आजको बदँलिदो प्रविधिसँगै दिन–प्रतिदिन प्रतिस्पर्धाको होडबाजीमा सही मार्ग पहिल्याउँन सकिएन भने आँखा भएर पनि अन्धकारमय जीवन व्यतित गर्न बाध्य हुनुपर्छ । यो तितो यर्थाथ हो आजको परिवेशकै । समाज परिवर्तनको पहिलो पाइला भनेको नै शिक्षा हो । शिक्षा क्षेत्रमा आवद्ध महिला पुरुष जो कोही पनि हुनसक्छ ।
त्यस्तै मध्ये बुवा विरेन्द्र सिंह तथा आमा गायत्री सिंहको दाम्पत्य जिवनबाट जन्मिएका पाँच सन्तान मध्येकी जेठी छोरी हुन् आश्मा सिंह । उनको जन्म वि.सं. २०४२ साल कात्र्तिक १७ गते रौतहट जिल्ला स्थित औरहिया गाउँपालिका–२ मा भए पनि हुर्कने र पढने मौका पर्सा जिल्ला वीरगंजबाट पाएको उनले बताइन् । शिक्षित र सम्पन्न परिवारमा पाइला टेक्दा सिंहको बाल्यवस्था भने सुखमय वितेको उनले तर्क गरिन् । उनी प्लस–टु मा अध्ययनरत १८ वर्षको हुदाँ वि.सं. २०६० सालमा कलैया पिपरपाती जब्दीका शिक्षक मनोज यादवसंग प्रेम विवाह गरिन । सन्तानको अभिभावक समेत रहेकी सिंहका पारिवारीक जिवन सुखमय र आनन्दित रहेकोले आफुलाई भाग्यमानी ठान्ने आश्माले श्रीमान र घरपरिवारको सहयोगबाट वीरगंजको चर्चित ठाकुरराम बहुमुखी क्याम्पसमा बि.एडमा अध्ययनरत रहेको बताइन् । उनी सानै छँदा डाक्टर बनेर गरीबहरुको सेवा गर्ने इच्छा हुँदा त्यो सपना पुरा हुन नसकेको उनको भनाइ छ ।
वि.सं. २०६१ सालमा सेस्मी इन्टरनेशनल सेकेन्ड्री स्कुलको स्थापना भएपनि विगत ४ वर्षदेखि संचालक पदमा रही आफुलाई चिनाउन सफल महिलाको रुपमा रहेकी छिन आश्मा । हाल छपकैया–३ प्रगतिनगरमा बसोबास गर्दै आइरहेकी आश्मा सिहं यादवसंग अहिलेको समयमा निजी विद्यालयको शिक्षाको स्तर लगायतको सेरोफेरोमा रहेर मध्य नेपाल सन्देशले गरेको थप कुराकानी :
हामी कुर्सिमा मात्र बसेर भएन । हामीबाट पनि केही पहल हुनुपर्छ । सरकारले जुन नियम बनाएको छ, त्यो पालना गर्नेपनि हाम्रो कर्तव्य हो । हामी १० प्रतिशत छात्रवृती मात्र हैन । १० प्रतिशत भन्दा बढी अभिभावकको आवश्यकता र क्षमता हेरेर सपोर्ट गर्नुपर्छ ।
१) वर्तमान अवस्थामा निजी विद्यालयको शैक्षिक स्तर कस्तो पाउँनु भएको छ ?
अहिलेको अवस्थामा निजी विद्यालयको शैक्षिक स्तर राम्रो छ । तर पठन–पाठनमा केही समस्या आइरहेको छ । झन हामी महिला भएको कारणले त्यो समस्या फेस गर्नुपरिरहेको छ । शिक्षा क्षेत्रमा पहिला बालिका एकदमै न्यून देखिन्थ्यो तर अहिले मानसिक विकास भनौ या चेतनाको प्रभावले गर्दा शिक्षा लिन लागिरहेका छन । शिक्षा क्षेत्रमा आएको कठिनाइ अभिभावकमा काउन्सेलिङ्गको कमि भएकोले बच्चाहरुको कमिकमजोरी, गुणस्तरीय शिक्षा, पढाइको वातावरण यो सबैमा ध्यान दिन एकदमै जरुरी छ । अभिभावक र शिक्षकहरुको सहयोगले बच्चाहरुलाई पठनपाठनमा ध्यान केन्द्रित भइरहन्छ ।
२) जुन निजी विद्यालयले चर्को शुल्क लिएर अभिभावकको ढाँड सेकेको कुरा गुनासो आइरहेको छ । एउटा विद्यालय संचालिका तपाईं यो बारेमा के भन्नु हुन्छ ?
कतिपय विद्यालयले अभिभावकको ढाँड सेकेको गुँनासोलाई म गलत भन्दिन । सहि पनि हो । तर यसमा म सहमत पनि छैन । सबै विद्यालयले यस्तो घृणित कार्य गरेको छैन जस्तो लाग्छ । त्यसको लागि पहिला सरकारबाट पहल हुनुप¥र्यो कि डाटाँहरु संकलन गरेर कसले कति शुल्क लिएको हो । अनुगमन गरी त्यसलाई कारवाही पनि गर्नुपर्छ । कति विद्यालयको बसभाडा पनि महङ्गो छ । तर म ४ वर्षदेखि स्कुल चलाईराखेकी छु । जति लिनुपर्ने हो त्यती मात्र छ । त्यसमा पनि हामीले अभिभावक हेरेर कुरा गर्छौ । यदि कुनै अभिभावक सक्षम छैनन् कि आफनो बच्चाहरुलाई बोडिङ्गमा पढाउने रहर छ भने हामीले उहाँहरुलाई मिलाएर पनि पढाएका छौ । यस्तो शुल्क राख्नुपर्छ कि सबै वर्गका बच्चाहरु पढ्न पाऊन ।
३) निजी विद्यालयको जम्मा विद्यार्थीको सङख्याको १० प्रतिशत नेपाल सरकारले गरिब दलित, मुस्लिम, मधेशी विद्यार्थीहरुलाई छात्रवृत्री प्रदान गर्ने व्यवस्था छ । तर विद्यालयले आफन्त र सोर्सफोर्स भएको व्यतिmलाई दिएको पाइएको छ यस्तो किन ?
हामी कुर्सिमा मात्र बसेर भएन । हामीबाट पनि केही पहल हुनुपर्छ । जुन सरकारले नियम लगाउनु भएको छ । त्यो नियम पालना भएकी भएन अनुगमन टोली पठाउनु पर्छ । सरकारले जुन नियम बनाइदियो त्यो पालना गर्ने पनि हामी हो । हामी अभिभावक भएर त्यो नियम मान्दिन भने फेरी तलका जो व्यक्तिले कहाँ मान्ने भयो त । तर हाम्रो स्कुलमा १० प्रतिशत छात्रवृती मात्र हैन । १० प्रतिशत भन्दा पनि बढी दिएका छौ । अभिभावकको आवश्यकता र क्षमता हेरेर हामी जति सक्छौ त्यती सपोर्ट गरेका छौ । म यो पनि भन्न चाहन्छु कि मेरो विद्यालयमा १० क्लास सम्म पठनपाठन हुन्छ । यदि अगाडी पढ्नको लागि पनि अभिभावकमा आर्थिक कमजोरी छ भने जति सक्दो सहयोग गर्न तयार छु ।
४) यहाँले दलित, मुस्लिम, मधेसी भनेर छुट्याएर छात्रवृत्ती दिनुभएको छ कि सोर्सफोर्सबाट आएका विद्यार्थीलाई दिनुभएको छ ?
हामीले भित्री सम्म गएर सहीमा उसलाई जरुरी छ कि छैन भनेर हेछौ ,किनकी कहिले यस्तो पनि हुन्छ यदि संक्षम नभइ बोल्न नपाएर पनि त्यो हक पाएको हुदैँन । यदि त्यो बच्चा पढाइमा राम्रो छ भने झन हामीले प्रोत्साहित गरेर र अभिभावकलाई पनि प्रोत्साहित गरेर पढाउनुपर्छ भनेर हामी भनिरहेका हुन्छौ । हाम्रो विद्यालयमा ५०० जना विद्यार्थीहरु छन् । यसमा यस्तो केसहरु पनि आएको छ कि छोरीलाई पढाउन धेरै पैसा लाग्छ बरु गाउँमा लाग्दैन त्यही पठाइदिन्छौ तर पढ्नमा राम्रो छन । त्यो केसमा पनि अभिभावकको घरमा गएर काउन्सेलिङ्ग गरेर जुन स्कुलले सहयोग गरेर त्यसले पनि सपोर्ट हुन्छ भनेर भन्छौ । ऊ हाम्रो पनि छोरी हो ।
५) तपाई महिलाको साथसाथै तराईवासी पनि हुनुहुन्छ । यहाँ अगाडी बढ्नुको साथै संचालिका भएर कार्य गर्दा कत्तिको गा¥हो या सजिलो महसुस भएको छ ?
गा¥हो त भन्नु नै प¥र्यो । सबभन्दा ठुलो शब्द भनेको हामी महिला छौ । हामी महिला घरबाट बाहिर निस्कने बित्तिकै आरोप–प्रत्यारोप लगाईन्छ । यो महिलाले केही गर्न सक्दैनन । पुरुषलाई आफनो निर्देशनमा लिएर हिडछन् भनेर कुरा काटिरहेका हुन्छन् । तर यो मलाई एकदमै मनपर्दैन । सायद हामी अहिलेको युगको महिला भएर हामीमा त्यो नराम्रो विचार छैन । म शिक्षित परिवारको छोरी हो । हामीमा कहिले पनि भेदभाव भएन । त्यही सिखेर पनि म अगाडी बढ्न मेरो श्रीमान र घरपरिवारले सहयोग गर्नुभयो । समस्या त आई नै रहन्छ । त्यो समस्या लाई कसरी समाधान गर्न सकिन्छ भन्ने सोच बनाउँनु पर्छ । हामी शिक्षण पेशामा लागेका छौ । बच्चा र समाजलाई केही राम्रो काम दिउ भनेर ।
६) तपाई कसको हौसलाबाट स्कुल संचालन गर्न प्रेरित हुनुभयो ? यसको लागि क–कस्को सहयोग रह्यो ?
मेरो रोल मोडल भनेपछि मेरो बुवा हुनुहुन्छ । मेरो श्रीमान पनि शिक्षा क्षेत्रमा हुनुहुन्छ । वहा शिक्षक पनि हुनुहुन्छ । तर उहाँको एउटा नैतिकता यो छ कि गरिब विधार्थीहरुलाई शुल्क नलिएर पनि टयुसन पढाउँनुहुन्छ । आज उँहाले पढाएको बच्चा डक्टर, इन्जिनियर भएका छन । त्यो हेरेर मलाई पनि हिम्मत हुन्छ कि म पनि समाजमा केही छाप छोडुँ । मेरो श्रीमानबाट नै प्रेरणा पाएको हो ।
७) तपाईहरुको विद्यालयमा पढाई बाहेक के–कस्तो अतिरिक्त क्रियाकलापहरु हुन्छ ?
किताबीतिर मात्र ध्यान नगराएर अतिरिक्त ज्ञान पनि धेरै जरुरी छ । आवश्यक पनि छ । सबै बच्चाहरुलाई किताबी ज्ञान ले मात्र हुदैँन । यदि कतिलाई पढाईमा रुची छैन भने उनीहरुलाई हरेक हप्ता गायन, नृत्य, पौडी, हस्तकला, हाजिरीजवाफ प्रतियोगिता, लिखित गराउँछौ । हामी बच्चाहरुलाई बाहिरी भ्रमण पनि गराउँदछौ ।
८) कार्य गर्ने सन्दर्भमा एउटा पुरुष र महिलालाई हेर्ने दृष्टिकोणमा के फरक पाउँनुभएको छ ?
पहिला भन्दा हाम्रो समाज पनि परिवर्तन भएको छ । त्यो सायद हामी महिला र पुरुषको सहयोगले गर्दा परिवर्तन भएको हो । निर्देशन मैले दिने हो । मेरो स्टाफ काम गर्ने हो । मेरो स्टाफबाट धेरै नै सहयोग र स्पोर्ट पाएको छु । मेरो स्कुलमा प्रायः महिला स्टाफहरु धेरै छन । ईन्चार्ज पनि महिला नै हुनुहुन्छ । अहिले सम्म समाजमा मलाई होच्याउँने, तल पार्ने त्यस्तो भएको छैन । झन राम्रो छाप पाएको छु । एउटा महिला भएर अगाडी बढिरहनुभएको छ । राम्रो कार्यगर्दै जानु भनेर त्यो समाजबाट उत्प्रेरणा पाईरहकी छु ।
९) तपाई एउटा सफल महिला पनि हुनुहुन्छ । तपाई जस्तै अगाडी बढने महिलाहरुलाई के सल्लाह–सुझाव दिनु हुन्छ ?
हामी महिला अगाडी बढने क्रममा हामीले आफनो घरपरिवार, इष्टमित्र सबैलाई साथ लिएर हिड्नुपर्छ । महिला र पुरुष एक रथका दुई पाङ्ग्रा हुन । हाम्रो परिवार र हामीलाई राम्रो पु¥याइरहेछ भने त्यो समाजतिर विशेष ध्यान दिनुपर्दछ । हामीले समाजको लागि के गर्ने त ? आफनो लागि त जो पनि बाच्ँन सक्छन । हामीले समाजलाई के दियौ । हामीले हाम्रो कार्ययोजनालाई सफल बनाउन सक्नुपर्छ । हामी महिला बाहिर निस्केर कार्य गर्न सक्नुपर्छ । समाजसंग राम्रो काममा लड्न सक्नुपर्छ । हामीले राम्रो छाप बनाउनुपर्छ । शिक्षालाई पहिलो प्राथमिकता दिनुपर्छ । सबै महिला दिदीबहिनी शिक्षित हुन एकदमै आवश्यक छ । शिक्षित छौ भने आफुमा निर्भर रहन्छौ ।