सामान्य परिवारमा जन्मिएकी रेखा चौधरी वि.सं. २०३० साल भदौ ०४ गते राप्ती अञ्चल दाङ्ग निवासी स्व.बुवा रेमलाल पौडेल तथा आमा लिला पौडेल को ६ सन्तान मध्येकी जेठी छोरी हुन् रेखा चौधरी । हस्तकला सम्बन्धी कामदेखि अचार उद्योग आफै संचालनमा ल्याएकी उनी एक गृहणी पनि हुन् । उनको परिचय यतिमा मात्र सिमित छैन । अहिले सामाजिक काम गर्दै उद्यमी महिलाको रुपमा समेत उनको परिचय बनेको छ । ५ सन्तानकी आमा रहेकी चौधरीले श्रीमान्को कमाइलाई मात्र आधार नमान्न घासपात गर्दै पनि दाङ्गको सरकारी विद्यालयबाट एस.एल.सी सम्म अध्ययन गरेको बताइन् । सानो छँदा स्वयमसेवी बनी आफुले जानेको कुरा अरुलाई सिकाउने बानीले बढि पैसा खर्च नगरी वचत गर्ने बानीको विकास भएको तर्क गरिन् । हस्तकला तथा अचारको उद्योगको संचालिका रेखा चौधरी एक उद्यमी महिला मात्र नभई आफ्नो समुदायको लागि उदाहरणीय पात्र समेत बन्न सफल हुँदै हाल काठमाडौं बुढानिलकण्ठमा बसोबास गर्दै आइरहेकी छन् । उनै उद्यमी चौधरीसंग मध्य नेपालका लागी गरिएको कुराकानी :
१ ) तपाईको व्यवसायलाई कस्तो उद्यम भन्ने ?
यो व्यवसाय महिला या पुरुष जस्ले गर्न पनि मिल्ने व्यवसाय हो । यो व्यवसाय गर्दा सुरुमा थोरै लगानी लगाएर पनि गर्न सकिन्छ । समग्रमा आफु लगायत थुप्रै महिला दिदी–वहिनी आत्मनिर्भर हुने व्यवसाय हो ।
२) उद्योगमा उत्पादनको अवस्था कस्तो के छ ?
म विगत १ वर्षदेखि यो व्यवसाय गर्दै आइरहेको छु । मेरो व्यवसायमा विभिन्न किसिमका अचार, मसेउरा, गुन्द्रुक लगायत मोतिका माला, मुगाका माला, चुराहरु लगायत धेरै थरिका सामाग्री उत्पादन हुन्छ ।
३ ) यहाँको व्यवसायले उत्पादन गरेको बस्तु नेपालको कुन—कुन ठाउँसम्म पुग्ने गरेको छ ?
अहिलेसम्म मलाइ आर्थिकको अलि अभावका कारणले देश भरी मैले बनाएका सामानहरु पु¥याउँन गाह्रो भइरहेको छ । अहिले काठमाण्डौ लगायत अरु ठाउँमा विक्री वितरण गर्दै आएकी छु ।
४) व्यवसाय सुरु गर्दा कति लगानीबाट सुरु गर्नु भयो र अहिलेको अवस्था कस्तो छ ?
सुरुमा मैले यो व्यवसाय गर्दा थोरै लगानीमा आफुले बनाएका अचारहरु साथी भाइलाई चखाउँदै जादाँ सबैले मिठो छ भनेर हौसँला दिदा मैले अब यो काम गरौ ? भनी परामर्श लिंदा सबैले हुन्छ भने । अनि सुरुवात गरें । हाल लगानी मात्र करिब ७÷८ लाख जति पुग्न थाल्यो ।
५) यो व्यवसाय सुरु गर्दा परिवारको सहयोग कति रह्यो ?
मलाई यो व्यवसाय गर्दा कसैको सहयोग पाउँनुभन्दा म आफै नै थोरै भए पनि सफल भएको छु । जे गर्छु म आफै गर्छु ।
६) लामो समयदेखि सानो व्यवसाय गर्दै आउनु भएको छ । यहाँको नजरमा नेपालमा महिला उद्यमीको अवस्था कस्तो पाउनु भएको छ ?
मैले यो व्यवसाय गर्दा थुप्रै म जस्ता महिला उधमी दिदीवहिनीको संगत गरे तर उहाँहरुको आत्मबल बढेको र थोरै लगानीवाट व्यवसाय सुरुवात गरी अहिले आएर करौडोको व्यवसाय गर्ने साथीहरु पनि भेटे र हामी महिला भए पनि कुनै न कुनै काम सिकेर गर्दा के नहुने रहेछ भन्ने कुराको बारेमा बुझे र उहाँहरुवाट सिकें ।
७) व्यवसायको पछाडी सफलताको श्रेय कसलाई दिनुहुन्छ ?
म आफै त्यसमा पनि घर परिवारको साथ र सहयोग पाएकोले परिवारका अरु सदस्यलाई पनि श्रेय दिन चाहन्छु ।
८) सुरुवातमा गृहणी र अहिले उद्यमीको रुपमा चिनिदा फरक के पाउँनु भएको छ ?
धेरै नै फरक पाएकी छु । पहिला आफुलाई आवश्यक परेको सामान किन्न को लागि पैसा माग्दा पनि वचन खानु पथ्र्यो भने अहिले म आफैले थोरै कमाएको पैसामा आफ्नो इच्छा अनुसार आफुलाई र छोराछोरीहरुको लागी केही गर्न सक्ने भएकी छु ।
९) तपाई जस्ता अरु उद्यम गरी जिविकोपार्जन गर्न चाहने महिलाहरुलाई के सुझाव दिनु हुन्छ ?
म आफुले जानेको र बुझेको कुराहरु वेरोजगार महिला दिदी–वहिनीलाई सिकाइदिन्छु । यदि कोही महिला या दाजुभाई व्यवसाय गरेर उचाइमा पुग्नु भयो भने गरिब जनतालाई पनि सहयोग गर्न सक्नुपर्छ । हामी महिलाहरु एक अर्काको हातेमालो गर्दै अगाडी हिड्नु पर्छ । एक अर्काको खुट्टा तान्ने काम गर्नुहुन्न ।
१०) काम गर्दा कतिको चुनौति र अवसरहरु छन् ?
काम गर्दै जाँँदा चुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुनौतीहरु नआउने हुदँैन । चुनौती लाई अवसरको रुपमा परिणत गरेर त्यसको सामना गरेर अगाडी बढी कार्य गर्नुपर्छ र अवसर भनेको नै आफनो मेहनत हो । मेहनत गर्नेलाई अवसरहरु आइ नै रहन्छन् ।
११) महिला भएकै कारण कहि कतैवाट अपहेलित हुनु भएको छ ?
किन न हुन,ु हामी नारी जातिलाई १ नं. मा नपु¥याई पुरुषहरुले दमन गर्दै आएका छन् र नारीले नारीको नै खेदो खनेको पनि पाएको छु । तर पनि हामी नारीले केही गर्नु पर्छ भनेर अगाडी बढ्यो भने हामी पहिलाको जस्तो अन्याय अत्याचार सहेर बस्नु पर्दैन । हामी नारी जाति मात्र एकजुट हुन सक्छौ भने पनि यो समाजलाई परिवर्तन गर्न धेरै सफलता मिल्छ ।
१२) अन्त्यमा नेपाल सरकारले उद्यमी महिलालाई दिने सेवा सुविधालाई प्रभावकारी बनाउन के गर्नु पर्छ ?
नेपाल सरकारले उद्यमी महिलालाई सहुलियत ब्याज दरमा ५ लाखदेखि १५ लाख सम्म सहयोग गरेर महिला दिदी बहिनीको हौसला बढाउने कुरा त गरेको छ । तर यो कुराको पालना त्यस्तै राम्रोसंग गरेको देखेको छैन । जुन नेपाल सरकारको यो अभियान सुरु गरेको छ यसको पालना होस् भन्ने चाहन्छु ।