पोखराको रमणीय वातावतरणमा २०४२ साल भदौ ५ मा बुबा मुक्तीराम पौडेल र आमा लक्ष्मीराम पौेडेलको पहिलो सन्तानका रुपमा जन्मिएका हुन् डा. सोवित पौडेल । व्यापारी पृष्ठभूमिका बुबाका २ बहिनी रहेका उनको बाल्यकाल दुःखले च्याउने आँट गरेन । एक महिना अगाडी मात्र वीरगंज आइपुगेका डा. पौडेलले एमडी स्पेस्लाइजेसन र प्रयोगात्मक गरी आँखा रोगीको उपचारका क्षेत्रमा झण्डै पाँच बर्ष विताइसकेका छन् । काठमाडौबाट एम बि बि एस र फिलिपिन्सबाट एम डि गरेका उनले बाल्यकालमा आँखाको डाक्टर बन्छु भन्ने नसोचेको तर पढदै गएपछि आँखाको डाक्टर बन्ने संयोग मिलेको र पछि यसै क्षेत्रलाई आफूले रोजेको उनले बताए । पछिल्लो समयमा आँखा रोगीको संख्या निकै बढ्न थालेकोले यो बिषय पनि सर्व साधारणको चासोको बिषय बन्न थालेको छ । खास गरी आँखाको सेतो भागको बाहिरी तह र आँखाको ढकनीको भित्रितहमा पोलेको महशुस हुने र आँखा फुस्रो वा रातो देखिने भए आँखामा समस्या भएको डा. पौडेलको भनाइ छ । त्यस्तै आँखामा पीडा हुनुका साथै पोलेको, चिलाएको वा केही बिझाएको महशुस भए पनि आँखा रोग लागेको हुन सक्छ उनको भनाइ छ ।
आँखामा धेरै आँसु आउने र बिहान उठ्ने बेलामा आँखाको ढकनी एक आपसमा टाँसिने, आँखाको सेतो भाग सुनिने आँखा पाक्ने रोगका साथमा एलर्जी भयो भने अझ धेरै चिलाउने जस्ता रोगहरु आँखा रोगका लक्षण भएको चिकित्सक पौडलले बताए ।
आँखाको सेतो भागको बाहिरी तह र आँखाको ढकनीको भित्रितहमा पोलेको महशुस हुने र आँखा फुस्रो वा रातो देखिने भए आँखामा समस्या हुन सक्छ ।
भाइरसका कारणले हुने आँखा पाक्ने समस्या प्रायजसो माथिल्लो श्वासप्रश्वास मार्गको संक्रमण, रुगा तथा घाँटी दुख्ने समस्यासँगै आउने गर्दछ उनले भने । अहिले केयर भिजन नेपा बीरगजमा कार्यरत डा. सोवित पौडेलसँग आँखा रोगको थप लक्षण र निदान लगायतका थप बिषयमा मध्य नेपाल सन्देशले गरेको थप कुराकानी :
१) आँखामा लाग्ने रोगहरु के के हुन ?
आँखामा लाग्ने रोगहरुको कुरा गर्दा बच्चादेखि वृद्ध सम्म सवैलाई लाग्ने रोग हो । अब हामी सानै देखिको कुरा गरौ । कहिले काही वच्चा जन्मिदा त्यसको आँखाको नानीमा सेतो देखिन्छ । त्यसलाई मोतियाबिन्दु हो । यो बुढेस कालमा मात्र नभएर बच्चामा पनि हुन्छ । त्यसलाई जन्जाईटल क्याट्रेकट भन्छ । अर्काे भनेको चाही चश्मा सम्बन्धि समस्या भयो अर्को वच्चाहरुमा आँखा टेडो हुने समस्या हुन्छ ।
अरु जलविन्दु, मोतियाबिन्दु, पर्दा सम्बन्धि विरामीहरु हुन सक्छ । सिजन विरामी जस्तै आँखा पाक्ने त्यस्तै धुलो धुवाबाट प्रभावित भए पनि आउछन । कतिपय पढन नसकेर पनि विरामीहरु आँखा सम्बन्धि समस्या लिएर आउछन । अझ पनि यसमा धेरै किसिमका समस्याहरु आउछन । आँखा एउटा समवेदनशिल कुरा हो तर विरामीहरु अहिले पनि उपचारका लागि नआउने अथवा ज्ञानको कमीले गर्दा रोगहरु थुप्र नै लाग्ने गर्दछ । कतिपय रोग पहिचान हुन्छ किन भने कतिपय सकृय भएर देखाउने गरेका छन भने कतिपय ठाउँमा विरामीहरुको हेलचेक्रयाईले दृष्टि नै गुम्ने खतरा छ ।
२) आँखामा लाग्ने रोगमध्ये केहीलाई जन्मात र केहीलाई पछि आएर लाग्ने रोगहरु छन । आफुले लापर्वाहीे गरेर लाग्ने रोगहरु कुन कुन हुन ? यसको रोकथाम कसरी गर्न सकिन्छ ?
मध्यम वर्गको जो खेतीपातीमा काम गर्छन । आँखामा धुलो पर्छ । काम गर्दा घाँस पात अथवा काठले चोटपटक लाग्ने र त्यसको उपचार गर्न हेलचेक्रयाई गरियो भने आखामा फुलो परेर जाने र फुलो परेर जाने भनेको ठिक समयमा उपचार गराईएन भने आँखाको ज्योति समेत जान सक्छ । आँखामा केहि समस्या भयो भने तुरुन्त उपचार गराउन जानु पर्ने आवश्यकता छ तर समयमा उपचार गराईएन भने विभिन्न समस्याहरु हुन सक्छ । अरु कति जना बेल्डिङ्गको काम गर्दा चश्मा नलगाएर गर्नु हुन्छ, आँखामा केही टुक्राहरु पर्न सक्छन र समयमा जाँच गराईएन भने पछि गएर समस्या आउन सक्छ । धेरै ठाउहरु यस्तो हुन्छन । जहाँ काम गर्दा आँखा विभिन्न केमिकल्सहरु पर्न सक्ने सम्भावना हुन्छ त्यस्तो भएको खण्डमा हेलचक्रयाई गर्नु हुदैन ।
३) आँखामा गर्मी महिनामा के कस्ता समस्याहरु बढी देखा पर्छन ? यसको रोकथाम कसरी गर्न सकिन्छ ?
गर्मीको बेलामा आँखामा समस्याहरु आउछन आँखा रातो हुने जसलाई हामी आँखा पाक्ने भन्छौ । आँखा रातो हुने, विहान उठदाँ चिपराले आँखा बन्द हुने जस्ता समस्याहरु हुन्छन । यसमा दुई किसिमको हुन्छ । ब्याक्टेरिया र भाईरल । ब्याक्टेरिया एउटा आँखाबाट शुरु हुन्छ भने भाईरहल भनेको दुईटै आँखा रातो हुने र आँसु आउने हुन्छ । यो आफै एक हप्ता वा दुई हप्तामा हराएर जान्छ भने ब्याक्टेरियल भएको बेला एन्टिक ब्याटिक चलाउनु पर्ने हुन्छ । आँखा पाकेको विरामालाई चिसो पानी आँखा सेक्दा पनि आरामदायी हुन्छ । गर्मी समयमा एलर्जी हुन्छ । अर्काे गर्मी समयमा शुरु हुने र चिसो समयमा कम हुने पनि हुन्छ यसले लामो समय सम्म दुःख दिन्छ । यसलाई राम्रोसंग उपचार गर्नु पर्छ ।
४) पहिले पहिलेको व्यक्तीहरु अहिले पनि चश्मा विना नै राम्ररी देख्न सक्छन तर अहिलेका युवाहरु या वालवालिकामा सानै उमेर देखि नै चश्मा लगाउनु पर्ने देखिन्छ यसको कारण के होला ?
यसमा वातावरणको कारण पनि छ । अहिलेको लाईफस्टाईल पनि हो । वच्चाहरु धेरै समय मोवाईल, टेलिभिजन र कमप्युटर जस्तामा व्यतित गर्छन । पहिलाका वच्चाहरु वाहिरको शुद्ध वातावरणमा धेरै समय व्यतित गर्थे तर अहिले त्यो अवस्था छैन जसको कारणले पनि वच्चा देखि नै आँखाको समस्या बढेको सत्य कुरा नै हो । एउटा अध्ययनले के देखाएको छ अहिलेको जेनेरेशनको उचाई बढेर गएको छ त्यो संगसंगै आँखा पनि बढेको छ जसको कारण चश्मा लगाउनै पर्ने समस्या देखा पर्छ । अवको ३०–४० वर्षमा यो अझै बढेर जान्छ र लगभग प्रत्येक वच्चाले चश्मा लगाउनु हुन्छ । किन भने अध्ययन देखाएको अनुसार वच्चाको उच्चाई पहिलेको तुल्नामा बढने भएकोले संगसंगै आँखा पनि बढछ र अर्काे वातावरणीय प्रभाव पनि छ ।
५) कार्यालयको वा व्यक्तीगत कामले लामो समय सम्म कमप्युटरमा वसेर काम गर्ने व्यक्तीले आँखालाई सुरक्षित राख्न के कस्तो सावधानी अपनाउनु पर्छ ?
आजकाल त यस्तो भईसकेको छ भने कमप्युटरमा नवसी कुनै पनि कामै हुन सक्दैन । हरेक क्षेत्रका व्यतिmले कमप्युटरमा वसेर काम गर्नै पर्ने अवस्था छ । कमप्युटरमा वसेर काम गर्दा हुने चाहि के हो भने कुनै पनि कुरा कमप्युटरको स्क्रीनमा नियमित रुपमा हेर्नु हुन्छ भने त्यसकमा तपाईको ध्यान केन्द्रित बढी भयो यसले के हुन्छ भने जुन आँखाको लिंकिंग रेट कम भएर जान्छ । जस्तै हामी आरामले वसेको वेलामा आँखा आफै झिमकि रहेको हुन्छ । तर कुनै पनि कुरामा ध्यान दिएर हेरिरहेका छौ जस्तै फिल्म हेर्दा वा कमप्युटरमा काम गर्दा त्यो कम हुन्छ किन की हाम्रो ध्यान केन्द्रित भएको हुन्छ । एउटै काम लामो समय सम्म गर्नु भयो भने आँखा थाक्छ । जसले गर्दा आँखा पोल्ने, विजाउने, आँखा पाक्ने । धेरै वेरसम्म कमप्युटरमा वसी सके पछि आँखा दुख्ने हुन्छ । यसको लागि के गर्नु पर्छ भने लामो समय सम्म कमप्युटरमा नवस्ने वीच वीरमा १ मिनेट जति आँखा बन्द गर्ने, कमप्युटरमा काम गर्दा झयाल खोलेर सके सम्म कति दरिमा हेर्न सकिन्छ हेर्ने यसले गर्दा केही सुधार हुन सक्छ । आँखा हाल्ने आईडूपहरु छन जसवबाट पनि यस्तो समस्यालाई रोक्न सकिन्छ ।
६) आँखामा लाग्ने जलविन्दु मोतियाविन्दुको बारेमा बताईदिनुस न ?
जलविन्दुको वारेमा सवैलाई जान्र्न एकदम जरुरी छ । जलविन्दु भनेको के हो भने हाम्रो शरिरमा प्रेसर भए जस्तै आँखामा पनि प्रेसर हुन्छ । आँखाको प्रेसर बढ्दै गयो भने जलविन्दुको समस्या बनाउछ । अाँखामा नियमित रुपमा पानी बन्ने र आँशु बनेर बग्ने हुन्छ । हाम्रो आँखामा पानी बग्ने ठाउँमा एउटा नशा छ । यदि आँखाबाट पानी बाहिर जाने काम रोकियो भने नशा च्यापिदै जान्छ । जसको प्रेसरले आँखाको मुख्य नसालाई असर गर्दछ । अनि त्यहाँबाट जलविन्दु शुरु हुन्छ । सहज तरिकाले बुझनु पर्दा धाराबाट पानी निस्की रहेको छ भने त्यसको निकास पनि हुनु पर्छ पानीको निकास भएन भने समस्या निमत्याउछ ठिक त्यस्तै आँखाको पानी आँशु बनेर वग्ने काम रोकियो भने जल विन्दुको समस्या हुन्छ । जलविन्दु एउटा यस्तो रोग हो विरामीले थाहा पाउदा ५० प्रतिशत सम्म रोग भईसकेको हुन्छ । यसमा विरामीको गएको दृष्टि फर्काउन सकिदैन । यो साधारण तया वृद्धमा हुन्छ । यसबाट क्षति कम गर्नका लागि उमेर पुगेका व्यतिm वर्षमा एक पटक नियमित रुपमा आँखा जाँच गराउनु पर्ने देखिन्छ ।
मोतियाविन्दु भने हाम्रो आँखामा लेन्स हुन्छ यो युवा अवस्था सफा हुन्छ विस्तारै उमेर ढल्किदै गए पछि त्यहाँका प्रोटिन कम हुदै जान्छ । कम हुदै गयो भने आँखमा समस्या आउछ । सिसाबाट केहि कुरा हेर्नका लागि त सिसा सफा चाहिन्छ । सिसामा केहि कुरा जमेको छ भने हामी क्लीयर रुपमा केही देख्न सक्दैनो त्यस्तै हाम्रो अाँखाको लेन्समा केही धुलो जम्दै गए पछि आँखाबाट सफा रुपमा देख्न छोडछ । मोतियाविन्दुको अपरेशन गरेर सेतो भएको लेन्स हटाएर आरटिफिसियल लेन्स हाल्न सकिन्छ । मोतियाविन्दुको अपरेशन गर्न सक्छौ ।
७) अहिले नेपालमा धेरै व्यक्तीमा आँखाको समस्या छ । यसका लागि नेपाल सरकारको तर्फबाट के कस्तो कदम चाल्नु पर्छ जस्तो लाग्छ यहाँलाई ?
अरु देशको तुलनामा हाम्रो देशमा त आँखाको विषयमा धेरै नै सुविधा छ । नेपाल सरकार लगायत विभिन्न संघसंस्थाहरु यसमा सहयोग गरिरहनु भएको छ । यसमा जनचेतनाको महत्वपुर्ण हुन्छ । पहिला पहिला रतन्धोको समस्या थियो ।
सुकेनास फुकेनास हुन्थ्यो यसको बारेमा धेरै जनचेतनामुलक अभियानहरु चले अहिले यस्तो समस्या छैन । वच्चाहरु खोप लगाईन्छ । साग सब्जी खाने बानी वसेको छ । यो रोगको बारेमा जसरी सवैजना सचेत भए अरु अरु रोगको बारेमा पनि जनचेतना जगाउनु पर्ने देखिन्छ । आँखामा समस्या प¥यो भने चिकित्कसलाई देखाउन पछाडी नपर्नुस भन्न चाहन्छु । कतिपय रोग डाँक्टरलाई नदेखाई रोग पता लगाउन सकिदैन । समय समयमा आँखा जाँच गराई रहयौ भने राम्रो हुन्छ ।