नेपाल पत्रकार महासंघ पर्सा शाखाको कार्यसमिति बैठक आज समपन्न भएको छ ।
बैठकले नेपाल पत्रकार महासंघ पर्सा शाखाले नयाँ सदस्यता नदिएको भन्दै आएको सामाचार प्रति आपति जनाउँदै सदस्यता लिन चाहने व्यक्तिले नेपाल पत्रकार महासंघको निर्वाचन हुनुपुर्वको ६ महिना अगाडी बाहेक जुनसुकै बेला सदस्यता लिन सक्ने प्रावधान हुदाँ हुदैपनी पर्सा शाखालाई बदनाम गराउने उदेश्यले गरिएको प्रचारबाजी कपोकोलपित रहेको जनाएको छ ।
महासंघको नयाँ सदस्यताका लागी नेपाल पत्रकार महासंघ केन्द्रिय समितिको २०७६ मंसिर २ गते गोरखामा बसेको संगठनात्मक बैठकले प्रस्ट रुपमा सदस्यताका लागी सदस्यता फारम खोली नरहनुपर्ने भनिएपनी नेपाल पत्रकार महासंघ पर्सा शाखामा हालसम्म नयाँ सदस्यताका लागी कुनैपनी निवेदन नआईकन सदस्यता दिईएन भनि आएको समाचार बदनियत पुर्वक रहेको कार्यसमितिको ठहर छ ।
यस सन्दर्भमा आजैको मितीदेखी महासंघको कार्यालयमा नयाँ सदस्यतालिन चाहने व्यक्ति स्वयमले २०७६ माघ ११ गतेभीत्र नेपाल पत्रकार महासंघको सभाहलमा निवेदन बुझाउन निर्णय गरिएको छ । केन्द्रीय कमिटिको विद्यानले निर्दिष्ट गरेको प्रमाण सहित निवेदकले रु ५ सय रुपैयाँ सहित महासंघको कार्यलयमा निवेदन दिन र यसका लागी कार्यसमिति सदस्य जियालाल साहलाई जिम्मेवारी दिइएको छ ।
यसैगरी नेपाल पत्रकार महासंघ पर्सा शाखाको २३ औँ सधारण सभामा प्रस्तुत प्रतिवेदन माथि केही असन्तुष्ट विषय माथि गठित छानविन समितिले बुझाएको प्रतिवेदनमा औल्याइएको सुझावलाई छलफल गर्दा सहयोगी दाताले दिएको सहयोग नेपाल पत्रकार महासंघको भवण निर्माणमा खर्चिएको देखिएको छ । असन्तुष्ट पक्षले बुझाएको प्रतिवेदनमा कार्यसमिति प्रति केही विषयमा पुर्वाग्राही समेत देखिएकाले विधि सम्वत कार्य गर्ने निर्णय गरिएको छ ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जाराको सभापतित्वमा समपन्न बैठकमा उपाध्यक्ष अनुप तिवारी, सचिव युवराज खड्का, सह सचिव आर के पटेल, कोषाध्यक्ष भुषण यादव सदस्यहरु संजिव मिश्रा, सफल खतिवडा, जियालाल साह, मनोज पटेल, अमित अग्रवाल, सुष्मा शर्मा, प्रणय साह, पुष्पराज तिमलशिना लगायतको उपस्थिति रहेको थियो ।