औद्योगिक नगरीको रुपमा चिनिएको वीरगंज महानगरपालिका भित्रका मुख्य सडकको दुबै तर्फ २५/२५ मिटर विस्तार गर्ने सरकारको निर्णय सँगै वीरगंजमा सरगर्मी बढेको छ ।
सडक विस्तारको जिम्मा पाएको सडक विभागको व्यपारिक मार्ग विस्तार योजना कार्यालयले भने प्रकाशीत सूचना अनुसार कात्तिक १७ गते देखि सडक विस्तार क्षेत्रमा रहेका भौतिक संरचना हटाउने सुरु गरिने जनाएको छ ।
कार्यालय प्रमुख इन्जिनियर अशोककुमार राय यादवले सडकको केन्द्र विन्दुदेखि दाँयाबाँया २५/२५ मिटर क्षेत्रमा रहेका भौतिक संरचनाको लगत संकलन गर्ने काम भइरहेको बताए । उनले सडक विस्तार क्षेत्रमा परेका स्थायी र अस्थायी सबै भौतिक संरचनाको लगत संकलन अहिले भइरहेको छ, कात्तिक १६ भित्र ती संरचना सम्बन्धित व्याक्तिले आफै नहटाए १७ गते देखि प्रहरी प्रशासनको सहयोगमा हटाइने बताए ।
गण्डक चोकदेखि मितेरी पुलसम्मको सडक विस्तार क्षेत्रमा रहेका २९ वटा सरकारी कार्यालयलाई पनि भौतिक संरचना हटाउन पत्रचार गरिसकिएको भन्दै यादवले सडक विस्तार क्षेत्रमा रहेका भौतिक संरचना खाली गरेपछि निर्माण कार्यका लागि बोलपत्र आह्वान गर्ने र ठेक्का सम्झौता गरी बैशाखदेखि निर्माण कार्य नै सुरु गर्नेगरी प्रक्रिया अगाडि बढाइने बताए ।
मुलुकको औद्योगिक नगरीको रुपमा चिनिने वीरगन्ज महानगरपालिकाभित्रका मुख्य सडकको दुबै तर्फ २५/२५ मिटर विस्तार गर्ने सरकारको निर्णयसँगै वीरगन्जमा सरगर्मी बढेको छ । जताततै वीरगन्जमा अहिले सडक विस्तार हुने र नहुनेबारे चर्काचर्की चलि रहेको छ । यसो पनि यो नेपाल सरकारको नयाँ निर्णय होइन, विगतमा पटक पटक सडक विस्तार गर्ने निर्णय भएको छ, तर सधैं सरकार असफल हुँदै आएको छ । मुलुकभरि नै सडक विस्तारको कार्य अघि बढि रहेको छ । विकासको पहिलो चरण भनेको सडक फराकिलो नै हो । त्यसैले सरकारले खासगरेर मुख्य राजमार्ग विस्तारको योजनालाई अगाडि बढाएको छ ।
त्यही योजनाकै क्रममा वीरगन्ज महानगरपालिका भित्र परेको मुख्य सडक त्रिभुवन राजपथ सडक विस्तार कार्यलाई नेपाल सरकार कडाईका साथ अघि बढेको छ । नेपाल सरकार सडक विभागको हेटौडा स्थित क्षेत्रीय कार्यालयले तराईबासीको महान पर्व छठ पर्वपछि वीरगन्जको मुख्य सडक २५/२५ मिटर विस्तार गर्ने सूचना सार्वजनिक गरेको छ । सूचना सार्वजनिक भएसँगै सडक विस्तार गर्ने र नगर्ने विषयमा जताततै टिका टिप्पणी भइरहेको छ । यहाँसम्म कि सामाजिक सञ्जालमा समेत यसको सरगर्मी बढेको छ । कतिपयले वीरगन्जको विकासको लागि सडक फराकिलो हुनुपर्छ भनि रहेका छन् भने कतिपयले मुख्य सडकका नागरिकहरु विस्तापित हुन्छन् भनेर सडक विस्तार नहुनुपर्ने भनि रहेका छन् ।
वीरगंजमा जताततै अहिले सडक विस्तार हुने र नहुने कुरा चलिरहेको छ । नेपाल सरकारको नयाँ निर्णय पनि यो होइन । विगतमा पटक पटक सडक विस्तार गर्ने निर्णय भएको तर सधैं सरकार असफल हुँदै आएको घाम झैं छर्लङ्ग छ । मुलुकभरि नै सडक विस्तारको कार्य अघि बढिरहेको समयमा त्रिभुवन राजपथ अन्तर्गतको वीरगन्जको सडक फराकिलो पार्ने कामले भने गति नलिएको हो ।
यहि योजनाकै क्रममा रहेको सडकलाई अन्य क्षेत्रमा भने सडक विभाग र नेपाल सरकारले कडाईका साथ कार्य सम्पादन गर्दा सडक फराकिलो हुँदैछ । वीरगन्ज क्षेत्रमा भने नेपाल सरकार सडक विभागको हेटौडा स्थित क्षेत्रीय कार्यालयले अझै प्रगति गर्न सकेको छैन । तराईबासीको महान पर्व छठ पछि वीरगंजको मुख्य सडक २५/२५ मिटर विस्तार गर्ने सूचना सार्वजनिक भने गरेको छ । तर त्यसलाई कार्यान्वयनमा ल्याउने कुरा भने शंकाको घेरामा छ । यहाँसम्म कि सामाजिक सञ्जालमा समेत यसको सरगर्मी बढेको देखिन्छ ।