३२ औँ विश्व एड्स दिवसको अवसरमा वीरगंजमा जनचेतना मुलक ¥याली निकालिएको छ ।
स्वास्थ्य कार्यालय पर्साको आयोजनामा वीरगंजको घण्टाघरबाट निकालिएको ¥याली माईस्थान, आदर्शनगर, अलखिया मठ चोक र विर्ता हुदैँ नारायणी अस्पतालमा पुगि सभामा परिणत भएको थियो ।
¥यालीमा एचआईभी संक्रमितलाई हेला हैन माया गरौँ, दोहरो सुरक्षाको लागि हरेक पटकको यौन सम्पर्कमा सही तरिकाले कण्डमको प्रयोग गरौँ, आफ्नो नजिकको स्वास्थ्य केन्द्रमा निशुल्क एचआइभीको जाच गराऔं आफ्नो अवस्था थाहा पाऔ, नो सेक्स विदाउट कण्डम, रुपमा होइन कण्डममा विश्वास गरौँ लगायतको जनचेतना मुलक प्ले कार्ड बोकीँ ¥याली निकालिएको थियो ।
एच आई भि को नियन्त्रणमा समुदायको प्रभावकारी भुमिका मुल नाराका साथ निकालिएको ¥यालीमा जिल्लाका सरकारी तथा गैर सरकारी संस्थाका पदाधिकारीहरुको उल्लेखनिय रुपमा सहभागिता रहेको थियो ।
३२ औँ विश्व एड्स दिवसको अवसरमा निकालिएको ¥यालीमा १७ बढी संस्थाले सहयोग गरेका छन् ।
सहयोग गर्नेमा वीरगंज महानगरपालिका, विजाम, नेपाल आराधना समाज, नेपाल रेडक्रस सोसाईटी, एनजिओसिसि, माइती नेपाल, नारायणी अस्पताल, डिवाईसी पर्सा, सनो पाइला, माया नेपाल, सक्षम नेपाल, आस्था फाउण्डेशन, निता फाउण्डेशन, विश्वास, सहयात्री समाज, बारा प्लस, ए एच एफ लगायतको संस्थाले कार्याक्रमको सहयोग गरेका छन् ।


