वीरगंजमा स्वर्णिम चलचित्र महोत्सव–२०७६ आजबाट शुरु भएको छ । आदर्शनगर रंगशालामा भईरहेको महोत्सवको ¥यालीमा नेतादेखी कलाकारको महा उत्सव वीरगंजमा पहिलो पटक देख्न पाइएको छ ।
यसैमेसोमा बलिउडका चर्चित कलाकार गोविन्दा वीरगंज आइपुगेका छन् ।
वीरगंजको आदर्शनगर रंगशालामा हुन लागेको नेपाली चलचित्र स्वर्णिम महोत्सव – २०७६ को आज पहिलो दिन प्रभातफेरीको आयोजना गरिएको छ ।
नेपाल चलचित्र निर्माता संघको आयोजनामा वीरगंजमा संचालन भइरहेको तीनदिने नेपाली चलचित्र स्वर्णिम महोत्सवको उद्घाटनको पूर्व सन्ध्यामा वीरगंजमा प्रभातफेरिको आयोजना गरिएको हो । वीरगंजको घण्टाघरबाट निकालिएको प्रभातफेरि माईस्थान, महावीरस्थान हुँदै आदर्शनगर स्थित कार्यक्रम स्थल रंगशालामा पुगेर समापन भएको थियो । कार्यक्रमलाई राष्ट्रपति विद्या देवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक सँस्थाले जनाएको छ ।
प्रभातफेरिमा प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दी, प्रदेश सांसद जन्नत अन्सारी, वीरगंज महानगरपालिकाका नगर प्रमुख बिजय सरावगी, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी राणा, चलचित्र बिकास बोर्डका अध्यक्ष केशव भट्टराई, वीरगंज उद्योग बाणिज्य सघका अध्यक्ष गोपाल केडिया, वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता, राष्ट्रिय कलाकार सरोज खड्का, धिरेन शाक्य, नरेन्द्र श्रेष्ठ, सन्जु अमात्य, रबि बस्नेत, नन्दु श्रीवास्तव, सुनिल पण्डित, खैरुदिन अन्सारी लगायत स्थानीय कलाकारहरु सहित विभिन्न स्कुलका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।