आँखा हाम्रो संवेदनशिल अंग हो । त्यसैले हामीले हाम्रो आँखाको निकै हेरविचार गर्नुपर्छ । मौषम परिवतर्न र वातावरणले आँखामा असर पारिरहेको हुन्छ । चियो बढेसंगै आँखामा विभिन्न किसिमका समस्याहरु देखा पर्दछन् । यो साता हामीले चिसोमा हुने आँखाको समस्या र यसको समाधानको बारेमा किरण आँखा अस्पतालका संचालक एवम् नेत्र रोग विशेषज्ञ डा. अमर क्यालसंग आँखा रोगहरु र उपचारका बारेमा गरेका बिशेष कुराकानी :
१) जाडो मौषममा आँखामा कस्ता प्रकारका समस्याहरु देखिने गर्दछन् ?
मौषमको फेरबदलले आँखामा विभिन्न किसिमका संक्रमण हुने गरेको पाइन्छ । खास गरी जाडोमा सुख्खा तथा चिसो हावाको कारण आँखा सुख्खा हुने गर्दछन् । सडकमा भएका धुलोधुवा आँखामा परेर पनि थप समस्याहरु आइपर्दछन् । त्यसैले यो मौषममा आँखा पोल्ने, सुख्खा हुने, आँखामा कचेरा लाग्ने, आँखा सुनिने जस्ता लक्षणहरु देखा पर्न सक्छन् ।
२) यस्ता रोगबाट बच्न कस्ता उपायहरु अपनाउँन सकिन्छ ?
यो मौषमको कारणले हुने हुँदा हामीले सानो–सानो कुरामा ख्याल राख्नु पर्दछ । यस्तो समस्याबाट बच्न सकिन्छ । जाडोमा चिसो हावाका कारण आँखा सुख्खा हुने हुँदा आँखाको लागि आइड्रपको प्रयोग गर्नु पर्छ । यसले आँखामा सुख्खा हुन दिदैन । त्यस्तै हामीले प्रशस्त मात्रामा पानीको प्रयोग गर्नु पर्छ । आँखालाई सुख्खा हुन नदिन पानीको प्रशस्त प्रयोग गर्नु पर्छ । त्यस्तै हामीले बाहिर हिड्दा सनग्लासको प्रयोग गर्दा पनि आँखामा हुने सुख्खा पनाबाट बचाउन बल मिल्छ । त्यस्तै हामीले प्रशस्त मात्रामा पानीको प्रयोग गर्न विर्सनु हुन्न । आँखालाई सुख्खा हुन नदिन पानीको प्रशस्त प्रयोग र बाहिर हिड्दा सनग्लासको प्रयोग गर्नाले पनि सामान्य आँखामा हुने समस्याबाट बच्न सकिन्छ ।
३) यो मौषममा कस्ता किसीमका आँखाका बिरामीहरु अस्पतालमा बढि आउने गर्छन् ?
अहिलेको मौषम धान गहुँ काट्ने समय भएकोले खेतमा काम गर्ने व्यक्तिहरुमा धान वा गहुँको पत्ताले आँखा घोच्ने सम्भावना बढी हुन्छ । जसका कारण आँखामा घाउ हुन्छ । यस्तो भएको खण्डमा तुरुन्तै आँखा विशेषज्ञ कहाँ गई आँखाको जाँच गराउनु पर्छ । तर कत्तिले नजिकैको औषधी पसलमा गई बेट्नर नामको औषधी आँखामा हाल्ने गरेको पाइन्छ । यो औषधी सस्तोमा त पाइन्छ । तर यसो गर्नु राम्रो होइन । पसललेलाइ पनि राम्रो जानकारी नहुने भएकोले यस्तो औषधी दिइरहेका हुन्छन् । तर यो औषधी शल्यक्रिया पछि प्रयोग गरिने औषधी भएको हुनाले शल्यक्रिया गरेका व्यक्तिहरुका लागि रामै्र भए पनि साधारण घाउ भएको आँखामा यसको प्रयोगले घाउलाई अझ बढाउने काम गर्छ । जसको कारण पछि गएर आँखा नदेखिने पनि हुन सक्छ । हामी कहाँ त्यस्ता कति बिरामीहरु आउँछन् । समयमै आउँदा त्यो चोट सजिलै निको पार्न सकिनछ । तर ढिलो भएमा बढी खर्च लाग्नुका साथै धेरै समस्याहरु पनि देखा पर्दछन् । त्यसैले आँखामा कुनै पनि समस्या देखिएको खण्डमा आँखा विशेषज्ञ कहाँ तुरुन्त जचाउँनु पर्छ ।
४) आँखाको उपचार कत्तिको खर्चिलो छ ?
आँखाको उपचार खर्चिलो छैन । जटिल उपचार बाहेक साधारण उपचार २४० मै हामीले सेवा उपलब्ध गराएका छौ । यदि चश्मा, औषधी लिनु नपरेमा २०० भित्र सबै उपचार सकिन्छ । अहिले त नेआँखा
५) अन्त्यमा आँखा रोगीहरुको लागि तपाई के सुझाव दिनु हुन्छ ?
अहिले हामीले प्रोसेसी भन्ने नयाँ सेवा सुरु गरेका छौ । यसमा कसैको आँखामा चोट पटक लागेको छ र उसले एउटा आँखाले देख्न सक्दैन भने हामीले उसको आखाँको हुबहुँ अर्को आँखा बनाइ दिन्छौ । त्यो आँखा कस्मेटिक परपसको लागि मात्रै हो । त्यसले देख्दैन । तर मान्छेले हेर्दा सक्कली आँखा जस्तै देखिन्छ । यो आँखा अर्को आँखा जस्तै यताउता घुमाउन सकिन्छ । यो एकपटक लागाएपछि निकालिरहनु पर्दैन । ६–६ महिनामा एक पटक चेकअपको लागि आए पुग्छ । पहिला यो प्रविधि थिएन । तर बिस्तारै अहिले केही आँखा अस्पतालहरुमा यस्को सुविधा छ । यो अलि खर्चिलो चाही छ ।