मानिस समाजमा समायोजित हुन सक्ने भएकै कारण सामाजि प्राणी भनिएको हुन पर्दछ । समाजमा अरु प्राणी भन्दा भिन्न छ मानविय स्वभाव । मानिस सामाजिक परिवेशमा जन्मन्छ, समाजको काखामा हुर्कदै एक पुस्ता बाट अर्काे पुस्तामा हस्तान्तरित हुदैँ जाँदा आफ्ना पुर्वजहरुले छोडेर गएका क्रियाकलाप र आचरण जस्ले कयौं संस्कार र संस्कृति माथी सभ्यताको पहिचानलाई स्थापित गर्न सफल भएकै कारण परापुर्वकाल देखिका मुल्य मान्यताहरुका कारण आज समाजमा उत्कृष्ट बन्न सकेका हो ।
मानिस चेतनशील प्राणी भएकै कारण समानता लगाएत अन्य प्राणीहरुमा भाईचाराको सम्बन्ध कायम गरि समानताको भाव व्यक्त गर्ने निति परापुर्वकाल देखि निरन्तता पाएको छ । भर्खरै नेपाली हिन्दुहरुको महान पर्व बडादशैंसमाप्त भएको छ । नेपालमा बिषेश गरि हिंन्दुहरुले मनाउने पहिलो ठुलो पर्वको रुपमा बिजया दशमी अर्थात दशैलाई लिने गरिएको छ । दशै तिहार, छठ, फाल्गुपुर्णिमा ,श्रीपंचमी, माघेसङ्गाति, नागपन्चमी, ईन्द«जात्रा, साउने संडंक्रन्ति, कुशेऔशी, महपुजा, बुद्घ जयन्ती, कृष्णजन्माष्टिमी, छठ जस्ता पर्वका सवल तथा व्याबहारिक पक्षका कारण नै आज समाजमा एक जातिले अर्काे जाती संगको धार्मिक सहिष्णुतालाई सम्मान गर्ने गरेको प्रत्यक्ष उदाहरण हाम्रो माझमा छ ।
हाम्रा यस्ता चाडपर्वले प्रत्ययेक मानविय नातालाई मजबुत मात्रै बनाउदैन अन्य प्राणी सँगको नातालाई मजबुत बनाई एक आपसमा प्रेम गर्न सिकाउँछ । यस्ता लोकपवनी गाथा हाम्रा पुर्खाहरुको आचरण, संस्कार र संस्कृतिबाट सजिलै संँग बुझ्न सकिन्छ । जस्तैः तिहारमा क्रमशः काग, कुकुर, गोरु, गाईको पुजा गरिन्छ । हनुमानको पुजा गरेर हाम्रा पुर्खा बादँरको सम्मान गरेका छौ । नागको पुजा गरेर सर्पको पुजा गरिन्छ । देबिको थानमा बागको पुजा गरिन्छ । गणेशको पुजामा हाक्तिको एवंम मुसाको सम्मान गरिन्छ । त्यस्तै माता लक्ष्मीको पुजामा बाहान लाटकोसेरोको पुजा गरिन्छ । विष्णु सगैँ गरुडको र तुलसीको पुजा त्यस्तै सरस्वतिको रुपमा कमलको पुजा गरिन्छ । हाम्रा चाडपर्व सगैँ मानविय व्याबहार मात्रै हैन, अन्य प्राणी जगतमा समेत चाडपर्वले आत्मियता झल्काएको साचो यर्थावर्ता हाम्रो सामु बिद्यमान छ । बेग्ला बेग्लै जाति तथा धर्म संस्कृति मान्ने हामी कुन धर्मले यसरी सबै जीवलाई मान सम्मान र पुजा गर्नै गरेको छ खोजीको अर्काे बिष भएतापनि आपसि सद्भावका लागि कुनैपनि चाडपर्वले सकारात्मक संन्देश प्रवाह गर्नु सराहनिय कार्य हो ।
हाम्रा चाडपर्वले कहिँ कतै कसैलाई नोक्सान गर्ने गर्देन समाजमा सबैको संरक्षण गर्दे मानविय अस्थित्वलाई बाचर्यराख्ने भएकोले चाडपर्वको अन्त्य होईन चाडपर्वका नाउँमा देखिएका वृकितीहरुको अन्तय गर्न पर्दछ । चाडपर्वको नाउँमा हुने गरेको भड्किलो प्रवृद्घि तथा खर्चिेलो मानसिकतालाई परिवर्तन गर्न पर्दछ । चाडपर्वका नाउँमा हुने गरेको फजुल खर्चको कारण गरिबवर्गहरुको लागि चाडपर्व होईन ऋणपर्वको बढ्वा प्रवृद्घिलाई रोक्ने दिर्घकालिन व्यावस्था गर्न पर्दछ । चाडपर्व मनाउने क्रममा देखिने गरेका विकृतिहरु मध्ये देखावटी आडम्बर एक हो । आर्थिक तथा मानसिक आडम्बरले हाम्रा चाडपर्वमा प्रत्यक्षरुपले नकारात्मक असर पुर्याई रहेको हुन्छ ।
चाडपर्वले आफन्त नातेदार घर परिवारको सम्बन्धलाई मात्रै जोड्दैन । समाजमा बस्ने अलग अलग जातिय, घर्म संस्कृतिहरुको समुह सगँ पनि उक्तिकै सम्बन्ध राख्दछ । अझ भनौ भने यस्ता पर्वहरुले स्थानिय गाउँ समाजमा मात्रै हैन नेपालका कुना कुनामा समेत आफ्नो प्रभाव छोड्न सफल भएको छ । जस्तो हिंन्दुहरुले मनाउने चाडपर्व जस्तो दशैँमा ठुला बडाहरुसँग थाप्ने टिका अन्य जातिमा पनि विस्तार हुँदै गएको छ । रातो रंङ्गलाई बहिष्कार नै गर्ने मुश्लिम समुदायहरु आज भोलि निर्धक्क भएर घरपरिवार अनि छिमेकि संग होलि खेल्ने गरेको प्रसस्तै देख्न थालिएको छ यो राम्रो पक्ष हो । यस्तै दशैँमा लगाईने रातो अक्षताको टिका, तिहारमा लगाईने मखमलि सयपत्री फुलको माला अन्य मदेशि समुदाय वा अन्य समुदायले पनि ग्रहण गर्न थालिएको छ यो एकदमै स्वागत योग्य कुरा हो । त्यस्तै बिशेष गरि तराई क्षेत्रमा बडिजसो मदेशि समुदायले मनाउने राखी पर्व, दिपावलि लगतै मनाईने छठ पर्व अब तराई क्षेत्रमा मात्रै नभएर नेपालका कुना कुनामा मनाईने मात्रै हैन बाक्लो संख्यामा पहाडिया समुदायले पनि मनाउने प्रचलन दिनप्रतिदिन बढ्नुले चाडपर्व कुनै जातिय धर्म बिशेषको पर्व भन्दा पनि सामाजिक सहिष्णुताको प्रमुख अंगको रुपमा बिकाश हुनु राम्रो पक्ष हो ।
समाजमा बस्ने हामी नेपालीहरुको आपसी भाईचाराको सम्बन्ध प्रगाढ बनाउन प्रत्यक्षरुपमा सहयोग गर्ने यस्ता पर्वहरुको हामी सबैले मिलेर मनाउन पर्दछ । हाम्रो देश ४ जात छत्तिस वर्णको स्वर्गको फुलबारी हो जहाँ अनेकौ फुल फुलेकाछन भने ति फुलहरुलाई संरक्षण गर्नु हाम्रो दायित्व हो । तसथ चाडपर्वलाई सामाजिक सद्भावको रुपमा झुकाव हुन हामी सबैले साझा अनि समानताको भुमिका खेल्नु पर्दछ ।