समाज आधुनिक युगमा प्रवेश गरिसकेको दावी गर्नेहरुको संख्या बढ्दो छ । समाजमा बस्ने सामाजिक प्राणी भएकै कारण समाजमा घटीत राम्रा वा नराम्रा घटनाहरु सँग हामी परिचित छौ । समाज अनि सामाजिक मुल्य अनि मान्यता बिच उत्पन्न कतिपय नकारात्मक पक्षलाई परिवर्तन गर्न सोचेजति सहज छैन तर असम्भव नै हो भन्ने पनि छैन तर पनि कुंसस्कार, कुविचार, अमानविय सोच परिवर्तनका लागि बुलन्द स्वर संगसगैँ जनचेतना प्रवाह गर्ने आजको पहिलो आवाश्यकता हो भनिरहँदा आज एक्काईसौ सताब्दिमा पनि खास गरि महिला, तथा दलितहरुमाथी हुने गरेका अमानविय द«व्यवहारको अन्त्य हुन नसक्नु शिक्षा साथै चेतनाको कमि नै हो भन्न सक्ने प्रशस्तै उदाहरण हाम्रो माझमा बिद्यमान छ । अझ विकट मानिएका पहाडि जिल्लाहरुको अवस्था अहिले पनि रुढिवादि परम्पराकै मान्यतामा चल्नु दुखद कुरा हो ।
समाजमा महिला माथी हुने गरेका सबै खाले विभेद अनि विकृति हटाउन विभिन्न माध्यमबाट तदारुकता देखाएपनि कतिपय विवेदको अन्त्य कहिले सम्म हुने हो ठ्याक्कै भन्न सक्ने अवस्था भने छैन । हाम्रो समाजमा महिलालाई हेर्ने दृष्टिकोणमा पहिले भन्दा अहिले केहि फरक भएतापनि शहर भन्दा अलिपर गएर हेर्ने हो भने अहिले पनि हरेक कुरामा विवेद रहेको पाइन्छ । गाउँघर अथवा पहाडी जिल्लाहरु बझाङ्ग, बाजुरा, डोटी, अछाम, बाँके–बर्दिया, दैलेख सुदुँरपश्चिम जस्ता विकट भेगमा आज पनि महिलाहरुले उत्तिकै पिडा भोग्नु परेको तितो यर्थात हामी बिच ज्युँदो छ । पुरानो सोच अनि मुल्यमान्यता सगैँ रुढिवादिले जकडिएको उक्त क्षेत्रमा अहिले पनि किशोरीहरु म्हिनावारी हुँदा घर देखि पर बनाइएको छाँउगोठमा दिन अनि रात बिताउँन बाध्य छन् । महिलाहरुमा नियमित हुने रजश्वला अर्थात महिनावारीको समयमा आफ्नो घरमा बस्न नहुने घरपरिवार वा अन्य पुरुष जातिहरुलाई हेर्न नहुने, मिठो मसिनो खान नहुने, राम्रो सफा लाउँन नहुने, खोला नाला वा धारा, कल छुन नहुने जस्ता रुढिवादी सोचलाई अंगालो हालेर महिला माथी दमन गर्ने गरिन्छ । महिनावारी भएको बेला कसै परपुरुष सँग बोलचाल वा कुनै सरसामान छोएमा देवता रिसाउने र अनर्थ हुने भन्दै तिनै समाजमा बस्ने अझ भनौ भने आफ्नै घरपरिवारका सदस्यले समाजको डरको कारण किशोरीहरुलाई छाउँगोठमा पुराउँने चलनको अन्त्यको लागि हामी सबै एकिकृत हुन आवश्यक छ ।
एकिकृत अभियान : हुन् त आजसम्म भएका परिवर्तनलाई फर्केर हेर्ने हो भने थुप्रै परिवर्तन भएका छन् । यी परिवर्तन यतिकै सफल भएका भने होइनन् । महिला आन्दोलन र ति आन्दोलनमा पुरुषहरुको साथ र सहयोगबाट भएका उपलब्धिले मात्रै ढुक्क भएर बस्ने बेला भने पक्कै आएको होइन तर अहिले सम्म गर्दे आएका आन्दोलनका प्रयासलाई थोरै परिवर्तन गरे महिला र दलितका समस्या हल हुन सक्ने संभावना प्रशस्तै छन् । जस्तो महिनावारीको समयमा के गर्न हुन्छ के गर्न हुदँैन भन्ने कुरा बुझाउँन जति स्कुल पढ्ने किशोरीहरुलाई सहज हुन्छ । स्कुले जीवनबाट बन्चित किशोरीहरुलाई बुझाउँन मुश्किलले के बुझ्न सकिन्छ भने सबैभन्दा पहिले शिक्षाको अभाव नै हो भन्ने स्पष्ट देखिन्छ । तर्सथ छाउप्रथाबिरुद्घको अभियानलाई समय परिस्थिती अनुरुप बदलाव ल्याउनुपर्दछ ।
धर्मशास्त्र बिच अन्यौलता : बिषेशत महिनावारीको समयमा मानिदै आएको छुन हुने र छुन नहुने व्यवहारलाई धर्मशास्त्रसँग प्रत्यक्षरुपले जोड्ने गरिएको छ । जस्तो महिनावारीको समयमा घरमा बस्नु हुदैँन, पानी समेत छोएको खान हुदैन, राम्रोे सफा अथवा नयाँ लुगा लाउँन हुदैन, पुरुष जाती अथवा दाजुभाई बुवा, काकालाई हेर्नं हुदैन, मठ मन्दिर वा पुजाआजाको सामाग्री वा प्रसादि मानिएको सामान खान हुदैन नत्र पाप लाग्ने वा अर्नथ हुने अझ भनौ भने देवता रिसाउने जुन मान्यता छ यस्ले प्रत्यक्ष रुपमा धर्मशास्त्र बिच अन्यौल उत्पन्न भइरहेको छ । तर आजको परिवर्तनशिल समयले मारेको फड्को बाट एक पटक पछिल्तिर फर्किेएर सतिप्रथालाई स्मरण गर्ने हो भने उतिबेला पतिको मृत्यु पश्चात चाहे उसकी पत्नी चाहे उमेरमा १५ बर्षको मात्र होस वा भर्खर हिजो मात्र बिवाह गरेर भित्राएको हुन अथवा बृद्घा अवस्था कि जुनसुकै उमेर भए पनि पतिको मृत्यु पश्चात पतिको लास सगैँ ज्यँुदै जल्नु पर्ने कटु सत्य थियो । उ बेला पनि यस्तो घटनालाई हामै्र समाजले धर्मशास्त्रको नाम सँग जोडिन्थ्यो भने आजका पुस्ताले त्यो प्रथालाई कसरी हेर्देछ र अहिले छाँउपढीको शिकार बनेका किशोरी वा सुत्केरी महिलालाई अबको २० बर्ष पछाडिका पुस्ताले कसरी हेर्लान यति बुझाउन सके यस्तो प्रथाको अन्त्य गर्न धर्मशास्त्र बिचको अन्यौलता पक्कै पनि हुने थियो ।
छाउप्रथा अन्त्यको पहल : समाजमा शास्त्रीय रुपमा महिनावारी भनेको अशुद्घता होइन, शुद्घताको नजरले हेर्ने वातावरण पैदा गर्न आवश्यक छ । । रजश्वला अर्थात महिनावारीको समयमा सफासुघर भएर बस्ने, अन्य समयभन्दा पौष्टिक आहारमा ध्यान दिने, काम गर्दा हल्का काम मात्र गर्ने र आराम गर्ने, सुरक्षित तथा मर्यादित व्यवहार गर्ने, महिनावारीको समयमा छाउगोठमा बस्ने प्रथाको अन्त्यको लागि अहिले सम्म गरिएका आन्दोलनलाई निरन्तरता त छदैँछ, स्थानीय तिनै तहको सरकार, केन्दि«य सरकार, खासगरी प्रशासन र सुरक्षा निकाय, राजनीतिक संघसस्था, धार्मिक, सामाजिक अभियन्ता र कुना–कुनामा समाचार सम्प्रेशण गर्ने संचारमाध्यम अथवा संचारकर्मी लगायतको बिचमा समन्वय हुन जरुरी छ । समाजमा मानव–मानव बिचको मानसिक डर, त्रासको कारण छाउगोठ भत्किन नसकिरहेको यस अवस्थामा सोच र व्यवहारले परिवर्तनका सिर्जनात्मक तरिका मार्फत नागरिकले आफ्नो गोठ आफै भत्काउने अवस्थामा पुग्न सके मात्र दिगो समाधान हुन सक्दछ । तसर्थ छाउप्रथाको विरुद्घ एकिकृत हुन आवश्यक छ ।