२०५८ सालमा नै नेपाल राष्ट्रिय माध्यमिक विद्यालयबाट एस.एल.सी उत्तीर्ण गरेकी प्रेमा गुप्ताको जन्म २०४२ सालमा भएको हो । उनी उर्मिला गुप्ता र रामचन्द्र प्रसाद गुप्ताका चार सन्तान मध्येको तेस्रो सन्तान हुन् । उनको जन्म बाराको कलैयामा भएको उनले बताइन् । सन् २०१० मा भारतको कर्णाटकबाट बि.ए.सी आई.टी. (कम्प्युटर इन्जिनियर) अध्ययन गरी सुरुवातमा ए.डि.बी. को प्रोजेक्ट प्रबन्धक भई सामाजिक कार्य गर्दै आइरहेकी छन् । मध्यम घर परिवारमा जन्मिएर पनि छोरीले पनि केही गरेर देखाउनु पर्छ भन्ने कुरा प्रमाणित गरेर देखाउने उनी सफल पात्र पनि हुन् । रात दिनको मेहनत, लगनशिलता र श्रीमान्को पूर्ण सहयोगको कारण आज उनी १० जना महिलालाई रोजगारी दिन सफल भएकी छिन् । उनी अहिले प्रोजेक्ट प्रेमा एण्ड मार्ट अन्तर्गतको रोयल नेपाल तालिम केन्द्रकी संचालिका हुन् । उनै प्रेमा गुप्तासंग गरिएको कुराकानी मध्य नेपालको यस साताको अंकमा :-
१) वर्तमान समयमा उद्यमी महिलाको अवस्था कस्तो पाउँनु भएको छ ?
खासै प्रगति देखिएको छैन । अर्को कुरा स्थानीय तहंंमा महिला उद्यमी सम्बन्धी जुन कार्यक्रम चलिरहेको छ, त्यो काममा कता–कता महिलाहरु विषयान्तर भैसकेका छन् । तालिम चलाउँदा उहाँहरुलाई कार्यक्रममा के फाइदा हुन्छ । तपाईले भोली पर्सी उद्यम गर्न सक्नु हुन्छ कि हुदैन । आफ्नै दुई पैसाको आर्जन हुन्छ भन्ने कुरामा कसैलाई ज्ञान छैन । कसैलाई त्यो ज्ञान पनि बाँडिरहेको छैन । तर उहाँहरुलाई भत्ता कति छ ? खाजा छ कि छैन ? त्यसमा मात्र केन्द्रित भएको पाइन्छ । मैलै प्रदेश नं.२ को पुरै गाउँदेखि विरगंज सम्म कार्यक्रम गर्दा धेरै समस्यामा देखेकी छु । उहाँहरुलाई कुनै त्यस्तो जानकारी नै छैन झैं पाएको छु । उद्यम भनेको के हो ? उहाँहरुलाई थाहा छैन । कार्यक्रममा सहभागी भइसकेपछि मैले के गर्छु भन्ने कुरा पनि थाहा छैन । तर उहाँहरुलाई यति मात्र थाहा हुन्छ कि सीप सिक्न जादाँ भत्ता र नास्ता पाइन्छ।
२) यहाँले भन्नु भयो, भत्ता र नास्ताको लागि मात्र कार्यक्रम चलाइन्छ नि ?
प्रदेश नं. २ कै कुरा गर्ने हो भने जुन पनि कार्यक्रम आउँदा त्यो स्थायी रुपमा कार्यान्वयन हुन सकेन । साधारण लेखपढ गरेका घरबाट पनि वाहिर निस्कन गा¥हो हुने महिलालाई उद्यमी वनाउन सकिन्छ त ? महिलाहरु आफु आय आर्जन गर्न पनि असक्षम त्यसमा पनि श्रीमानको भर पर्ने । तर उहाँहरुले तपाई आए वापत तपाईले २०० रुपँैया भत्ता पाउँनु हुन्छ र एक पाकेट मिठाइ पाउँनु हुन्छ भन्ने कुराको मात्र जानकारी छ महिलाहरुलाई ।
३) यहाँको अनुभवमा कार्यक्रम आउँदा घर भित्र वसेका महिलाहरुलाई थाहा हुन्छ कि हुदैन ?
धेरै जसोलाई थाहा हँुदैन । अर्को कुरा ४ वर्षदेखि मैले यही कुरामा लागि परेको छु । तपाईहरु पहिला यसको बारेमा बुझ्नुस् । खासमा भन्ने हो भने मैले बुझाउँन हिडेको हो । मैले तालिम गराउँन हैन पहिला उहाँहरुको दिमागमा सेट भएको कुरालाई हटाउन प्रयास गर्दैछु । कि उहाँहरु बुझ्नुस् र तालिम गरेपछि के गर्न सकिन्छ ? भनी सोच्न सकुन् । सिप प्रयोग गरेर केही आर्जन गर्न बिस्तारै उद्यमी बन्न र यस्ता कुरा अरुलाई पनि सिकाउन सकियोस् । मैले त सिकाउदाँ सिकाउँदै ४ वर्ष गयो । ४ वर्षमा रिजल्ट पनि आएको जस्तो लाग्छ । ४ वर्षसम्म हाम्रोमा आउँने महिलाहरु सबै त्यस्तो नै आउँनु हुन्छ । जसलाई दुई पैसा आय आर्जन गर्नु छ । कसैलाई छोराछोरी पढाउँनु छ । कसैको आफ्नो पकेटमनि छैन ? कति जना विधवा हुनुहुन्छ । उहाँहरुलाई घर चलाउँन पनि गा¥हो भइरहेको छ । त्यस्ता महिलाहरु पनि विस्तारै आउँदै हुनुहुन्छ । हामीमा जुट्ने कार्य पनि भइरहेको छ ।
४) कम पढेलेखेका र बिहान वेलुकाको छाक टार्न पनि गा¥हो हुने महिलालाई अगाडी बढाउँन कस्तो योजना बनाउँनु भएको छ ?
हामीले के बनाएका छौ ? भने यसलाई हामीले प्रोजेक्टको रुपमा डिजाइन गरेका छौ । पहिला अंग्रेजीमा बनायौ । त्यसपछि नेपालीमा रुपान्तरण गर्नु थियो । त्यसपछि यू.एन तिर गएर हामीले ३० हजार खर्च गरेर नेपालीमा उल्थाह गरायौं । यसले स्थानीय तहलाई दिन, बुझ्न उहाँहरुलाई सजिलो होस् भनेर यो योजनाको रुपमा हामीले यसलाई डिजाइन गरेको हो । जसरी नेपाल सरकारको परियोजना राम्ररी कार्यन्वयन हुन्छ ? यसलाई परियोजनाको रुपमा डिजाइन हुन्छ । जसमा यसको बजारीकरण, सामान उपलब्ध गराउँने, कच्चामाल मगाउँने, बेच्ँने । सबै कामहरु गर्ने तरिका सिकाइन्छ । एउटै छानामुनि कसरी हुन्छ ? जहाँ महिलाहरु आएर खाली बनाउँने ? उहाँहरुले घर घरमा लगेर बेच्ँन नपरोस् । बजार यहाँ नै आइपुगोस् । त्यसको सबै योजनाहरु डिजाइन गरिन्छ । यसको नाम प्रोजेक्ट प्रेमा एण्ड मार्ट राख्यांै । त्यसलाई हामीले सबै स्थानीय तहमा दियौ । तर खासै उँहाहरुलाई रुची भएको जस्तो देखिएन । अहिले यसको समय नै आएको छैन जस्तो लाग्छ ।
५) यहाँले जुन योजना डिजाइन गर्नु भयो, त्यो कार्यान्वयन भइरहेको छ ?
योजना पूर्ण रुपले बन्यो । पहिला कच्चा सामान ल्याउनु प¥र्यो । त्यसपछि बनाउनु प¥यो । बनाउनलाई उहाँहरुलाई तालिम गराउनु पर्छ । तालिम गराएर दक्ष बनाउनु पर्छ । त्यसपछि उहाँहरुले बनाएको सामानलाई बजारमा लगेर बेचिदिनु पर्छ । मार्केटसंग समन्वय गरायो । त्यपछि जुन उँहाहरुको पैसा आउँछ । त्यो पैसालाई पिस रेटमा हो कि तलबमा हो कि, त्यो सबै काम जसलाइ भनिन्छ मूल्य चक्र बनाएर फाइनल गर्नु पर्छ ।
६) यस संस्थाको स्थापना गर्नुको उद्देश्य के हो ?
यसको एउटा मात्र लक्ष्य छ । महिला उद्यमी धेरैभन्दा धेरै बनाउने । उहाँहरु आफ्नो खुट्टामा उभिउन् । प्रदेश सरकारले जुन अभियान चलाएका छ बेटी पढाऊ बेटी बचाऊ’ त्यो सार्थक होस् । तर हामीले लेखेका छांै बेटी बचाऊ हैन ? छोरीहरुको आमा बचाऊ अभियान हो । पहिला आमा बच्नु भयो भने छोरी बच्छन् । आमाहरुको तालिम लिएर आफ्नो सानो व्यवसाय गरेर हातमा केही पैसा आउँनु प¥यो । आमा बलियो हुनु पर्यो । अनि बल्ल आमाहरुले छोरी बचाउन सक्नु हुन्छ ।
७) यो व्यवसाय तर्फ आउँन प्रेरित कसरी हुनु भयो ?
कार्यक्रम त गरिरहेका थियौं । मेरो श्रीमान्ले पनि यस्ता कार्यक्रम चलाइरहनु हुन्थ्यो । तर यो कार्यक्रम चित्त बुझ्दो थिएन । यो कार्यक्रमको पैसा बालुवामा पानी पटाएको जस्तो लाग्थ्यो । यदि यहि पैसा एकै ठाउँमा दिएर तालिमहरु संचालन गरियो भने राम्रो हुन्थ्यो । ५० जना महिला सधैको लागि उद्यमी बन्न सक्छन् । त्यो भएर म श्रीमान्संग जुट्दै जाँदा अगाडी बढ्दै गयौं ।
८) यहाँले अहिले सम्म स्थानीय तहबाट के–कस्तो सहयोग पाउँनु भएको छ ?
स्थानीय तहमा त काम भैरहेको छ । नेपाल सरकारबाट आएको कार्यक्रम जनतासम्म सहज ढंगले पुग्न सकेको छैन । हामीले भने सोझै सर्वसाधारणलाई केन्द्रमा राखेर काम गरिरहेका छौं । तर पनि स्थानीय तहबाट हामीलाई साथ सहयोग भएको छैन ।
९) अहिले जुन उद्यमी महिलाहरुको लागि ऋण उपलब्ध भएको भनिन्छ नि त्यसमा पर्नु भएको छ ?
महिला उद्यमी कर्जाभन्दा मलाई बडो हाँसो लाग्छ । हामीले वाणिज्य बैंक र नेपाल बैंकमा ऋणको लागि डकुमेन्ट प्रकियामा लगाएको थियो । तर त्यसको कुनै सुनुवाइ भएन । उहाँहरु आएर अवलोकन गरेर पनि गइसकेका छन् । तर त्यहाँबाट आउँने या नआउने कुरा नै थाहा भएन । बैंकको व्यक्तिहरुलाई नै थाहा होला । किन नभएको ? भनाई मात्र भयो । पर्सा जिल्लाबाट जो ब्याग बनाउनु हुन्छ उहाँको ऋण स्वीकृत भयो । उहाँभन्दा पहिले मेरो फाइल अगाडी नै गएको थियो । तर मेरो भने भएन । र पनि पर्खाइको फल मिठो हुन्छ ? भनी बसेकै छौं ।
१०) यहाँ विगत ४ वर्षदेखि सामाजिक कार्य गर्दै सफल महिला उद्यमीको रुपमा अगाडी बढ्दै हुनुहुन्छ । कस्तो महसुस गरिरहनु भएको छ ?
म सफल भएको जस्तो लाग्छ । किन भने यहाँ काम गर्ने बहिनीहरु घरमा नै सिमित हुनुहुन्थ्यो । सिक्ने क्रम थियो । ज्ञान केहि थिएन । पहिला हामीले इन्र्टनशिपमा राख्यांै । अहिले पनि त्यसैमा हुनुहुन्छ । पछि तलब बेसमा राखेका छौ । यस्तो धेरै महिला हुनुहुन्छ । हामीले यही १० जना महिला रोजगारीमा दिएका छौ । यहाँ ५ जना तलब बेसमा हुनुहुन्छ । ५ जना पिस रेटमा हुनुहुन्छ । बाँकी चाहि म सिक्छु, बनाउछु भनेर तालिम लिन आइरहनु भइरहेको छ । ३ महिना हात बसिसकेपछि उहाँहरुलाई पनि यही रोजगारी दिनेछौ । म खुशी छु ।
११) यहाँलाई बजारीकरण गर्न गा¥हो छैन ?
अहिले त ठिकै छ । हरेक प्रोगाममा डल, कुसन, सजावटको सामान दिने हुदाँ सजिलो छ । होलसेल व्यपारी आफै आउँनु हुन्छ । पहिला त बजारमा सामान लिएर जाँदा ५० रुपैँया लागत पर्छ भने १० रुपैँया मुल्य लगाइ दिने । प्रायः हाम्रो मारवाडी समुदायको व्यपारीहरु धेरै नै हुनुहुन्छ । उहाँहरुले एकदमै कम मूल्यमा झारी दिनु हुन्छ । उहाँहरुको भनाइ त यो दिल्लीबाट एकदमै कम मूल्यमा पाइन्छ । तर महिलाले बनाउनु भएको छ, यो पैसा त्यही महिलाहरुको हातमा जान्छ, घर परिवार चल्ने हो भन्ने सोच खासै छैन । क्वालिटी राम्रो दिन्छुभन्दा पनि खासै उहाँहरुको रुची देखिन्दैन ।
१२) अन्त्यमा यहाँ जस्तै सफल उद्यमी बन्ने महिलालाई के भन्नु हुन्छ ?
पर्सा जिल्लाकै महिलालाई म यही भन्छु कि पहिला मैले बनाउँदा यो खेलौना के काम भन्थे । यो विक्री वितरण हुने पनि होइन । केही हुन सक्दैन । तर त्यही अब उहाँहरुको सोचाई आफै परिवर्तन हुदै गइरहेको छ ।
मैले के देखे भने एउटा कुरामा चाहि लागि पर्नु प¥यो । हतास नखानु होला । ४ दिन चलेन या ६ महिना चलेन भन्दैमा बीचैमा छोडी दिनु पनि भएन । सुरुवात मै ठूलो नै व्यवसाय सञ्चालन गर्नु पर्छ भन्ने पनि छैन । सानोबाट पनि सुरुवात गर्न सकिन्छ ।