कुमाल (कोहार) समुदायको पुख्र्याैली पेशा (माटोको भाँडा बनाउने ) चुनौतिसँगै
सरकार र कर्मचारीको कमजोरीले महानगर पुरानौ ढाचामा, पहिलेका वडामा समेत अधारभुत सेवाबाट सर्वसधारण बञ्चीत पर्दै गएको छ । पछिल्लो समय बजारमा आधुनिक प्रविधिका भाँडाहरु सहज र सुपत मूल्यमा पाउन थालेपछि कुमाल समुदायको पुख्र्यौली पेशा चुनौति सँगै सङ्कटमा परेको हो ।
पर्सा, बारा जिल्लाका विभिन्न स्थानमा कुमालय (कोहार) जाती समुदायको बसोबास भएता पनि माटोको भाँडाहरु पहिला जस्तो बिक्री नहुदा उनीहरु यो पेशाबाट पलाउन हुन थालेका छन् । बर्षमा एक महिना मात्र माटोको भाँडाहरु विक्री हुने हुँदा अरु समयमा यतिकै बस्नु पर्ने हुँदा यो पेशाबाट पलायन हुनु परेको वीरगंज महानगरपालिका वडा नम्बर २८ दरदरवा टोलका कृष्ण कोहार बताए । दिपावली तथा छठको बेला हामी सबै कुमाल जातीलाई एका बिहानैदेखि माटोको भाँडाकुँडा बनाउनमा भ्याई नभ्याई हुन्छ । माटोको भाँडाकुँडा बनाउँदै आएका कोहार अहिले नयाँ प्राविधिक तथा झीलमी बतीका कारण माटोको भाडा थोरै विक्री वितरण हुने गरेको बताउँछन् । गरीब परिवारका लागी केही नभए पनि घरमा दियो, ढक्ना, खपरी चहिन भएले बनाउनमा बढी केन्द्रित छांै । आउँदै गरेको दिपावली तथा छठलाई मध्यनजर गर्दै कोहारले दिपावली र छठमा हरेक घरमा चाहिने दियो ढक्ना, खपरी, हाती लगायतका माटाका सामानहरु बनाइएको उनले बताए ।
वर्षको एघार महिना अरु पेशा गरे पनि अहिले एक महिना यता भने आफ्नो पूख्र्याैली पेशा अंगालेको उनले तर्क गरे ।
एघार महिना आफु जुन सुकै काम गरेर घर धान्दै आएको थिए । तर यो एक महिना काम गरेपछि वर्ष भरीका लागी धान किन्न सक्ने हुन्छु । यो पेशामा हाल चुनौति रहको छ । पहिला माटोको सामग्री हुने ठाउँमा प्लाष्टिकका सामान विक्री हुन थालेपछि मात्र हामी दिपावली तथा छठ पर्वमा बिशेष गरी प्रयोग हुने माटोको भाँडाकुँडाहरुको माग ह्वातै बढ्ने गरेको उनको भनाई छ । दिपावली र छठपर्बमा खासगरी माटोले बनेका दियो, खपरी, ढक्ना प्रायः हरेकले नै किन्ने गरेकोले दशैंअघि देखि नै अरु सबै काम छोडी माटोको भाँडाकुँडा बनाउनमा ब्यस्त भएको राम पणितले पनि बताए ।
उज्यालोको पर्व भनेर चिनिने हाम्रो मधेसी भाषामा दिपावली (सोहरैया)मा हरेक घरमा माटोको दियो बालिने परम्परा रही आएको छ । गरिबदेखि धनाढ्य ब्यक्तिहरुको घरमा लक्ष्मीको बास होस भनेर लक्ष्मी पुजाको दिन घरघरमा दियो बाल्ने गरिन्छ ।
पहिलेदेखि नै मानिसहरु खास गरेर माटोबाट बनेको दियो लक्ष्मी पूजाको दिन बाल्ने गर्दछन् । दिपावली र छठ पर्बमा माटोले बनेका भाँडाकुँडा नभइ नहुँने र माटोको दियो बनाउदै गरेका रामले ढक्ना खपरी लगायतका सामानहरु बनाएर नजिकैका गाउँगाउँमा लगेर बेच्ने गरेको तर्क गरे ।
कसै कसैले त अर्डर पनि गर्ने गरेको उनी बताउँछन् । माटोको दियो बिशेष गरी आउँदै गरेको दिपावलीमा बढी प्रयोग हुने भएकोले कृष्णाले पहिले दियो तयार पारी साइकलमा बोकेर नजिकैको हाटबजारमा लगेर बेच्ने गरेको बताए । दिपावली नजिकिएसँगै रामले दैनिक ३ देखि ४ हजारसम्मको माटोको दियो विक्री हुने र प्रति सयकडा १ सय रुपैयाँमा माटोको दियो विक्रि हुने गरेको जानकारी दिए ।
यस्तै माटोबाट बनेको ढक्ना भने प्रति गोटा रु २० मा विक्री हुन्छ भने खपरी रु ३० देखि ५० रुपैयाँसम्ममा विक्री हुने गरेको भनाइ छ । यसपालिको तिहार र छठपर्वमा ७० देखि १ लाखसम्मको माटाका सामानहरु बिक्री गर्ने लक्ष्य रहेको कृष्णाले बताए । उनले भने, ‘त्यही भएर बिहानदेखि बेलुकासम्म अरु सबै काम छोडेर माटाका सामानहरु बनाउनमै ब्यस्त छु उनले भने । ’
दिपावली र छठ पर्वमा माटोको भाँडाकुँडाको माग बढेपछि यहाँका सिमावर्ती भारत बिहारबाट पनि ब्यापारीहरुले माटोको दियो लगायतका भाँडाकुँडाहरु ल्याएर बेच्ने गरेका छन् । अन्य समयको तुलनामा दिपावली र छठ पर्वमा माटोको भाँडोको ज्यादै माग हुन्छ, कृष्णाले बताए । हामीहरु सकेसम्म धेरै बनाउँछौं त्यै पनि माग धान्न नसक्दा छिमेकी भारत बिहारबाट पनि व्यापारीहरु टायर गाडा, साइकल लगायतका सवारी साधनहरुमा माटोको भाडाहरु ल्याएर यहाँ बेच्ने गरेका छन् ।
स्थानीय कच्चा पदार्थ प्रयोग गरेर बनाइने माटोको भाडा पहिलेको तुलनामा अहिले निकै कम बिक्री हुने गरेको व्यवसायी सीताराम कोहारले बताए । “अहिले सिल्भर, स्टिल, प्लाष्टिकजन्य सामग्री लगायतले बजार भरिभराउ भएको छ”, उनले भने, “हामीले बनाएको माटोको भाँडा बिक्री हुन छाडेपछि चार वटा चक्र (माटोको भाँडा बनाउने मेसिन) मध्ये दुई वटा मात्रै चलाउने गरेको छु । ”
प्हिले—पहिले माटोको भाँडा बनाउनमा प्रयोग हुने पहेंलो चिप्लो माटो सजिलै पाइने गरेको भए पनि अहिले भने सजिलै चिप्लो माटो पाउन कठिन रहेको कृष्णाको तर्क छ ।
उनले पहिले फ्रिमै पाईने गरेको चिप्लो माटो भने अहिले किन्नु पर्ने बाध्यता रहेको बताए । ‘पहिले पहिले फ्रि मै आफ्नै गाउँठाउमा चिप्लो माटो पाइन्थ्यो’, उनी भन्छन्, अहिले भने किन्नुपर्ने बाध्यता छ ।’
माटाका भाँडा बनाउन चाहिने पहेलो चिप्लो माटो अहिले सजिलै नपाइने भएकाले टाढा टाढाको गाउँबाट खोजेर भए पनि ल्याउनु पर्ने अवस्था रहेको उनले बताए । कृष्णाले माटाका भाडा बनाउन ३ टेलरमा प्रति टयाक्टर ५ हजारका दरले १५ हजारको पहेंलो चिप्लो माटो अन्यत्रबाट किनेर ल्याएको तर्क गरे ।