अनेरास्ववियुले नेशनल मेडिकल कलेज वीरगंजका प्रबन्ध निर्देशक (एमडी) बसरुदिन अन्सारिलाई गिरफ्तार गर्न माग गरेको छ ।
अनेरास्ववियूका केन्द्रिय नेता सुदेस पराजुलीको नेतृत्वमा आईतबार वीरगंजमा अनेरास्ववियुले नेशनल मेडिकल कलेज प्रशासन बिरुद्ध प्रदर्शन गर्दै एमडि अन्सारीलाई गिरफ्तार गर्न माग गरेको हो ।
वीरगंजको घण्टाघरबाट निस्केको अनेरास्ववियुको बिरोध ¥याली विभिन्न प्ले कार्ड सहित चर्काे नाराबाजी गर्दै कलेजमा पुगी धर्ना समेत बसेका थिए । विरोध ¥यालीमा सहभागिहरुले बसरुदिनलाई गिरफ्तार गर, बढि लिएको शुल्क फिर्ता गर, विद्यार्थी कुटन पाईदैन, स्थानिय प्रशासन मौन किन ?, मेडिकल माफिया मुर्दावाद, राज्यले तोकेको शिक्षण शुल्क लागु गर लगायतको चर्काे नारा लगाएका थिए ।
काठमाण्डौबाट आएका अनेरास्ववियुका विद्यार्थी नेताहरुले नेशनल मेडिकल कलेजका आन्दोलनरत विद्यार्थीहरुको जारी आन्दोलनमा एकवद्धता समेत जनाएका छन् । कलेजका आन्दोलरत विद्यार्थीहरु आज पनि कलेज अगाडीको धर्ना जारी राखेका छन् भने धर्ना स्थल नै अनेरास्ववियुको विरोध ¥याली पुगी जारी विद्यार्थीहरुको आन्दोलनमा एकवद्धता जनाएको हो ।
विद्यार्थीहरुको आन्दोलनमा एकवद्धता जनाउदै अनेरास्ववियुका नेताहरुले कलेज प्रशासनबाट विद्यार्थी माथि भएको ज्यादतीको कडा विरोध गरे । कलेजका संचालक बसरुदिनले आफ्नै विद्यार्थी माथी गुण्डा लगाई कुटपिट गराएका कारण उनलाई गिरफ्तार गरी प्रशासनले कारवाही गर्नु पर्ने माग गरेका छन् । उनीहरुले सरकारले निर्धारण गरेको शुल्का भन्दा बढि असुल गरेको रकम फिर्ता गर्नुको सट्टा उल्टै कलेजका संचालक अन्सारीले गुण्डा लगाई कुटपिट गराउनु र स्थानीय प्रशासन केही नगर्नुले प्रशासनको समेत मिलोमतो रहेको उनीहरुको भनाई छ ।
स्ववियु काउन्सिल काठमाण्डौका अध्यक्ष मिलन गैरो, युवा संघका केन्द्रिय सदस्य अरुण यादव, अनेरास्ववियुका नेता मित्रदेव यादव, रामबाबु यादव, शिवम साह, मेराजुल हवारी, नसिम अक्त्तर, बिकेश यादव, रामबाबु मण्डल, हेमन्त तमांग, संदिप यादव लगायतका विद्यार्थी नेताहरुको सहभागिता रहेको थियो ।