बलिका लागि विश्व मै प्रसिद्ध गढीमाईमा आज विधिवत रुपको पुजापछी बलि दिइएको छ । विहान गढीमाई मन्दिरका मुख्य पुजारी शिव चौधरीको पुजापछि पञ्चबलि दिए लगतै रंगशालामा भएको करिब ८ हजार ६७ बलि दिइएको महागढिमाई नगरपालिकाका मेयर उपेन्द्र यादवले बताएका छन् ।
भिडियो
मेला विगतका तुलनामा गढीमाईको दर्शन गर्नको लागि निकै दर्शनार्थीहरुको निकै भिड बढेको छ भने भक्तजनहरुको सहज दर्शनका लागि गढिमाई मन्दिर सञ्चालक तथा व्यवस्थापन समितिले फलामे बार लगाई पुरुष, महिलाको अलग अलग लाईनमा दर्शनको व्यवस्था मिलाएको छ । अत्याधिक भिडको कारण प्रहरीलाई भक्तजनहरुलाई दर्शन गराउन हम्मे हम्मे परेको छ । देश विदेशबाट आएको दर्शनार्थीहरु आफनो बच्चाहरुलाई टाउकोमा राखी गढीमाईको दर्शन गराई रहेको देख्न पाईन्छ ।

यसैगरी गढीमाईको भाकल स्वरुप ल्याईएको परेवाले मन्दिर भरिभराउ भएको छ । पुजा समितिका अनुसार आज रागा बलि दिइएकाले भोलि बोका बलि दिईने समितिले जनाएको छ ।

मेलाको विशेषता :
गढीमाई मेलाको आफनै पाँचवटा धार्मिक आस्था रहेको छ । मेला लाग्ने वर्षमा पाच महिना अगाडी देखि सो क्षेत्रमा विवाह, व्रतबन्ध, विदाई, पाँच वर्षमा एक चोट मात्र लाग्ने मेला, पाच वटा पशुपक्षीको एकै चोटी बलि दिइने, मधेशमा बसोबास गर्ने पाँच जातीले सामूहिक रुपमा पूजा गर्ने, झाक्रीले शरीरको विभिन्न भागबाट ५ थोपा रगत दिने ऐतिहासिक परम्परा रहदै आएको छ । यसका साथै गढीमाई शक्तिपिठका लागि दिइएको रागा, बोकाको सिनोमा झिंगा समेत नलाग्ने अटल सत्य रहेको र्धािर्मक विश्वासका कारण गढीमाईको लोकप्रिय अझै बढेको भक्तजनहरु बताउछन् ।

गढीमाई मेलामा दिने बलीको स्र्वत्र विरोध भएपनि आम नागरिक तथा भक्तजनहरुको आस्था, विश्वास र श्रद्धा स्वरुप नैं बली दिने चलन परापुर्वक काल देखि चल्दै आएको छ । आफनो भाकल पूरा भएपछि भक्तजनहरुले रागा, बोका, र परेवा लगायतको बलि गढीमाईलाई चढाउने गर्दछन् । यस्तै मेलामा हुने बलीकोे लागी भक्तालुहरुले रागा, खसि, परेवा नेपाल लगायत छिमेकी मुलक भारतबाट ल्याएको छ, भने अझै यो क्रम पञ्चमी सम्म रहिरह्ने गढीमाई मेलाका मुख्य पुजारी शिव चौधरीले बताए ।

विश्वप्रसिद्ध गढीमाई मेलामा यसवर्ष ठुलो संख्यामा रागाको साथै बोकाको बली दिने अनुमान मेला समितिले गरेपनी भारत तथा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले गर्दा त्यो पुरा हुन नसक्ने मेला समितिका महासचिव मोतिलाल कुशवाहा बताए । उनका अनुसार गरिब, असहायका लागी रागाको रंगशालामा ईन्ट्रीका लागी लिइने पुर्जी नकाटेकाले पुर्जी अनुसार ८ हजार ६७ बलि भन्दा बढी पनी हुन सक्छन् ।

मेलामा नेपाल भन्दा बढी भारतबाट बली आउने गरेको र सोमबार र मंगलबार विहान सम्ममा १० लाख बढी दर्शनार्थीले गढीमाई दर्शन गरेको मेला समितिले जनाएको छ ।
मेलामा सशस्त्र प्रहरी, नेपाल प्रहरी गरी १२ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षाकर्मीले मेलाको रागा बलि दिने स्थल, मन्दिर, माईस्थान स्थल लगायत मुख्य चोक तथा सडक सञ्जालहरुमा सुरक्षा व्यवस्था मिलाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक विकास खनालले बताए ।

मिडियालाई निषेध
गढीमाई मेलामा समाचार कभरेज गर्न आएका सञ्चारकर्मीहरुलाई मेला समिति र मुल पुजारीकै परिवारहरु बाटै दुव्र्यहार भएको छ । रातीदेखी नै गढीमाई मेलाको मुख्य पुजा कभरेज गर्न बसेका सञ्चारकर्मीहरु रातभर दुव्र्यवहार खेप्नु परेको थियो । पशुबलिको विरोध सञ्चारकर्मीहरुकै कारण भएको भन्दै दुव्र्यवहार खेप्नु परेको नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष लक्ष्मी शाहले बताए ।
पुजापछी दिईने पञ्चबली र रागा काटिने स्थलको समेत फोटो वा भिडियोग्राफीका लागी प्रतिबन्ध लगाएका कारण हजारौ खर्चेर समाचार संकलन गर्न पुगेका सञ्चारकर्मीहरु रिक्तो हात फर्केका थिए ।


