- उमाशंकर द्विवेदी दिधीचि
उनाइसांै शताब्दीको मध्यदेखि अन्त्यसम्म विज्ञानले केही अत्यन्त महत्वपूर्ण वैज्ञानिक यन्त्रहरुको अविष्कार ग¥यो । विजुली, रेडियो, ग्रामोफोन, वाष्प–इन्जन(रेल्वे–ट्रेन), लोकोमोटिभ(चारपाङग्रे यन्त्रचालीत सवारी), दूरसंचारकोलागि अत्यन्त आवश्यक दूरभाष यन्त्र(टेलिफोन), दूर दर्शनकोलागि दूरदर्शन बौक्स(टेलिभिजन), चलचित्र(सिनेमा) आदि यस्ता अविष्कारहरुका उपयोगी वैज्ञानिक यन्त्रहरु हुन ।
यस प्रकार मानव जीवनोपयोगी यस्ता यन्त्रहरुको समयानुसार निरन्तर गुणवत्ताको विकाश भइ रह््यो । ट्रान्जिष्टरको मद्दतबाट चल्ने दुइटा बांसको पोल गाड़ेर सिङ्गनल तारबाटबाट संचालति हुने रेडियो कालान्तरमा सुक्खा ब्याट्री राखेर चलाउन सक्ने कांखी च्यापेर हिड़्डुल गर्न सकिने ‘ट्रान्जिस्टर’ रेडियोको रूप लियो, वाष्प इन्जनको रूप डिजेल इन्जनको बाटो हुदै विद्युत इन्जनको रूप लियो, त्रूmड आयल, डिजेल रूपी इन्धनबाट संचालीत हुने चार पाङग्रे सवारी तथा ढुवानी साधनहरु पेट्रोल जस्ता अति प्रज्वलनशील इन्धनबाट संचालित हुन थाले । ग्रामोफोन विस्तारै टेपरिकर्डर आदिको रूपमा रूपान्तरण हुदै गयो । काठे,फलामे वा अल्युमुनियम पोलमा तार तानेर ब्याट्रीबाट चल्ने टेलिफोन सेटबाट संचार सुविधा लिन सकिने दूरसंचार सेवा कालान्तरमा बिनातारको तारको रूपमा दूरसंचारको माध्यमकोलागि आकास वाणी(आ.वा.)को रूप लियो । पछि अंक डायल गरेर दूरसंचार सेवा प्राप्त गरिन थालियो । मानव जीवनको उपयोगकालागि यी अविष्कारहरु नि : सन्देह अति उपयोगी थिए र छन पनि ।
टाढ़ाको दूरी अब नजिक हुन आयो, टाढ़ाबाट संचार गरि पाउन अत्यन्त छिटो, छरितो, सस्तो तथा सजिलो भयो । विश्वकै कुनै प्रसिद्ध सिनेकथा , घटना, वा दृश्य घरमा नै बसि हेर्न पाइने भयो । संसार भरिको कुनै पनि देश वा स्थानको साहित्य, संगीत तथा मनोरञ्जनको आनन्द यस्ता वैज्ञानिक उपकरणहरुबाट आप्mनो घरको कोठा मै बसेर लिन पाइयो । निसन्देह संसार भरिको समाचार, सूचना तथा घटनाहरुको प्रत्यक्ष विवरणहरुको प्रत्यक्ष प्रसारण पनि घर मै बसेर हेर्न पाउने सौभाग्यको प्राप्ति भयो । यी वैज्ञानिकहरुद्वारा अविस्कृत यस्ता यन्त्रहरुबाट एकाइसौ शताब्दिसम्म आइ पुग्दा विश्वमै विकासले ठूलो फड़्को मा¥यो । मानिसको हात भीमकाय इन्जनलाइ सजिलै उचाल्न सक्न सक्षम भयो, उसका पाइलाहरुले हजारौ किलोमिटरको दूरी दिनहु नाप्न सक्ने भयो, उसका प्वांखहरुले उसलाइ बादलको पारि लान सक्षम भए, जहां कुनै पनि चरा कहिलै पनि पुग्न सक्दैन । उसका तैरिने प्वांखहरु कुनै पनि माछाको तैरिने प्वांखहरु भन्दा बढी शक्तिशाली भए । उसका आँखाहरु अदृश्य वस्तुलाइ पनि हेर्न सक्न सक्षम भयो, उसका कान संसारको अर्को छोरबाट बोलिएका शब्दहरु सुन्न सक्ने भयो । यी अविष्कृत वैज्ञानिक यन्त्रहरुको सहायताले उ यति बलवान हुन पुग्यो कि कुनै पनि पहाड़लाइ वारिपारी फोर्न सक्दछ, छहरा र झरनाहरुलाइ अवरूद्ध गर्न सक्दछ । साधारण मानवलाइ यस्ता अविष्कारहरुले महाबली तुल्याइ दिएका छन । यसले निश्चय नै विकाशको पराकाष्टासम्म पु¥याइ दिएको छ । दैनिक जीवनमा आवश्यक पर्ने संचार, स्वास्थ्य, शिक्षा, यातायात, श्रव्यदृश्य, कृषि आदि क्षेत्रमा दिनानुदिन प्रगती हुदै गइरहेको तथ्य प्रबुद्ध मानवको आँखा अगाड़ी प्रत्यक्ष छ ।
हाम्रो नेपाल जस्तो विकाशशील देशमा पनि यस शताब्दिको शुरूवातदेखि नै यस्ता वैज्ञानिक अविष्कारहरुको सुस्त गतिमा भए पनि प्रयोग हुदै आइरहेको देखिन्छ । तीन दशक पहिले सम्म टाढ़ासम्म दूरसंचार साधन प्रयोग गर्नकोलागि दूरसंचार कार्यालयमा घण्टौ लाइनमा पालो कुर्नु पर्ने वाध्यताको सम्झना आलै रहेको कुरालाइ बिर्सन सकिदैन अथवा मधेशबाट राजधानीसम्मको यात्रा गर्नकोलागि हिमालय यातायातको एकाइस सिटे एकोहोरो बसको सम्झना पनि मस्तिष्कमा आलै छ । पहिलो शताब्दिमा संचालन भएको रेडियो नेपाल तथा तेश्रो शताब्दिदेखि संचालनमा आएको नेपाल टेलिभिजन पनि धेरै पुरानो अभ्यास भने पक्कै पनि होइनन् । यान्त्रिक विकाशको क्रममा वामै सर्दै अघि बढ़दै गइरहेको हाम्रो देशको विकाश क्रममा दूर संचारको क्षेत्रमा एउटा यन्त्रले हालको दिनमा अभूतपूर्व क्रान्ति ल्याएको देखिन्छ । त्यस यन्त्रको नाम हो–‘मोबाइल फोन’ अर्थात ‘चलभास’ । साधारण संचार कार्यसम्मकोलागि त यो यन्त्र अतिउपयोगी झै नै देखिएको थियो । न कुनै तारवारको झिंझो, नत कुनै तामझामको नै झंझट, फोन आउदथ्यो, हरियो बटन थिची कानमा लगाए पछि उताको आवाज प्रष्टै सुनिन्थ्यो । संचारको आदान प्रदान सहज र सजिलो थियो । त्यस यन्त्रमा रहेको ब्याट्रीलाइ थप चार्ज गर्नकोलागि चार्जमा लगाउनु पर्दथ्यो । सहज र सजिलो यन्त्रको रूपमा त्यो यन्त्र अत्यन्त सहज, सजिलो रूपमा जनमासको दैनिक व्यवहारमा ग्राह््य भयो । त्यसमा पनि कालक्रमानुसार परिष्करण हुदै गयो ।
अचेलका जो कोही मानिसको पनि हातमा ‘स्मार्ट फोन’ हेर्न सकिन्छ । पुराना मोबाइल फोन सेटहरु अब ‘आउट डेटेड’ भएर विस्थापित भइ सकेकाछन । स्मार्ट फोनमा भने ‘पेण्डोरा बाक्स’ झैं संसार भरिका यावत् चिन्ता–फिक्रि, हर्ष–विस्मात, ज्ञान–विज्ञान जस्ता ‘एप्स’बाट सुसज्जित छन । एफ.एम.रेडियोको सेवा, एस. एम. एस., इ–मेल, इन्टरनेट आदि सेवाहरु यसमा उपलब्ध छन । गुगल कम्पनीमा त संसारको हरेक समस्याको समाधान सजिलै उपलब्ध छ । यस्ता सेवा सुविधाबाट जनसाधारणको व्यस्त र प्रतिस्पर्धात्मक जनजीवन निश्चय नै लाभान्वित भइरहेकोछ । यो असल संकेत हो तर यसको कारणले विशेषत : कलिला केटाकेटीहरुको दैनिक पठन–पाठन, ज्ञानआर्जन–स्मरणमा भने अति नै व्यवधान परिरहेको छ । वैज्ञानिक जर्नलहरुमा प्रकाशित वैज्ञानिहरुको सोध अनुसार वच्चाहरुको जन्मकाल देखि उनाइसौ वर्षसम्मको समय बुद्धिप्रवद्र्धनकोलागि अत्यन्त महत्वपूर्ण समय हो । यस अवधिमा वालकको मेधा अत्यन्त तीक्ष्ण हुन्छ । समय कालद्वारा अर्जित ज्ञान वालकको मेधामा आजीवन भण्डारण हुने उचित बेला यही हुन्छ । बुढ़््यौली अवस्थामा स्वप्न दर्शनमा यसै बेलाका दृश्य तथा घटनाहरु आउने गरेको घटना जो कसैलाइ पनि अनुभूत भएको हुनु पर्दछ ।
यस्तो अवस्थामा वालकको हातमा यस प्रकारको स्मार्ट फोन पर्नु भनेको ‘बाँदरको हातमा नरिवल’ भन्ने उखानलाइ प्रस्ट चरितार्थ गर्दछ । विद्यार्थीहरुको पढ़ाइ–लेखाइ एकातिर तथा मोबाइलको कार्टून चित्र अर्को तर्फ विशेष महत्व पाएको छ । कटू लाउन न जान्ने वालकले समेत मोबाइलमा मरिमेट्न तयार रहेको देखिन्छ । खान पिन, पढ़ाइ–लेखाइ, विचार–व्यवहार आदिलाइ लत्याएर वालक मोबाइलमा झुम्मिने गरेका हुन्छन । शुरू शुरूमा त कार्टून, गेमबाट यसको सुरु हुन्छ जुन हुदा हुदै अवस्था बढ़दै जादा किशोर अवस्थामा पुगुञ्जेलसम्म ‘फेसबूक, भिडियो च्याटिङ्ग, न्यूज पिक्चर तथा पोर्न फिल्म’ जस्ता नकारात्मक चरित्र निर्माण गर्न सक्ने दुव्र्यसनबाट आक्रान्त हुन पुग्दछ । यस्तो अवस्थामा कुनै पनि देशको भविष्य निर्माणमा बाधा–व्यवधान आइ पर्दैन त ? यस अविष्कारको परिमाण विकाशको रूप लिने हो कि विनास तर्फ डो¥याउने हो भन्न सकिन्न तर स्थिति भने निश्चयत : भयावह हुदै गइरहेकोछ । वालकहरुको अभिभावक, समाज तथा सरकार यस तर्फ बढ़ी चनाखो हुन आवश्यक छ ।
चीन सरकारको हालैमा यस दुव्र्यसन तर्फ गएको छ । त्यहां वालकहरुलाइ मोबाइलमा झुम्मिने समयावधि निश्चित गरिएको छ तथा त्यस देशको कानूनले नै त्यस दुव्र्यसनमाथि प्रतिबन्ध लगाएको छ । मानव जीवन निर्माणकोलागि सो प्रतिबन्ध स्तुत्य कदमको रूपमा लिन सकिन्छ तथा हाम्रो जस्तो विकाशशील मुलुककोलागि अनुकरणिय रहेको छ । नेपाल सरकारले वालकहरुको ज्ञान विनाशको बाटोमा लागेको यस दुव्र्यसनको रोक थामकोलागि आवश्यक कदम उचाल्न सक्दछ कि ?