- उमाशंकर द्विवेदी 'दिधीचि'
सूर्य मकर राशीमा संक्रमण गरेको दिनलाइै मकर संक्रान्ति भनिन्छ । यस दिनलाइ माघे संक्रान्ति, तिला संक्रान्ति, माघी वा खिचडी पनि भन्ने चलन छ । इशाइ धर्म अनुसार बडा दिन २५ दिसेम्बर मानिन्छ । तर सौर्य मास अनुसार दिन मकर संक्रान्तिको दिनदेखि बढ्न थाल्दछ । भोजपुरी भाषाको एउटा उखान अनुसार–‘पुष के दिन फुस फास आ माघ के दिन बाघु भन्ने गरिन्छ । एक महिना लामो खरमासको समप्ति यसै मकर संक्रान्तिको दिन हुन्छ । यसै दिनदेखि दिन बढ्न तथा रात घट्न थाल्दछ भन्ने पूर्वीय धारणा ईश्वी सम्बतलाई अतिक्रमण गर्दछ । बिक्रमीय सम्बत्को लागि र हिन्दूबहूल हाम्रो देशका पुरानीयाहरुको यस दूरदर्शीतालाई हाम्रो गौरवको विषय मान्नु पर्दछ ।
मकर संक्रान्तिको ठूलो धार्मिक महत्व रहेको छ । यस दिन विहानको पूण्यकालमा अवालबृद्ध, नारी पुरुषहरु पवित्र जलमा स्नान गरेर सूर्य भगवानलाई अघ्र्यदान गरी गौदान, अन्नदान, शय््यादान, तीलादान तथा गच्छे अनुसारको नगददान गरी गौ र ब्राह्मणलाई भोजन गराएर मात्र आफूले भोजन गर्ने परम्परा रहिआएको छ । धेनुं च यो द्विजे दद्यात् अलंकृत्य पयस्विनिम् । कांस्यवस्त्रादिभीर्युक्तां स्वर्गलोके महियते ।। (मनुस्मृति) अर्थात् यस दिन वस्त्र ओढाइएकी तथा सृंगारिएकी दुधालु गाईलाई कांसाको भाडो र दक्षिणाको साथ ब्राह्मणलाई दान गर्नाले मानिस सहजै स्वर्गलोक पाउन सक्दछ । हेमश्रृंगी रौप्यशफा शुशिला वस्त्रसंयुता । सकांस्य पात्रा दातव्या क्षिरिणी गौः सदक्षिणा ।। (गरुडपुराण ९८) । अर्थात सोझो स्वभाव भएकी दुधालू गाई जसको सिङमा सुन तथा खुरमा चांदी मढिएको होस् । त्यस्तो गाईलाई वस्त्र ओढाएर दुहुने भांडो र दक्षिणाको साथ ब्राहमणलाई दान गर्दा स्वर्गलोक प्राप्ति हुन्छ । यस प्रकार शास्त्रहरुको अनुसार यस दिन दानको ठूलो महत्व रहेको छ ।
मकर संक्रान्तिको दिन घर दैलो सफा सुग्घर पारेर सकेसम्म गाईको गोबरले लिपी दानपुण्य गरी खिचड़ी पकाउनको लागि चामल, तील तथा अदुवा कूल देवतालाई अर्पण गर्ने (चढ़ाउने) चलन रहिआएको छ । तीलको लड्डु, भुटेको चिउरालाई गुडको झोलमा मुछी तयार पारिएको लडु तथा बन्हुइ लाई (गुडको झोलमा मुछेर तयार पारिएको मु¥ही (लाइ) को लडु) पनि कूल देवतालाई अर्पण गर्ने परम्परा रहेको पाइन्छ । कूलदेउतालाई अर्पण गरिएका लड्डुहरुलाई परिवारका मान्यजनहरुद्वारा अन्य सदस्यहरुलाई प्रसादको रूपमा बाड्ने परम्परा छ । प्रसादको रूपमा ग्रहण गरिने यस्ता लड्डुले आरोग्य प्रदान गर्दछ भने मान्यता रहेको छ । यस प्रकारको लडु छोरी बेटीहरुको घरमा कोशेलीको रुपमा पठाउने सामाजिक परम्परा छ । बुहारीहरुको माइतीबाट पनि यस्ता कोशेली (बायन) अनिवार्य रुपमा आउने गर्दछ । यस प्रकारको कोशेलीले छोरी बेटीहरुको मान बढ्दछ । बुहारीहरु गौरवान्वित हुन्छन् । यस अवसरमा कोशेली आएन भने छोरी बुहारीहरुले आफ्नो मन दुखाउँछन् । अतः गरिब धनी जोसुकैले पनि आफ्नो गच्छे अनुसार खिचडीको कोशेली–बन्हुलाई, तीलको लड्डू, चाक्कूको डल्लो तथा अन्य खाने पिउने कुराको साथै घिउ छोरी बेटीको घरमा अवश्य नै पठाउँछन् । भोजपुरी भाषाको उखानअनुसार–‘माघ मास घिव खिचड़ खाए, दूधे, पुते घर नहाए’ चरितार्थ पार्नको लागि आफन्तहरुको घरमा घिवको कोशेली पठाउने परम्परा त सकारात्मक नै मान्नुपर्छ ।
मकर संक्रान्तिको दिन घर घरमा खिचडी पाक्दछ । पाएसम्म बासमतिको चामलमा बेसार, तील, अदुवा हालेर मन लोभ्याउने खालको खिचडी अवश्य नै पाक्दछ । खिचडीको साथमा मेथी, चम्सुर, पालु·ो, लहसुनको भुटुवा साग, आलु, काउली, भण्टाको भुजिया, पापड, अंचार स्वाद मानी खाइन्छ । भोजपुरी भाषाको एउटा उखान अनुसार –माघ मास घिव खिचड खाए । खिचडीमा घरमा बनाएको गाइ, भैंसीको घिउ अनिवार्य रुपमा हालिन्छ । अर्को उखान अनुसार –‘खिचडी के चार इयार, पापड़, दही, घिव, अंचार’ । खिचड़ीको साथमा पापड़, दही, घिउ तथा अंचार खादा अपूर्व स्वाद पाइन्छ भन्ने लोक मान्यता छ । घिउ हालेको पहेलो खिचडीमा तर लागेको (छाल्हीवाल) सेतो दही राखिदिदा तथा थालको वरिपरि कचौरा रिकापीहरुमा लहरै राखिने साग र भुजियाको मनोरम दृश्य देखेर जो कोहिलाई पनि खाउं खाउं लागि हाल्दछ । त्यस माथि अझै पापड़ तथा रातो खुर्सानीको भरुवा अंचार र तेल चुहिदै गरेको आंंपको अंचारले त मुखमा पानी रसाइ दिन बेर लाउदैन ।
किसानहरुको अगहनीको दवनी प्रायः सिद्धिसकेको हुन्छ । खिचड़ीको दिन नै भखारी, डेहरीलाई तेल, सिन्दूरले पूजा गर ित्यसको ‘आनु (ढोका) खुल्दछ । त्यस्ता अन्न भण्डारहरुमा खरमास भरी अन्न केवल राख्न मात्र प्रयोग हुन्छ भने खिचड़ीको दिन त्यसको पूजा गरेर खोलिन्छ । सर्वप्रथम भकारीबाट झिकिने अन्नलाइृ शिवअंसी को रुपमा गांउघरमा रहेका शिव मन्दिरमा पठाइन्छ । त्यस पछि आफ्नो गच्छे अनुसारको अन्न झिकेर बाहुन पुरोहितलाई दान दिइन्छ, चेली बेटीहरुको लागि ‘रसुवड़ु (अन्नको राशबाट दानको लागि झिकिएका सानो अंश)े को लागि पनि अन्न झिकेर राखिन्छ अनि मात्रै भकारी भित्रको अन्न स्वः प्रयोगमा ल्याइन्छ । पुराना दिनहरुमा भखारी खुल्दा उत्सव जस्तै माहौल हुन्थ्यो । तर विस्तारै अब त्यो परम्परा हराउदै गइरहेको देखिन्छ । भकारी खुल्ने दिन बेलुकाको समयमा अन्न बेचेर त्यस पैसाले शुभाकाक्षाको लागि माछा किन्ने, पकाउने,खाने प्रथा भन्ने जीवित नै रहेको देख्दा हर्षानुभूति हुन्छ ।
मकर संक्रान्तिको दिन नै सूर्य उत्तरायण हुन्छन् । हुन त मानवको जन्म–मरण प्रकृतिको हातमा हुन्छ । तर उत्तरायणमा हुने मृत्युलाई मोक्षदायक मानिन्छ । महाभारतयुद्धमा सूर्य दक्षिणायन रहेको अवस्थामा मारिएर वाण शय््यामा वाणविद्ध भइ सुतेर सूर्य उत्तरायण हुने प्रतिक्षामा इच्छामृत्यु पाएका भीष्मपितामहले आप्mनो प्राण रक्षा गरेको घटना महाभारतमा स्पष्ट उल्लेख रहेको छ । धारयिष्यामहं प्राणानुत्तरायणकाङ्क्षया । ऐश्वर्यभूतः प्राणानामुत्सर्गो हि यतो मम ।। (महाभारत, भीष्मपर्व, श्लोक सं. १७६) पारम्परिक पर्वको रूपमा मनाइने यस खिचड़ीको दिन नै एक महिना सम्म चल्ने खरमासको पनि समाप्ति हुन्छ तथा यसै दिनदेखि शिशिर ऋतुको पनि आरम्भ हुन्छ ।