वीरगंजमा स्वर्णिम चलचित्र महोत्सव–२०७६ को तयारी तीब्र पारिएको छ । कात्तिक २१, २२ र २३ गते आदर्शनगर रंगशालामा हुने महोत्सवको तयारी तीब्र पारिएको हो । बलिउडका चर्चित कलाकार गोविन्दा नेपाल आउने तयारीमा छन् । उनी नेपाली फिल्म फेस्टिवलमा सहभागी हुनका लागि नेपाल आउन लागेका हुन् । वीरगंजमा हुन लागेको स्वर्णिम चलचित्र महोत्सव–२०७६ मासहभागी हुनेछन् ।
‘तराई पहाड हिमालको उत्सव’ भन्ने नाराका साथ गर्न लागिएको महोत्सवको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने वीरगंजका युवा समाजसेवी दिलिप राज कार्कीले जानकारी दिए । सोहि दिन वलिउड कलाकार गोविन्दा पनि नेपाल आउने र राष्ट्रपतिको हातबाट सम्मान ग्रहण गर्ने कार्यक्रम समेत तय भएको उनले बताए ।
तराई मधेसका कथा र कलाकारलाई समेत नेपाली चलचित्रमा समेट्निुपर्छ भन्ने मान्यताका साथ आफूहरुले पहिलो चलचित्र महोत्सव वीरगंजमा गर्न लागेको आयोजकको भनाई छ । महोत्सव आयोजनामा नेपाल उद्योग वाणिज्य महासंघ र वीरगंज उद्योग वाणिज्य संघको साझेदारी र सहयोग रहेको आयोजकले जनाएको छ । त्यस्तै, महोत्सवमा १ करोड २० लाख खर्च हुने अनुमान गरिएको छ । प्रदेश सरकारले १० लाख, वीरगंज महानगरपालिकाले १५ लाख रुपैयाँ र प्रादेशिक पर्यटन प्रवर्द्धन समितिले थप रकम छुट्याएको छ ।
‘‘वीरगंज ३ दिन चलचित्रमय हुन्छ, यसले वीरगंजको पर्यटन प्रवर्द्धन र आर्थिक गतिविधिको उन्नयन हुन्छ ।’ महोत्सव तयारी समितिका संयोजक एवम् चलचित्र निर्माता संघका उपाध्यक्ष बिमल पौडलले बताउँछन् । तराई मधेशका कथा र कलाकारलाई समेत नेपाली चलचित्रमा समेट्निुपर्छ भन्ने मान्यताका साथ आफूहरुले पहिलो चलचित्र महोत्सव वीरगंजमा गर्न लागेको हो उनले भने, स्थानीय कलाकारलाई प्राथमिकताका साथ महोत्सवमा सहभागी गराउने हाम्रो तयारी हो ।
नेपाली चलचित्रलाई समयानुकुल, मौलिक एवं देश काल परिस्थिति अनुसारको कथा तयार गरी निर्माण गर्न महोत्सव फलदायी हुने महोत्सवको स्थानीय संयोजक नन्दु श्रीवास्तवको विश्वास छ ।
पत्रकार सम्मेलनमा वीरगंज महानगरपालिकाको नगरप्रमुख विजय कुमार सरावगीले चलचित्र महोत्सवको सफलताले यस क्षेत्रको भाषा, कला, संस्कृति एवं कलकारहरुलाई देश विदेशमा परिचित गराउन महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
‘आउने दिनमा चलचित्र उद्योगसँग जोडिन चाहने मानिसहरुका लागि महोत्सव अवसर बन्न सक्छ, कनेक्टिभीटिको काम गर्छ, उनीहरुलाई रोजी रोटीको बाटो बन्न सक्छ ।’ उनले भने, ‘काठमाडौंपछि कार्यक्रम गर्न सक्षम क्षेत्र वीरगंज मानिन्छ, यहाँ महोत्सव सफल हुँदा यसले सकारात्मक सन्देश प्रवाह हुन्छ ।’
वीरगंज उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्याक्ष सुबोध गुप्ताले महोत्सवले यस क्षेत्रको पर्यटन प्रवद्धनमा समेत टेवा पु¥याउने बताए ।