सडक विस्तारको कामको छठ लगतै हने भनिए पनि अहिले सम्म शुुरु हुन सकेको छैन ।
कुनै पनि हालतमा सडक विस्तारको कार्य नरोकिने जिम्मेवार निकायले भनेको थियो तर खोई अहिले सम्म चाडपर्वहरु सके पनि काम शुुरु किन हुन नसकेको हो यहाँका जनता बुझन सकेका छैन । वीरगंज महानगरपालिका को मुख्य सडक २५ मिटर फराकिलो पार्ने चर्चापरिर्चा सुरु भएसंगै विभिन्न किसिमको राजनिति शुरु भएको छ । सडक विभागले वीरगंजको मुख्य सडक २५/२५ मिटर दायाँ बायाँ फराकिलो पार्ने काम सुरु गर्न लागेको हो । विभागले सडक अतिक्रमण गरि बनाइएका घर टहराहरु हटाउन अन्तिम पटक जारी गरेको १५ दिने सूचनाको म्याद सकिएको छ । सडक फराकिलो पार्ने प्रक्रिया अघि बढेको जस्तो देखिए पनि पुर्णरुपमा अघि बढेको छैन । पूर्व–पश्चिम राजमार्ग र त्रिभुवन राजपथलाई एसियाली मापदण्ड अनुसार फराकिलो बनाउन भन्दै ऐनअनुसार २५ मिटर क्षेत्रको जग्गामा बनेका घर टहरा हेटौंडामा सडक डिभिजन कार्यालयले अझै हटाउन सकेको छैन । पूर्व–पश्चिम राजमार्ग र त्रिभुवन राजपथलाई एसियन हाइ वेको मापदण्ड अनुसार फराकिलो बनाउने भन्दै २०३१ सालमा सडक ऐन जारी भयो । २०३४ सालमा जग्गा प्राप्ती ऐन बनाएको सरकारले व्यक्तिका नाममा रहेको जग्गा मुआव्जा दिई लगत कट्टा नगर्दा अहिले पनि राजमार्ग विस्तार विवादमा छ ।
बेला बेलामा सडक फराकिलो बनाउने सुचना जारी हुन्छ र त्यसमा राजनितिकरण हुन्छ । अहिले पनि त्यही अवस्था, सडक विभागको सुचनासंगै तोडने र नतोडने विषयमा बहश मात्र होईन विभिन्न किसिमको चलखेलको हल्ला पनि बजारमा चलिरहेको छ । सडक सवैलाई चाहिन्छ, सडक विनाको शहरको के काम ? हामीले शहर जति सुन्दर बनायौ तर बाटो भएन भने शहरको कुनै औचित्य हुदैन तर पनि वर्षेपिच्छे किन विवाद ? सडक बनाउनेले पनि पटक पटक सुचना मात्र गर्ने की सडक विस्तार पनि गर्ने ? आखिर सडक कसका लागि ? जनताको लागि हो भने जनताको लागि राजनिति गर्नेहरु खोई त बाटो बनाउने तर्फ लागेको को ? आखिर किन ढिला भयो त सडक विस्तारको काम ?
वीरगंजको बाटो फराकिलो बनाउने सुचनासंगै यसको विषयमा बहश हुन राम्रै कुरा हो । हामी हाम्रो ठाउँको बारेमा जति धेरै बहश, चर्चा गर्छाै त्यती नै हाम्रो ठाउँको प्रचार प्रसार हुन्छ । स्थानीय बासीको नाताले आफनो शहरको बारेमा बहश गर्नु राम्रै हो तर अरुले केही शुरुवात गरे पछि मात्र तातिने की पहिला पनि तातिने ? पहिल्यै मुआब्जा दिइसकेको जग्गामा बनेका संरचना गैरकानुनी भएकाले सडक डिभिजन कार्यालय भने क्षतिपूर्ति दिने पक्षमा छैन । प्रदेश सरकारका केहि मन्त्रीले बजारक्षेत्रमा सडकको दायावायाँ १६/१६ मिटर मात्रै विस्तार गरी राष्ट्रिय राजमार्गलाई बाइपास सडक बनाउने प्रस्ताव गरेका छन । वीरगंजमा पनि १५ या १६ मात्र बनाउनु पर्ने बहश चलिरहेको छ । जे जति फराकिलो गर्ने त्यसको सहि जानकारी आम जनतालाई दिनु पर्ने हो तर यस्तो बहश वतmव्यले जनतामा अन्योलता बढेको छ ।
दिनप्रति दिन वीरगंजमा सवारीको चाप बढदै गईरहेको छ । वीरगंज नगरपालिका, उपमहानगरपालिका हुदै अहिले महानगरपालिका भईसकेको छ । वीरगंज पहिला देखि नै आर्थिक राजधानिको रुपमा रहेको छ । अहिले कायम रहेको सडकले वीरगंजलाई धान्ने अवस्था छ की छैन । वीरगंजको मुख्य सडक तोडने र नतोडने अधिकार कसलाई छ ? यी सवै कुरा जनतालाई बुझाउन जरुरी छ । हरेक पटक सडक विभागले सुचना जारी गर्ने र त्यसलाई आधार बनाएर वीरगंजको सडकको बारेमा बहश गर्नु भन्दा पनि हामी वीरगंजवासीलाई कस्तो खालको सडकको आवश्यकता छ यस ततर्m बहश हुन जरुरी छ । यदि वीरगंजको सडक फराकिलो पार्ने अधिकार सडक विभागलाई नै छ भने यसमा विवाद के का लागि ? यसमा राजनिति के का लागि ? उसले आफनो काम गर्छ ।
मारमा परेका जनतालाई नियमसंग तरिकाले व्यवस्थापन गर्छ त्यसो गरेन भने मात्र अरुले बोल्ने बाटो पाउछ होईन भने हेटौडा, सिमरा, जितपुर, परवानीपुर जसरी फराकिलो बन्यो त्यसरी नै हाम्रो विरगंज फराकिलो बन्छ । फराकिलो बाटो र चिप्लो बाटो कसलाई चाहिदै र ?