तिुलसी गिरी र गोमा गिरीका दुई सन्तान मध्येकी कान्छी हुन् पम्फा गिरी (थापा) । वि.सं. २०४४ साल फागुन ०७ गतेका औराहा ४ पर्सामा जन्मिएकी पम्फा बुवाबाट नै प्रेरित भई शिक्षा पेशामा आउँन सफल भएकी हुन् । शिक्षित र सम्पन्न परिवारमा जन्मिएकी थापाको बाल्यवस्था सुखमय वितेको उनले बताइन् । श्रीमान् पनि शिक्षित र व्यवहारिकता बुझ्ने पाएकोमा आफुलाई भाग्यमानी ठान्ने उनले विवाह पश्चात पनि श्रीमान र घर परिवारको सहयोगबाट वीरगंजको चर्चित ठाकुरराम बहुमुखी क्याम्पसबाट स्नातकोत्तर सम्म अध्ययन गर्न पाएको बताइन् । विगत लामो समयदेखि विभिन्न क्षेत्र लगायत शिक्षा क्षेत्रमा सेवा गर्दै आफुलाई पर्सा जिल्लामा चिनाउन सफल उनी आर्चाय एकेडेमीको प्रिन्सिपल समेत भई गुणस्तरीय शिक्षा प्रदान गर्नु अग्रसर छन् । शिक्षालाई मानवीय संवेदनशीलतासँग जोडेर हेर्ने उनी हरेक व्यक्तिको सर्वाङ्गीण विकासमा शिक्षाले प्रत्यक्ष सरोकार राख्ने गरेको बताउँछिन् । महिला पुरुष हरेकको लागि शिक्षा नभए आखाँ भएर पनि अन्धो सरह हुने बताउने उनै थापासँग शिक्षाको समसामयिक अवस्थाका बारेमा केन्द्रित रहेर मध्य नेपाल सन्देशले गरेको कुराकानी :-
१) अहिलेको अवस्थामा निजी विद्यालयको शैक्षिकस्तर कस्तो पाउनु भएको छ ?
वर्तमान समयमा दिन प्रतिदिन निजी विद्यालयको संख्या बढ्दो छ । जसले गुणस्तरीय शिक्षा दिनुभन्दा पनि शिक्षालाई व्यापारीकरण गरेको जस्तो मलाइ आभाष भएको छ । अझ यो तराईमा बढि छ । यस कारणले पनि सम्बन्धित निकायले यस विषयमा छानविन गर्नुपर्ने हुन्छ । गुणस्तरीय शिक्षा छ कि छैन । कि गुणस्तरहिन शिक्षा छ त्यसको मापन गरी कारवाही गनर्् आवश्यक छ । पहिलाभन्दा धेरै नै राम्रो छ । किनभने पहिला नीजि विद्यालयहरुमा मन्टेश्वरी ट्रेनिङ्ग प्राप्त शिक्षकहरु अनुभवि र दक्ष शिक्षक हुँदैन थिए । तर अहिले प्राय: सबै शिक्षकहरु तालिम प्राप्त अनुभवि शिक्षकहरु छन् । अहिले शिक्षाको क्षेत्रमा व्यक्तिहरुको संलग्नता पनि बढ्दो छ । त्यस्तै शिक्षाको स्तरमा पनि वृद्धि भएको छ । पठनपाठन शैलीमा विषय केन्द्रित नभई विद्यार्थी केन्द्रित पद्धतिको विकास भइरहेको छ ।
२) नीजि विद्यालय महंगो भएको गुनासो पटकपटक आइरहेको छ नि ?
निजी विद्यालय महंङ्गा नै हुन्छन् । किनभने विद्यार्थी भित्र रहेको आन्तरिक गुणहरुको प्रष्फुटन गराउँनका लागि नीजि विद्यालयले धेरै अतिरिक्त क्रियकलाप गराउने भएकाले गर्दा सरकारी विद्यालयको तुलनामा नीजि विद्यालय बढी महङ्गा हुन्छन् । यहाँ अनुशासन पनि हुन्छ । विद्यार्थीहरुले राम्रो हेरचाह र गुणस्तरिय शिक्षा पाउँछन् भन्ने विश्वास अभिभावकहरुमा भएकाले जति महंगो भए पनि निजी विद्यालय नै सबैको रोजाईमा पर्ने गरेको छ ।
३) तपाईले शिक्षासंग सम्बन्धित पेशालाई नै किन रोज्नु भएको हो ?
म पहिलेदेखि नै शैक्षिक क्षेत्रमा लाग्न चाहन्थे, पछि नर्सहरुले लगाएको पोशाक र उनिहरुको सेवाभावले म प्रभावित भए र नर्स पेसामा आबद्द भए । मलाई समाज सेवा गर्न एकदमै रहर पनि थियो । समय र परिस्थितिले गर्दा शिक्षा संकायमा भर्ना भँए । मास्टर पनि गरे । बिरामीहरुको सेवा गर्दागर्दै अब म आफैले केही गर्नुपर्छ भन्ने सोच आयो । नारीले केही गर्न सक्दिन भन्ने यो समाजलाई केही गरेर देखाउने अवसर तर्फ जुटे । आत्म विश्वास पनि बढ्यो । त्यसपछि मलाई के लाग्यो भने अब म आफै कुनै संस्था सञ्चालन गरेर केही गर्छु भन्ने अठोटले शैक्षिक क्षेत्रमा आबद्द भएको हो । मेरो बुबा पनि एउटा शिक्षक हुनु भएकोले कही न कही उहाँहरुबाट प्रभावित भएँ ।
४) नेपाल सरकारले दलित मुस्लिम मधेशी पिछडिएका वर्गहरुलाई १० प्रतिशत भनेर छात्रावृद्धि प्रदान गर्ने व्यवस्था छ । तर विद्यालयले आफन्त र सोर्सफोर्स भएको व्यक्तिलाई दिएको पाइन्छ नि ?
त्यस्तो त नहुनुपर्ने हो । सरकारले जुन कोटा छुट्याएको छ । त्यो अनुसारको सबैले पाउँनुपर्छ । यसमा हामीले आफ्ना आफन्तभन्दा पनि जो साँच्चै पढ्न चाहन्छन् । तर आर्थिक अभावले गर्दा शिक्षाबाट बन्चित भएका छन्, त्यस्ता विद्यार्थीहरुलाई प्राथमिकता दिने गरेका छौं । कसैले पनि शिक्षा लिनबाट बन्चित हुनु हुन्न भन्ने हाम्रो बुझाइ हो ।
५) यहाँको विद्यालयले सोर्सफोर्स वालाभन्दा बढि दलित जनजाती र आर्थिक विपन्नलाई बढि छुट्याएर छात्रावृद्धि दिनु भएको छ की ?
सोर्सफोर्सबाट आउने विद्यार्थीभन्दा पनि आर्थिक अवस्था कमजोर भएका दलित, गरिब जेहेन्दार, अङ्गभङ्ग भएका परिवारका बालबच्चालाई हामीले असली हकदार ठानेका छौं । हाम्रो पहिलो प्राथमिकता त्यसैमा हुन्छ ।
६) मधेशमा तपाई एउटा महिला, शिक्षा क्षेत्रलाई अंगालदै आउँदा कतिको अप्ठ्यारो महसुस गर्नु भएको छ ?
चाहे ठूलो होस् या सानो काम गर्ने क्रममा चुनौती बाधाहरु आउँछन नै । त्यस्ता बिग्न बाधा आए पनि मैले त्यस्लाई एउटा अवसरको रुपमा लिएर हिड्ने गरेकी छु । समस्यालाई आफैले लिएर हिडँ्दा समाधानका उपायहरु निस्किन्छन् । त्यसैले म त्यस्ता समस्याबाट कहिल्यै विचल्लित नभई त्यस्को डटेर सामना गर्नु पर्छ । मैले गर्ने पनि त्यहि हो ।
७) तपाईको विद्यालयले लिएको शुल्क: अनुसारको शिक्षा दिन सकेको छ ?
सबैभन्दा पहिला हामीले गुणस्तरीयतालाई बढी ध्यान दिएका छौं । बालमैत्री पूर्ण शिक्षा दिनुपर्छ भन्ने हाम्रो विद्यालयको विचार हो । हामीले विषय केन्द्रितभन्दा पनि विद्यार्थी केन्द्रित भएर पठनपाठन गराईरहेका छौं । एउटा गुणस्तरीय तालिम प्राप्त र अनुभवि शिक्षकहरु राखेका छौ । हाम्रो विद्यालय मन्टेश्वरी बेसमा आधारित छ । त्यसैले हाम्रो विद्यालयको वातावरण पूर्ण बालमैत्री छ । हामीले शिक्षाको गुणस्तरीयतालाई बढी ध्यान दिएका छौ । हामीले विद्यार्थीको संख्याभन्दा पनि शिक्षाको गुणस्तरमा बढी जोड दिएका छौ । हामीले अनुभवि, दक्ष, र तालिम प्राप्त शिक्षकहरुको पनि व्यवस्था गरेका छौ । त्यस्तै अरु विद्यालयले पनि बालमैत्री भएर नै शिक्षा दिनुपर्छ । किनभने विद्यालय भनेको यस्तो ठाउँ हो । जहाँ बालबालिकाहरुले आफ्नो भविष्य निर्माण गर्छन् । त्यसैले पनि हामीले उनिहरुको भविष्यसंग खेलवाड नगरी क्वान्टिटी भन्दा पनि बढी क्वालिटीमा फोकस गरिएको छ ।
८) तपाई कसको हौसलाबाट स्कुल संचालन गर्न प्रेरित हुनुभयो ?
सबैभन्दा ठूलो साथ र सहयोग भनेको परिवार हो । मेरो घर परिवारबाट नै सहयोग र साथ पाएर म यो स्थान सम्म आइपुग्न सफल भएकी हँु । मेरो एक छोरो छ । म उसलाई छोडेर कहिलेकाही शनिबार पनि विद्यालय जानु पर्ने हुन्छ । त्यो बेला बाबुको रेखदेख सबै सासु ससुराले नै गर्नुहुन्छ । मेरा सबै कुरामा मेरो श्रीमान्ले पनि साथ र सहयोग गर्नु भएको छ । सासु ससुराको भूमिका पनि कम छैन ।
९) अन्त्यमा, तपाई जस्तै अगाडी बढने महिलाहरुलाई के सुझाव दिनु हुन्छ ?
हामी महिला अगाडी बढ्ने क्रममा हामीले आफनो घरपरिवार, इष्टमित्र सबैलाई साथ लिएर हिड्नुपर्छ । महिला र पुरुष एक रथका दुई पाङ्ग्रा हुन् । हाम्रो परिवार र हामीलाई राम्रो पु¥याइरहेछ भने त्यो समाजतिर विशेष ध्यान दिनुपर्दछ । हामीले समाजको लागि के गर्ने त ? आफनो लागि त जो पनि बाच्ँन सकिन्छ । हामीले समाजलाई के दियौ ? हामीले हाम्रो कार्य योजनालाई सफल बनाउन सक्नुपर्छ । हामी महिला बाहिर निस्केर कार्य गर्न सक्नुपर्छ । समाजसंग राम्रो काममा लड्न सक्नुपर्छ । हामीले राम्रो छाप बनाउनु पर्छ । शिक्षालाई पहिलो प्राथमिकता दिनुपर्छ । सबै महिला दिदी बहिनी शिक्षित हुन एकदमै आवश्यक छ । शिक्षित छौ भने आफुमा निर्भर रहन्छौ, हैन भने सधै अरुमा नै परनिर्भर हुनुपर्छ ।