पर्सा क्षेत्र नम्बर १ का सासंद प्रदिप यादवले आधा जनसंख्या रहेको तराई मधेसको भाषा, संस्कृति ‐सभ्याता र इतिहास माथी चलचित्र निर्माण गरेर राष्ट्रिय एकतालाई बलियो बनाउनु पर्ने सुझाव दिनु भएको छ ।
वीरगंजमा आयोजित चलचित्र स्वर्णीम महोत्सवको समापन कार्यक्रममा बोल्दै सांसद यादवले यस्तो धारण राख्नु भएको हो । ५० बर्षको ईतिहासलाई तोडदै पुरै चलचित्र जगत राजधानीको घेरा तोडन सफल भएकोमा उहाँले नेपाल चलचित्र निर्माता संघलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । सांसद यादवले छापा र इलेक्ट्रोनिक भन्दापनि चलचित्र मिडिया सयौँ गुणा शसक्त भएको बताउदै मधेसको इतिहास माथि चलचित्र बनाएर राष्टियतालाई बलियो बनाउन अनुरोध गर्नु भएको हो ।
नेपाली चलचित्रमा मुलुकको ५० प्रतिशत जनसंख्या ओगटेको मधेशको भाषा, कला ,संस्कृति, र वीरताको गाथा पनि समावेश भएमात्र नेपाली चलचित्रले सम्मान र स्थान पाउने बताउनु भएको हो ।
समापन समारोहमा नेपाली चलचित्र क्षेत्रमा विशिष्ट योगदान गर्ने अग्रज कलाकार ऋद्दीचरण श्रेष्ठ, वीरगन्ज घर भएकी नायिका नम्रता श्रेष्ठ, गायक एवम् संगितकार प्रसाद श्रेष्ठ, भोजपुरी एवम् नेपाली चलचित्रका नायक प्रदेशी साह समेतलाई कार्यक्रममा सम्मानित गरिएको थियो । कार्यक्रममा वीरगंज महानगरका मेयर बिजय कुमार सरावगी, बरिष्ठ कलाकार नीर शाह लगायतलाई सम्मानित गरिएको थियो ।
कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुवोध कुमार गुप्ता, समाजवादी पार्टीका जिल्ला अध्यक्ष रामनरेश यादव, वीरगंज उद्योग वाणिज्यका पूर्व अध्यक्ष अशोक वैद्य, प्रदेश सभा सांसद ओमप्रकाश शर्मा लगायतको उपस्थिति रहेको थियो ।