वीरगंजलाई विकासको दृष्टिकोणले हिजोसम्म जसरी हेरेता पनि महानगरपालिका भए पश्चात यहांका सर्वसाधारण जनताले विकासको पाटोमा परिवर्तन होस् भन्ने चाहेका छन् ।
अझ २० बर्षपछि भएको स्थानीय निर्वाचन पछि स्थानीय सरकार भए पश्चात त आफैले जिताएर पठाएका जनप्रतिनिधिहरुले के के न गर्लान् भनेर मख्ख परेका वीरगंजवासीलाई महानगरवासी हुनुको यति वेला खासै हर्स हुन छोडेको छ । कारण उपमहानगरपालिका भन्दा महानगरपालिका भएजस्तो परिवर्तन केहीमा पनि भएको छैन । वीरगंज महानगरपालिकाको बोर्ड झुन्ड्याएर मंचमा मिठो मिठो भाषण गरेर मात्र जनताको अपेक्षा पूरा नहुने कुरामा जनप्रतिनीधिले उति ख्याल गरेको देखिदैन ।
विकासका पुर्वाधारहरु बोकेको वीरगंजमा थुप्रै धार्मिक सम्पदा , मठमन्दिर, पाटीपौवा, पोखरी जस्ता रमणीय स्थानहरु छन् । जस्लाई पर्यटन क्षेत्र बनाएर आगन्तुकहरुबाट आय आर्जन मात्र नभएर सौन्दर्यको लाभ लिने स्थल बनाइनु पर्छ । बिन्दवासिनी, भुटनदेवी, गहवामाई, घडिअर्वा पोखरी, भिस्वा पहाड, रानीघाट, जस्ता रमणीय क्षेत्र भएता पनि यीनिहरुको सहि हेरचाह तथा जर्गेना गर्न नसक्दा बिस्तारै बिस्तारै लोप हुने स्थितिमा नरहला भन्न सकिदैन जो आफैमा लज्जासपद बिषय हो । अनेकौ जातजाति भाषाभाषी धर्म संकृतिले भरिपूर्ण यस क्षेत्रमा विकासका संभावना प्रसस्तै छन् । रोजगारीको लागि उद्योगधन्दादेखि जिवनयापनको लागि श्रम क्षेत्रको मनग्गे अवसर छ । त्यस्तै गरी स्वास्थ्य संस्थान, मेडिकल तथा शिक्षण संस्था भएर पनि उचित ववस्था गर्न नसक्दा विकास हुन सकिरहेको अवश्था छैन । स्थानीय निर्वाचनको बेला जनप्रतिनिधिहरुले मिठा मिठा आश्वासनका पोका बाडेता पनि अहिले सम्म जनताले राहत पाउन नसकिरेको अवस्था छ । विकास निर्माणको कार्यमा स्थानीय निकाय मौन रहेको स्थानीयको भनाई छ । वीरगंज महानगरपालिका क्षेत्र भित्रैको मात्र कुरा गर्ने हो भने मेन सडक, एउटै मात्र बसपार्क छ, जहां गाडिहरु राख्न र राखेका गाडिहरुलाई निकाल्न सास्ति छ । मुख्य बसपार्क भन्दा पनि होटल भिस्वा तर्फ र दक्षिण पट्टिको सडकमा गाडिहरु लाम लगाएर राख्दा रिक्सा, साईकल तथा अटोरिक्सा त्यहि घुइंचो लाग्छन् । भरर्खर बनेको सडक बने नबनेको महशुश हुन नपाएको स्थानियहरुको भनाइले पनि सर्वसाधारले अनुभूति गर्ने गरी काम हुन सकेको छैन ।
वीरगन्जको भानुचौक जहाँ चौबिसै घण्टा गाडी चल्ने व्यस्त सहरको रुपमा हेरिन्छ । सो क्षेत्रको तल माथिको सडक पनि उस्तै छ । यता मिनाबजार छिर्ने गल्लि अनि वीरगंजकै मुटु मानिने आर्दशनगर परिसर भित्र र आसपासका गोरेटाहरुको अवस्था बर्षात्को सस्यानो पानिले जलमग्न हुने गर्दछ । अन्य टाडाको मात्र के कुरा गर्ने वीरगंज महानगर जाने सडकको सम्म राम्रो संग मर्मत हुन नसक्नु कति सम्म लार्पवाही हो । सहजै अनुमान लगाउन सकिन्छ । यहांका जनताले स्थानीय सरकार पाए पछि पनि वीरगंज महानगरपालिकालाई ग्रिनसिटी बनाउन देखाएका सपनाहरु यतिकै फिका नबन्लान भन्न सकिन्न । महानगरपालिका नगरसभाबाट नगर क्षेत्रमा चल्ने सवारी साधनमा अत्याधिक मात्रामा सवारी कर लगाउन खोजेपछि हिजो उपमहानगरपालिकालाई महानगरपालिका बनाउन पर्छ भनेर नारावाजी तथा जुलुश लिदै हिडेका ति सोझा जनताहरु आज यसरी प्रदेश सरकाले मनोमानी ढंगबाट सवारी कर मात्र नभई अन्य सम्पूर्ण क्षेत्रको कर र महंगिएको बजार हेर्दा उ बेला लगाएका नाराहरु निल्नु न ओकल्नु भएका छन् । हुन पनि त प्रदेश नं दुइ सरकारले आफनो दायरा नै नाघेर वीरगंज महानगरपालिका चालु आर्थिक बर्षमा यसरी कर बढाउदा स्थानीय जनताहरु आक्रोसित हुनु । अस्वभाविक पटक्कै होइन ।
प्रदेश सरकार गठन भएको महिनौ दिन बितिसक्दा पनि जनताले सरकारको अनुभुति गर्न नपाउनु दुखदायी पक्ष हो । नेपालकै सबैभन्दा बढि राजस्व संकलन हुने नाका भएर पनि यो क्षेत्रले विकासको गति लिन नसक्नु कतै न कतै आम नागरिक पनि ठिक जिम्बेवार बन्न नसकेको जस्तो देखिन्छ । सरसफाईदेखि लिएर शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगानी गर्न नसक्नु अनि यहाँ भएका प्राकृतिक सम्पदाहरुको रक्षा गर्न नसक्नुले अवसर भएर पनि वीरगन्जको विकास हुन नसकेको जस्तो भएको छ । प्रसस्तै पूर्वाधार भएता पनि सहि सदुपयोग गर्न नसक्नु बिडम्बना नै मान्नु पर्दछ । तर्सथ यतिका बर्ष सम्म पनि विकासको गति लिन नसकेको महानगरपालिकाको मुहार कहिले फर्कन्छ सबैले यो प्रश्नको सहि उत्तर खोजिरहेका छन् ।