- उमाशंकर द्विवेदी दिधीचि
कमाउनु, खानु, खेल्नु, आनन्दमा रमाउनु तथा ईश्वरको भक्ति मानिसको जीवनमा स्वर्गीय आनन्दका पाइलाहरु हुन । आधूनिक मानव त एउटा विकसित प्राणी हो, निश्चयतः आज भन्दा पहिला अतीतमा मानव प्रायः जङ्गली अवस्थामा थियो, अभद्र, अविवेकी तथा चञ्चलचित्त जानवर झैं तर त्यो अवस्थामा पनि मानव प्रायः क्रिड़ा प्रिय थियो ।
कुनै पनि क्रिड़ा(खेल) प्रायः एक्लो सम्भव हुदैन । यसमा खेल्ने साथीको आवश्यकता अनिवार्य हुन्छ । आदि मानव युथद्वारा गरिने संयुक्त रूपमा जानवरको सिकार सम्भवतः पहिलो क्रिड़ा थियो । सिकार गरिने जानवरहरुलाइ पछ््याउने, वरिपरिबाट घेरेर त्यस जानवरलाइ छक्याउने, ओटमा बसेर त्यस जानवरमाथि प्रहार गर्ने मानव प्रयासलाइ विश्वकै पहिलो क्रिड़ाको रूपमा लिन सकिन्छ । सिकार गर्ने बेलालाइ सिकार खेल्ने भन्ने परम्परा नै रहेको थियो तथा अद्यापि पनि सो भनाइ कायमै रहेकोछ । सिकार क्रिड़ाको यस प्रकृयाबाट केही असाधारण प्रवृति मानव समाजमा उम्रन्थ्यो–सद्भाव, एकता, भाइचारा तथा जीवनकोलागि आवश्यक पर्ने आहार ! यही खेलको मुख्य उदेश्य हो, जो आज पनि खेल पे्रमीहरुद्वारा अनुमोदित तथा पालित रहेको देखिन्छ ।
हिन्दू धर्मका पुराणहरुमा पनि विभिन्न खेलहरुको चर्चा रहेको देखिन्छ, जस मध्ये कन्दूक–क्रिड़ा(भकुण्डोको खेल) प्रमुख छ । विशेषतः कन्दूक–क्रिड़ा आप्mनी सखी–साथीहरुसित देवीहरुद्वारा खेलिने वर्णन पाइन्छ त कतै राजाकी युवती छोरी (राजकुमारी) आप्mनी दौत्तरीहरुसित कन्दूक–क्रिड़ा गरिने घटना चित्रित रहेको पाइन्छ । युवकहरुद्वारा यो खेल खेलेको प्रसङ्ग पुराणहरुमा अप्राप्य प्रायः रहेकोछ । युवतीहरुद्वारा कन्दूक क्रिड़ा गरिएको चित्रित भए पनि यो खेल खुट्टाले वा हातले खेलिने कुरा प्रायः अस्पष्ट छ । पुराणहरुमा वर्णित कन्दूक–क्रिड़ाको अत्यन्त रोचक, सरस तथा माधुर्यले परिपूर्ण घटना समुद्र–मन्थनको बेला उत्पन्न भएकी विश्वमोहिनीले गरेको वर्णित छ जसलाइ हेरेर महादेव शङ्करजी पनि कामवेग थाम्न न सकेर विश्वमोहिनीलाइ अङ्गालो मार्न पुगेका थिए । महाभारतमा पनि एकसय भाइ कौरव र पाँच भाइ पाण्डवहरुको बीचमा जलक्रिड़ाको घटना वर्णितछ जसमा भीमलाइ कौरवहरुले छलपूर्वक विषपान गराएका थिए । पुराणहरुको विभिन्न प्रसङ्गमा जलक्रिड़ाको व्यापक उल्लेख गरिएको पाइन्छ । पुराणहरुमा लुकामारी, तेलकासा, द्यूतक्रिडा, मल्ल–क्रिड़ाको यत्र–तत्र उल्लेख रहेको पाइन्छ ।
कालान्तरमा पनि खेल–कूदको परम्परा भने कायम नै रह्यो । हाम्रो देशको विभिन्न भौगोलिक स्थानहरुमा स्थान तथा साधन अनुसार विभिन्न खेलहरु खेल्ने गरिन्थे । मदेशमा केटाहरुले गुल्ली–डण्टा, चोर–लुकौवल(लुकामारी), थाड़ी–टिक्का, कब्बडी, बाडी–बेटी, मड़वा–भतवा, घस–कटन्त, कुश्ती आदि विभिन्न खेलहरु खेल्दथे भने केटीहरुले कनिया–पुतरी, चामा–चोटी, बिछी–बिछी, डिग्री आदि खेलहरु खेल्ने गर्दथे । गुल्ली–डण्टा दुइ दलका केटाहरुद्वारा ठूलो चउरमा खेलिने खेल थियो । यो खेल केही हदसम्म आधूनिक क्रिकेटको खेलको पारामा खेलिने गर्दथ्यो । यसमा क्रिकेटको जस्तो रन बनाउने स्थानमा डण्टाद्वारा नापिने एड़ी, दोड़ी, तिलीया, चौड़ी..., आदि गरि अंक गणना गरिन्थ्यो । थाड़ी–टिक्का तथा कब्बडी भने निश्चित आकारको कोर्टमा हुने गर्दथ्यो । मड़वा–भतवा बगैंचाको रूखको हाङ्गामाथि चढ़ेर खेलिन्थ्यो ।
कुश्ती मदेशको प्रत्येक गाँउको बगैंचा वा पोखरीको डीलमा बनेको ‘अखाड़ा’मा खेलिन्थ्यो । अखाड़ामा गाँउभरिका नवजवान केटाहरु विहान–वेलूकाको समयमा भेला भइ कसरत गर्ने गर्दथे तथा कुश्ती खेल्न मन पराउने केटाहरु आप्mनो जोड़ी रोजी प्रतिस्द्र्धा गर्दथे । घास काट्न(ग¥हन) जाने किशोर–किशोरीहरु संयुक्त रूपमा घस कटन्त भन्ने खेल तथा अन्य किशोर–किशोरीहरुले बिछी–बिछी तथा डिग्री भन्ने खेलहरु संयुक्त रूपमा खेल्ने गर्दथे । निसन्देह यी खेलहरु प्रतिस्पर्धात्मक हुने गर्दथे । कोही जित्दथ्यो कोही हार्दथ्यो । जित्ने पक्षले दर्शकहरुको श्याबासी पाउदथे भन्ने हार्नेहरुले केही आर्थिक वा शारिरीक दण्ड भर्नु पर्दथ्यो । केही खेलहरुमा त जित्ने खेलाड़ीहरुले हार्ने खेलाड़ीहरुको पिठ््यूमा निश्चित संख्याको मुक्का बर्षाएर पनि खेलमा जीतको उपहार पाउदथे । यो उपहार र दण्ड दुबै पक्षकोलागि रमाइलो गराउने बिम्ब थिए । भावपूर्ण भाइचाराको प्रतिबिम्ब ! अनुशासनको भन्ने पूर्ण पालना पनि गरिन्थ्यो । यो यस्ता प्रतियोगिताहरुको सौन्दर्य थियो ।
मधेशमा त्यति बेला शिक्षाको अभाव थियो, कलकारखानाको नाम थिएन, गरिबी भनि न सक्नु खालको थियो । काम भनेको कुनै थिएन, युवायुवती तथा किशोर–किशोरीहरु फुर्सतिला थिए । दिउंसो भरि तथा अबेर रात्रीसम्म विभिन्न थरिका खेलहरु खेलेर, गीत गाएर, विभिन्न खाले बाजा बजाएर, रमाउदै समय व्यतीत गर्ने गर्दथे । दिउसो तथा रात्रीको खानामा सामुने थालमा जे जस्तो कुरा पस्की आएपछि संतोष मानेर खाने गर्दथे, आनन्दसाथ बस्दथे ।
समयानुसार परिस्थिति बदलिदै गयो । यत्र तत्र विभिन्न खाले कलकारखाना तथा उद्योग धन्दाहरु संचालनमा आउन थाले । जनसंख्या वृद्धिको कारणले जीवन यापनमा सुगमताकोलागि प्रतिस्पद्र्धाको उपस्थिती देखिन थाल्यो । खेल्ने उमेरका केटा–केटीहरु स्कूलतिर जान थाले । स्कूल जान न पाउने गरिब केटा–केटीहरु विभिन्न कार्यस्थलमा सानोतिनो काम पाएर आय आर्जन गर्न थाले । खेल खेल्ने चउर, मैदान, पोखरी, तलाउ, बगैंचा आदि मासिइन थाले ।
मदेशका केटा–केटीहरुलाइ फुर्सत र स्थानको अभाव हुन थाल्यो । जसको कारणले मदेशमा खेलिने पारम्परिक खेलहरु विस्तारै ओझेल हुन थाले । यी पारम्परिक खेलहरुलाइ आधूनिक तथा आयातीत खेलहरुले जस्तैः–पूmटवल, क्रिकेट, भोलिवल, ब्याडमिण्टन, टेनिस, जुडो÷कराटे, मार्शल आर्टस, विभिन्न किसिमका एथलेटिक्स खेलहरुले विस्थापित गर्दै गए । अझै ससाना केटाकेटीहरुको खेल जीवनलाइ हालसालै चलन चल्तीमा आएका भिडियो गेम्स, कार्टून चित्रहरु, फेसबूक आदिहरुले निकै प्रभावित पारिरहेको दृश्य समाजको सामु प्रस्ट देखिन्छ । यी पारम्परिक खेलहरु ओझेल हुदै जादा केहि समय पश्चात विस्तारै विलुप्त हुन सक्ने सम्भावना देखिन्छ जसले समाजमा एक किसिमको तिक्तता उत्पन्न गर्नेछ ।
कालचक्र परिवर्तनशील त छंदैछ–यस सत्यतालाइ स्वीकार गर्नु त पर्दछ नै !