स्व.अवधकिशोर गुप्ता तथा तारा देवीका दोस्रो सन्तानका रुपमा वि.स. २०३० सालमा जन्मिएका अरविन्द कुमार गुप्ता पर्सेली जनमानसमा अपरिचित नाम होइन । नेपाली कांग्रेस पार्टीका जुझारु नेताका रुपमा परिचय बनाएका गुप्ताको जन्मस्थान साविकको वीरगंज उपमहानगरपालिका वडा नम्बर हालको वीरगंजस्व.अवधकिशोर गुप्ता तथा तारा देवीका दोस्रो सन्तानका रुपमा को कोखबाट वि.स. २०३० सालमा जन्मिएका दोस्रो सन्तान हुन् अरविन्द कुमार गुप्ता । साविक वीरगंज उपमहागरपालिकाको १४ हालको वीरगंज महानगरपालिका वडा नम्बर १२ मा भएको हो । गुप्ताको बाल्यवस्था सुखमय नै बितेको उनले बताए । बुवाको इच्छा छोरालाई बिजनेसम्यान बनाउने थियो । तर आफु युवा अवस्थादेखि नै नेपाली कांग्रेसको सिदान्तबाट प्रभावित भई हालसम्म पनि त्यही सिद्धान्तमा अडिक रही राजनीति तर्फ लागें उनले भने । नेपाली कांग्रेसको नगर अध्यक्ष समेत भई पार्टीको सकृय कार्यकर्ताका रुपमा आफ्नो छवि बनाएका गुप्तासँग समसामयिक राजनीतिक बिषयमा गरिएको बिशेष कुराकानी :
१) अहिले राजनीतिमा युवाको अवस्था कस्तो छ ?
सबभन्दा पहिला हाम्रो यूवा साथीहरुको आत्मविश्वासको कमी छ । आत्मविश्वासको कमीको कारणले पनि युवाहरु धेरै पछाडी परेका छन् । आफुभन्दा अग्रज नेताको इज्जत गर्ने हो । तर के छ भने समय अनुसारले बहसको कुरा राख्नुपर्छ । नेताले जे बोल्दियो त्यो एस म्यान भएर पनि हुदैन । किन भने यूवा जमातको लगानी छ । अर्को नेताहरुले चुप भनेपछि चुप भइहाल्ने पनि युवाहरुको बानी छ । सहीलाई सही भन्नुपर्छ । आफ्नो ठाउँमा अधिकार खोज्नलाई जब आफु योग्य हुनु पर्दछ । महत्वपूर्ण कुरा के छ ? भने यूवा साथीहरु आफुलाई कहाँ योग्य हुन्छु त्यो बुझ्दैनन् । समय परिस्थिति अनुसार नेताहरुको पनि सही मार्गनिर्देश र आफ्नो पनि दक्षतालाई मनन् गर्नुपर्छ । जसले स्वतस्फूर्त निर्णय लिन सक्ने र सक्षम त हुनु पर्छ । त्यस्तो व्यक्तिलाई पार्टीले हेरेकै हुन्छ । पद ओहदा दिएकै छ । हामीले राम्रो काम गर्दै गए जनताले पनि विश्वास गर्छन् र पार्टीभित्र पनि ठाउँ पाइन्छ । राजनीतिक दलले धेरै पसल खोलेको कारणले जनता अलझिएका छन् । योग्य संक्षम र विश्वासिलो भई कार्य गरेमा युवाहरुको राजनीतिमा उज्जल भविष्य छ ।
२) कति बर्षदेखि राजनीतिमा आबद्ध हुनुहुन्छ ?
विगत २८ वर्षदेखि निरन्तर कांग्रेसमा नै रहेर राजनीतिमा आबद्ध छु । २०५४ सालमा चुनाव लडें, त्यसपछि नगरको सहसचिव, नगरको सचिव त्यसपछि सभापति भए । चुनाव लडे, हाम्रा अग्रज नेताले रोके कि चुनाव नलडनु, तिमी सहयोग गर भने तर म नगर सभापति भैसकेको छु । अब त मलाई अझ माथि जानु छ । म पर्सा जिल्लाका अग्रज नेतासँग पनि चुनाव लडें तर संयोग हारे पनि । पून: चुनाव भयो जिल्लाको चुनावको क्षेत्रका साथीहरुले तपाइ आफै चुनाव लड्नु पर्छ । तपाइलाई हामी जिताउँछु भन्दा मलाई आवश्यकता छैन । अब तपाईहरु लड्नुस् भनि आफू पछि बसेर अरुलाई पनि सघाएको छ ।
६३/०६४ को आन्दोलन पश्चात नेपाली कांग्रेसबाट प्रतिनिधि पठाइयो । त्यसपछि धेरै दल आइसक्दा त्यहाँको परिस्थिति हेर्दा उपयुक्त ठाउँ देखिएन । पुन: म नगर विकासको सदस्यको रुपमा पार्टीको प्रतिनिधिको रुपमा गएँ । जसमध्ये म चारवर्ष निरन्तर नगर विकासको सदस्य भएर काम पनि गरें ।
३) तपाई जस्तो जुझारु लगनशील युवा हुदाँहुदै पनि पर्सामा कांग्रेस कमजोर हुनुको कारण ?
हामी पर्सा जिल्लामा कहिल्यै कमजोर छैन । भोटको हिसाबले हेर्नुहुन्छ भने आज पनि नेपाली कांग्रेस पर्सा जिल्लामा १ नम्बरमा छ । पहिला एउटा क्षेत्रमा ६५००–६७०० सम्म जितिन्थ्यो । देश भरिमा कांग्रेस हटाऊ अभियान भयो । कांग्रेस जहाँ छ, त्यहाँ कांग्रेसलाई हटाउन फोरम, राजापा, एमालेका उम्मेदवार मिलेर कांग्रेसलाई पछि पारे । आगामी दिनको चुनावमा नेपाली कांग्रेस पहिलो र दोस्रो जागरणको कार्यगत सगठन सम्पन्न गरिसकेको छ । अहिले हामी सगठनको काम गरिरहेको छौ । देशमा साम्यवादको दृश्य देखा परिरहेको छ । यसले जनताहरु पनि गुमिसकेको आफ्नो पूर्ववत् अवस्थालाई फर्काउन चाहन्छन् । देशलाई दिगो व्यवस्थापन गर्नको लागि पनि अब जनता नेपाली कांग्रेसलाई नै खोज्न थालेका छन् ।
४) अहिले वीरगंज महानगरपालिकाको कार्यपालिका सदस्य पनि हुनु हुन्छ वीरगंजवासीको समृद्धिको लागि मेन रोड विस्तारको कुराहरु पनि छ नि ? सडक विस्तारको कुरा जहाँसम्म छ नि । सडक विस्तार गर्ने प्रश्न वहसको विषय बनेको छ । वीरगंजमा सडक विस्तार गर्नुको कारण के ?
ट्राफिक व्यवस्थापन नभएर हो नि । ट्राफिक व्यवस्थापन गरिसकेपछि के यो बाटोले थेग्छ कि थेग्दैन । २०३३ सालको निर्णय आज २०७६/०७७ मा लागु भइरहेको छ । ४३ वर्ष पुरानो निर्णयलाई ४३ वर्ष पछाडी फर्किएर हुर्नुपर्ने हुन्छ । हामीले व्यवस्थापन गर्न सकिएन । कुनै भि.आइ.पि आइसकेपछि जाम हुदैन । किन हुदैन भने त्यो बेला व्यवस्थापन गरेको हुन्छ । अहिले नगरपालिकाले व्यवस्थापन नगरेको कारण पनि यस्तो जाम भएको हो । नेपालको संविधान अनुसार त्यहाँ बसेका जनताहरु यो देशको नागरिक हो । कर तिरी रहेका छन् । नेपाल सरकारको संविधान अनुसार उसले पाउँनुु पर्ने क्षतिपूर्ती बारे नेपाल सरकारले निर्णय गरेर क्षतिपूर्ति दिने र पाउने लागत कट्टा गराउने अनि विकास गरे कस्ले रोक्छ र ?
५) नेपाली कांग्रेसबाट कार्यपालिका सदस्यमा निर्वाचित हुनुभएको छ । एजेन्डाहरु पारित गराउँन महानगरमा कत्तिको सहज छ ?
नगरपालिका भित्र हाम्रो बहुमत नभएको अवस्थामा केही एजेन्डा हामी पनि लाग्छु । अहिले विरगंजमा टावर भ्यापर लाइट लगाएको छ । मेरो यो ०६३ सालको ड्रिम प्रोजेक्ट थियो । म इन्डिया घुम्न जाँदा एउटा सहरमा हेरेको थिए । मैले सोचे कि यस्तो विरगंजमा लगाए भनि राम्रो हुन्छ । म हुँदा टेन्डर गरियो । हामी हटे पश्चात त्यसलाई खारेज गरियो । तर अब यो पाली ०७६/०७७ को वजेटमा राखिसकेपछि मैले वोर्डका साथीलाई र मेयरलाई भने यो चाहि टेन्डर प्रक्रियाबाट १० ठाउँमा लगाउन सुरु भइरहेको छ । विन्दवासिनी, आर्दशनगर र रंगशालामा सुरुवात भयो । संगसंगै धेरै एजेन्डा पास भएका छन् । सहजै हुन्छ । हामीले ल्याएका विकासका कुरामा प्रगति होस् भन्ने एजेन्डामा हामी विरोध गर्दैनौ । हाम्रो एजेन्डा पनि सहजै पास हुन्छ । करका बिषयमा भने विरोध नै चल्यो । जनताहरुलाई कर लाद्नु भएन । बहुमतको खेलबाट पारित भयो । परिणाम पनि आफै उल्टियो ।
६) जनप्रतिनिधीहरुले खाइपाइ आइरहेको सुविधा सर्वोच्चले खारेज गरिदिएको छ ? यसलाई तपाईले कुन रुपमा हेर्नु भएको छ ?
सले के स्पष्ट देखिएको छ भने । संविधानले तोकिएको सुविधा हो । तलब होइन । तर यो प्रदेशका प्रमुखहरुलाई म के भन्न चाहन्छु भने त्यो संविधान राम्रोसंग वुझ्न सक्नु भएन । संविधानलाई नबुझेर के गर्नुभयो कि तलब भत्ता भनेर निर्णय भयो । त्यहाँ तलब सुविधा जति पैसा नलिखेको भए पाउथ्यो होला । तर उहाँहरुले के गर्नुभयो कि संविधान नै नबुझेर यो देशको मुख्यमन्त्रीले निर्णय गर्नुभयो । त्यो निर्णय बदर भयो । तर १ नम्बर वाहेकका मुख्य मन्त्रीहरुले बुझेका रहेछन् । त्यहाँको बदर भएन । तलब हुनुहुदैन । म पनि भन्छु । स्थानीय तहमा तलब हुनुहुदैन । तर न्यूनतम भत्ता हुनुुपर्छ । कानून खारेज भयो । प्रदेश नं. २ ले बनाएको नियम आफै खारेजमा प¥यो । यस्ता मानिसले देश चलाएको भए कस्तो कानूनी बन्थे ? यसमा सल्लाहकारहरु पनि चुकेका छन् ।
७) यसको लागी यूवाहरुले कस्तो खबरदारी गर्नुपर्छ ।
म एउटा जनप्रतिनिधी हुँ । खोज्नु प¥यो यूवा साथीहरुले । केवल तह लगाउन समय पनि लाग्दैन भनेर खबरदारी गरेर मात्र हुन्न । आफनै पार्टीको होस् या अरुको पार्टीको गलत गरेको कुरामा बोल्नुपर्छ । आफ्नो पार्टीको भए गलत काम गरे पनि चुप लाग्ने बानी ठिक होइन । यसले त युवाहरु पछि पर्छन् नि ।
८) राजनीतिमा यूवाहरुको आगामी भविष्य कस्तो छ ?
यूवा साथीहरु लागि परिरहनु भएको छ । आफनो–आफनो क्षेत्रबाट काम गरिरहनु भएको छ । उँहाहरुले गरेका कामहरु एकदमै इमान्दारीपूर्वक गर्दै हुनुहुन्छ । कसैले उहाँहरुलाई उचाली पनि रहेका छन् । त्यस्ता व्यक्तिलाई पहचान गर्नुपर्छ । युवाहरुको लागि शिक्षा वा जानकारीको एकदमै जरुरी छ ।सामाजिक सञ्जालमा मात्र सिमित नभएर युवाहरु किताबमा पनि छिर्नुपर्छ । एउटा सानो काम पनि फेसबुक मार्फत जानकारी गराउँदा ठूलो होइन्न । काम गर्दै गएपछि आफै उहाँहरुले ठाउँ पाउँनु हुन्छ । आफुलाई निखार्न सक्नुपर्छ । एकबाट अर्कोमा हामफाल्दै युवाहरुले पार्टी फेरिरहनु हुँदैन । राजनीतिमा समय समयमा विभिन्न खालको राजनीतिक हावा त चलिरहन्छ । तर आफ्नो सिद्धान्त र नीतिमा अडिग नभए अगाडी बढ्न सकिन्न । डा. रामबरण यादवका लागि पनि अन्य पार्टीबाट अफर नआएको थिएन होला ? तर उहाँ पनि अनवरत रुपमा एउटै पार्टीमा हुँदा राष्ट्रपति सम्म भएको उदाहरण टाढा छैन । राष्ट्रिय पार्टी चाही पहिचान गरी युवाहरु अगाडी बढ्नु पर्छ । अवसर त एकपटक आइहाल्छ नि ।
९) अन्त्यमा नेपालको राजनीतिक भविष्य कस्तो छ ?
मुलुकको भविष्य राम्रो छ । यो देशलाई राम्रो बनाउने काम यूवाको हातमा छ । सहि दिशा र सवल मुलुक बनाउन यूवा नै अग्रसर हुनु पर्छ । अरु संग हुन सक्दैन । पुरानो विचारले अब हुँदैन । अग्रज राजनीतिकर्मीहरु अभिभावकको रुपमा बस्नुपर्छ । जिम्मेवारी युवाहरुलाई दिए देश निमार्णमा बढि समय लाग्दैन ।