुख्य निति निर्माण गर्ने प्रदेश सरकारको र त्यसलाई हेर्ने काम केन्द्रिय सरकारको हो । नया संरचना पश्चात हुनुपर्ने अझ बलियो हो तर अझ खस्किएको छ । शिक्षामा देखिएको त्यस्ता समस्याहरुलाई सम्बन्धीत निकायसम्म पु¥याउने माध्यम नै संचार हो । त्यसैले यस्ता विषयमा पनि पत्रकारहरुले कलम चाल्नु पर्छ ।
६) कानुन र पत्रकारिता तपाईको कलेजमा पनि ल्याउनु भयो । यसको भविष्य कस्तो पाउनु भएको छ ?
कानूनको भविष्यको बारेमा कसैले सोच्न जरुरी नै छैन । देशमा तीन तहको सरकार बनीसकेको अवस्थामा तीन तहकै सरकार सञ्चालनका लागि कानुन पढेका विद्यार्थीहरुको आवश्यकता छ । त्यसो भयो भने कानुनी राज्य स्थापना हुन्छ जस्तो लाग्छ । पर्सा जिल्लाको परिपेक्षमा भन्नु पर्दा कानुन व्यवसायीको माग हवात्तै बढेको छ । सँगसँगै १४ वाट स्थानीय तह छ । सबै स्थानीय तहमा न्यायिक समिति छ र त्यहाँ पनि कानुन व्यवसायीको आवश्यकता पर्छ । एउटा उजुरी दिनु पर्यो भने लेखनस ले नै उजुरी लेखेर दिनु पर्ने हुन्छ । त्यसैले गर्दा कानुन पढेका जनशक्तिको माग र भविष्य राम्रो देखिरहेको छु । भविष्यमा यो एउटा राम्रो पेशा बन्न सक्छ ।
पत्रकारिताको कुरा गर्दा २०६१ सालमा म वीरगन्ज आउँदा मात्रै एउटा रेडियो थियो । जसले आफ्नो प्रथम वार्षिकोत्सव मनाउँदै थियो । त्यो थियो रेडियो वीरगन्ज । तर आजको दिनसम्म आइपुग्दा यति मिडिया हाउसहरु, टेलिभिजन रेडियो, प्रिन्ट मिडिया खडा भइसके । तर बिडम्वना ती मिडिया हाउसमा काम गर्ने कर्मचारीहरुमा १० प्रतिशले पनि पत्रकारिता अध्ययन गरेर आएका छन् जस्तो मलाई लाग्दैन । त्यसैले यहाँको स्थानीय पत्रपत्रिका, टेलिभिजन र रेडियोको हेडलाइन र समाचार के हुन्छ । यदि पत्रकारिता पढेका भाईबहिनी भए भने यहाँका जनताले स्वच्छ निष्पक्ष र सही सन्देश सूचना पाउँछन् । सरकारले मिडिया विधयक पनि ल्याउँदै छ र त्यसमा संचारकर्मिको सुरक्षा र सेवासुविधाको विषय पनि हुनेछ त्यसैले गर्दा पत्रकारिताको भविष्य राम्रो छ ।
७) राष्ट्रपतिबाट सम्मानित हुनु भयो । तपाईले अध्यापन गराएका विद्यार्थीहरुलाई त्यो किसीमको शिक्षा प्रदान गर्दै हुनुहुन्छ ?
यस प्रश्नमा म १०० प्रतिशत प्रतिबद्धता जनाउँन चाहान्छु । सम्मानिय राष्ट्रपति विद्या देवी भण्डारी ज्युबाट मैले विद्या भुषण पदक लिँदा मेरो आँखामा आशु छल्किएको थियो । विद्या भुषण सम्मानमा जाँदा पर्सा जिल्लाबाट एकजना पनि व्यक्ति थिएनन् । म पनि धनुषाबाट बसाईसराई भएर पर्सा जिल्ला आएको हुँनाले त्यसबेला मेरो नाम लिदा दिपेन्द्र कुमार चौधरी धनुषा भनेर सम्मानित गरियो । त्यसैले आउँदा दिनमा पर्सा जिल्लाका एक दुई जना हैन १० जना व्यक्तित्व यस पदकको भागिदार बनुन र पर्सा जिल्लाको शैक्षिक स्तर बढोस भन्ने उद्देश्यले नै मैले मेरा विद्यार्थीहरुलाई आज यहाँ बस्नु मेरो सफलता हैन ।
जुन दिन तिमीहरुले वीरगंज कलेजबाट उतीर्ण भएर राष्ट्रपतिबाट विद्या भुषण पदकबाट सम्मानित भई वीरगंजको नाम राख्न सफल हुन्छौ । त्यो दिन मेरो ईच्छा र उद्देश्य पुरा हुन्छ भन्ने गरेको छु । त्यसै अनुरुपको शिक्षालाई पनि मैले जोड दिएको छु ।
८) भयरहित वातावरणमा कसरी शिक्षा प्राप्त गर्न सकिन्छ ?
शिक्षा एउटा यस्तो हतियार हो जस्ले तपाईको जीवनलाई सेटल गर्न सक्छ । त्यसैले सबै भन्दा पहिलो प्राथमिकता शिक्षालाई दिनुहोस् । शिक्षा भए सबै चिज पूर्ण हुन्छ । यति मेरा विद्यार्थी भाईबहिनीहरुलाई भन्न चाहान्छु । अर्को आफ्नो बच्चाको लागि विद्यालय वा कलेज छनौट गर्दा शिक्षण संस्था र त्यसको संचालकको ब्याक हिस्ट्री हेरेर त्यहाँ भएका कर्मचारीहरुको आचरण बुझेर बच्चा भर्ना गर्नुहोस् भन्ने अनुरोध अभिभावक वर्गमा गर्न चाहान्छु ।
त्यस्तै स्थानीय तहका विद्यालयका विद्यार्थीहरुलाई सकेसम्म सामाजिक संजाल र मोवाईलबाट टाढा रहने वातावरण सृजना गरिदिन स्थानीय सरकारलाई मेरो आग्रह छ ।
दिनानुदिन भईरहेका अप्रिय घटनाको शिकार भईरहेका हाम्रा भाईबहिनीहरु को सुरक्षाप्रति शसतm रुपमा पहरेदारीका लागि खटिदिन पनी प्रहरी प्रशासनलाई अनुरोध गर्न चाहन्छु । हाम्रा भाईबहिनिहरु सुरक्षित रहे समाज निर्माणमा सहयोग पुग्छ ।