मध्य नेपालको चितवनमा जन्मिएका सौरभ शर्मा अब सौरभ शर्मा मात्र रहनेन् । मेडिकल शिक्षाको अध्ययन पछि अहिले उनी डा सौरभ शर्मा भइसकेका छन् । नेपाल मेडिकल कलेज जोरपाटीबाट एमबीबीएस र अल इण्डिया इन्स्टिच्यूट मेडिकल साइन्स नयाँ दिल्लीबाट एमएस गरी विगतमा वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पताल हुँदै हाल वीरगंज परवानीपुर स्थित नारायणी ब्योधा हस्पिटलमा कार्यरत छन् । उनी ल्याप्रोस्कोपिक, बारियट्रिक सर्जन डाक्टर हुन् । विश्वव्यापी समस्या बनेको मोटोपन पूरै चर्चा र चिन्ताको बिषय बनेको छ । मोटोपन आफैमा समस्या होइन । यो व्यक्तीको जीवनशैलीको कारण समस्या बनेर आउने गरेको छ । दैनिक खाने खानामा व्यालेन्स नमिल्दा शरीरको तौल बढेसँगै अनावश्यक रुपमा शरीरको शुन्दरतालाई समेत विगार्ने गर्दछ । विश्व स्वास्थ्य संगठनको २०१४ मा जारी गरेको एक आँकडा अनुसार विश्वमा ६०० मिलियन अर्थात ६० करोडभन्दा धेरै मानिस मोटोपनको शिकार बनेका छन् । अत्याधिक मोटो मानिस केही विरामीको खतरामा पर्न सक्छन् । तर सामान्य मोटोपनले यस्तो कुनै खतरा पैदा नगर्ने नारायणी वयोधा हस्पिटलमा कार्यरत डा. सौरभ शर्मा बताउँछन् । उनै डाक्टर सौरभसँग यसै सन्दर्भमा केन्द्रित रही गरिएको कुराकानी मध्य नेपालको यस अंकमा :-
१) मेडिकलको भाषामा मानिसमा हुने मोटोपनको वर्गीकरण कसरी गरिन्छ ?
मोटोपन वर्गिकरण गर्ने धेरै विधि छन् । तर सरल भाषामा हरेक व्यक्तीले वुझ्ने र हिसाव गर्न सजिलो हुने पद्धति भनेको मोटामोटी मान्छे ५ फिट अर्थात ६० इन्चको छ भने उसको तौल हुनुपर्ने ६० किलो वरावर हो । मानौ ६ फिट अर्थात ७२ इन्चको छ भने ७२ केजी र त्यो भन्दा माथी छ भने विशेष वढी भयो । यदी ६ फिटको व्यतिmको तौल १०० केजी छ भने २८ किलो उसको तौल वढी भयो । हिसाब गर्ने अरु तरिका पनि छ । वैज्ञानिक हिसाबले जति इन्च छ त्यति नै किलो हुनुप¥यो । त्यो भन्दा बढि भएमा मोटोपन भनिन्छ ।
२) मोटापन भइसकेपछि हुने वेफाइदाहरु के के छन् ?
मेटापन भइसकेपछि वेफाइदाहरु छ त पहिला शारिरिक क्रियाकलापमा नै अलिकति कम हुन जान्छ । साधारण काम जस्तै निहुरेर जुताको तुना लगाउन समेत गा¥हो हुने । घुँडा दुख्ने, ढाड दुख्ने, हिडदा स्वाँ स्वाँ हुने गर्दछ । मोटोपनको कारणले ब्लड प्रेशर वढ्ने हट्अट्याक हुने सम्भावना धेरै छ । मोटापन कै कारणले राती सुत्दा घुर्ने त्यसको कारणले फोक्सोमा असर गर्ने हुन्छ । डाडजोर्नी दुख्ने वा मोटोपनमा क्यान्सरका सम्भावना अत्यधिक बढी हुन्छ । जस्तै महिलाहरुमा छाती क्यान्सर आन्द्रामा क्यान्सर हुन्छ ।
३ ) नेपालमा जनचेतना जगाँउन के सल्लाह दिनु हुन्छ ?
विशेष गरी हामी भन्दा अघिल्लो एक पुस्तामा मोटोपन भनेको धनी सम्पन्न खानपिन राम्रो भएको मान्छे भनिन्थ्यो । एउटा इज्जतको रुपमा राखिन्थ्यो । तर विस्तारै विस्तारै व्यहिहरुले आफनो शरिरको ख्याल राख्नु पर्छ भन्ने पनि चेतना आइ सक्यो । खासमा बढि तौल स्वास्थको लागि राम्रो कुरा होइन । हरेक मानिसले आफ्नो उचाइ अनुसारको तौल राख्ने, खानपानमा ध्यान दिने, शारिरिक व्यायामहरु गर्ने कम्पतिमा पनि हरेक दिन आधाघण्टा हिड्ने क्रम दैनिक हुनु पर्छ । यसले मानिसको तौल मात्र नभएर समग्र शरिरको स्वास्थको अवस्था पनि सुदृढ बन्छ ।
४) तौल वढ्दै गएपछि विभिन्न किसिमको उपचारको विधि पनि होला । नेपालमा कहाँ कहाँ उपचार हुन्छ ?
मेटोपनमा एउटै किसिमको उपचार हुदैन । कुनै मोटोपनको उपचार कसरत र खानपिनको नियन्त्रणवाट घटाउन सकिन्छ । अधिक मोटोपन कसरतवाट नघटने र त्यसको लागि अपे्रसन बाट घटाउन सकिन्छ ।
BMI 40 भन्दा माथि मोटापन भएको मानिस आम मानिस भन्दा १० वर्ष कम बाँच्दछ । तिनीहरुलाई साधारण विधिवाट नियन्त्रण गर्न सकिएन भने अप्रेसन ग¥यो भने मोटा व्यक्तिलाई फाइदा हुन्छ ।
५) नेपालमा कहाँ कहाँ उपचार हुन्छ । यसको पद्धति के छ ?
मेटापनको चेतना पनि छैन धेरैलाई । अप्रेसन नै गरिहाल्नु पर्छ मोटो त हो नि भन्ने पनि सोच धेरैमा छैन् । मोटो मान्छे ४० द्यःक्ष् भन्दा माथि ब्लड प्रेसर सुगरका विरामी हुने अधिक सम्भावना हुन्छ । ३५ द्यःक्ष् भन्दा माथि भयो भने अप्रेसनवाट आयु लम्बेको देखिन्छ । यसको अरु फाइदा पनि छ । घुर्ने , जोनिहरु दुख्ने, ढाड दुख्ने शरीर दुख्ने तथा नकारात्मक असर देखिने समस्या अप्रेसन पछि ठिक हुन्छ । काठमाण्डौमा २ ठाउँमा अप्रेसन भएको छ । यो अप्रेसन सफल भएको नै मानिन्छ । हाल वीरगन्जमा नारायणी वयोधा हस्पिटलमा यसको उपचार हुने गर्दछ ।
६) अपरेशनको उपचार खर्च कत्ति खर्चिलो छ, अपरेशन पछि घट्छ त तौल ?
अपरेशन (सर्जरी) गरेर चाहिने भन्दा माथि कति तौल छ, त्यसको ७० देखि ८० प्रतिशत तौल कम हुन्छ । ७२ किलो हुनुपर्ने मान्छे १०० किलो भयो भने उसको तौल २८ किलो बढी भएको छ । त्यसको ७० देखी ८० प्रतिशत कम हुन्छ । उसको २४ देखी २५ किलो तौलघट्दा हामी विमारीलाई ७४ देखी ७५ किलोमा तौल आउँछ भनेर सम्झाउछौ । तर आम भन्नु पर्दा तौल १ डेढ वर्षमा ७५/७६ मा आउँछ । अप्रेसन गर्ने वितिकै तौल घटने हैन । हरेक महिना ४ किलोदेखि ६ किलोसम्म घटदै जान्छ । १ देखि डेढ वर्षमा ७५—७६ किलोमा आएर बस्छ । एकचोटी अप्रेसन गरिसकेपछि ४—५ वर्षमा त्यतिकै रहन्छ । तर विरामीले खानपिनमा ध्यान दिएन भने जुन हामीले सानो पेट वनाएका छौ । त्यो विस्तारै बढदै जान्छ ।
७) सर्जरी गर्दा कति समय र उपचार खर्च कति लाग्छ ?
सर्जरी गरेको पर्सी पल्ट हामीले डिस्टार्ज गछौ । भोलीपल्ट झोलिलो प्रदार्थ खान पिउन दिन्छौ । त्यो पछि विस्तारै विस्तारै खाना वढाउदै जाने हो । विमारीले धेरै खान सक्दैन । उसलाई मल्टि भिटामिनहरुमा लामो समय सम्म राख्नुपर्छ । किनभने खाएको खानवाट आउने भिटामिन प्राप्त हुदैन । अप्रेसन खर्च भारत तिर गर्दा ३ लाख पचास हजार भारतिय रुपैया लाग्छ । अहिले नेपालमा यो सुरुवात गर्ने हिसाबले २ लाख पचास हजार देखी ३ लाख सम्म लाग्छ । यसमा चाहि सामानहरु नै महंगो पर्दछ । पेट काट्न आधुनिक उपकरण प्रयोग हुन्छ । त्यसैले यसको अप्रेसन महंगो पर्दछ । अप्रेसन गरिसकेपछि विरामीलाई के—के खाने, कति समयमा खाने, कति खाने भनेर डाइटिसियनको सुविधा भएकोले उनीहरुले नै काउन्सेलिङ्ग गर्दछन् ।
९) घातक मोटापन नियन्त्रणका लागि के गर्नु पर्छ ?
विद्यालय स्तरदेखि नै वालवालिकालाई शारिरीक अभ्यास तथा दैनिक व्यायाम गर्ने वातावरण सृर्जना गरे व्यायामले शरीरलाई तन्दुरुस्त बनाउनुका साथै शरीरको तौललाई सन्तुलनमा राख्न मद्दत गर्दछ । जवसम्म आफ्नो तौल घट्दैन चामलको भात र चिनी कम भन्द कम प्रयोग गर्नु पर्दछ । किन कि चामलको भात र चिनीमा कति मात्रमा कार्वोहाइड्रेट हुन्छ । जसले गर्दा मोटोपन पेट बढ्न मद्दत गर्दछ । जंकफुड नखाने ।
तेलमा तारेको खानेकुराहरु समोसा, चाउमिन लगायत, मःमः ब्रेड यी खानेकुराहरु बढी क्यालोरी भएकोले मोटोपन बढाउन मद्दत गर्ने भएकोले यी खानेकुरा बाट टाडै रहनु पर्दछ ।