होटल तथा पर्यटन व्यवसाय संघको प्रथम भेलाले बुद्धि प्रसाद पन्तको अध्यक्षतामा जिल्ला तदर्थ समिति गठन गरिएको छ ।
वीरगंजको होटल कन्ट्री ईनमा समपन्न प्रथम भेलाले सर्वसहमतीमा होटल तथा पर्यटन व्यवसाय संघको तदर्थ जिल्ला कार्यसमिति गठन गरिएको हो ।
कार्यक्रममा कार्यक्रमका प्रमुख अथिती पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले निर्वा्चित पदाधिकारीहरुलाई फुलमाला अविर लगाई बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रममा बोल्दै पर्यटन पत्रकार संघ पर्साका अध्यक्ष शंकर आचार्यले वीरगंजमा पर्यटन लोभ्याउने किसिमको व्यवस्थापन होटल व्यवसायीले अबको दिनमा गर्नुपर्नेमा जोड दिएका थिए । प्रदेश नम्बर २ मै सबै हिसाबले बढी सेवा सुविद्या र सहज उपलब्ध हुने होटल वीरगंजमा रहेकाले होटल व्यवसायीहरुले अब त्यस्तै खालका प्याकेज ल्याउनु पर्ने बताएका थिए । पर्यटन पत्रकार संघले वीरगंजलाई पर्यटनको क्षेत्रमा विकास गर्न सक्दो प्रयास गरीरहेको उनको भनाई थियो ।
यस्तै कार्यक्रममा माउन्टेन टेलिभिजनका पत्रकार महेश दासले वीरगंजको होटल व्यवसाय अझै पनि परम्परागत शैलीमा सेवा दिइरहेकोले होटल व्यवसायसंगै पर्यटन व्यवसाय फस्टाउन नसकेको बताए । उनले समृद्ध नेपाल सुखी नेपालीको उद्देश्यलाई पुरा गर्न होटल तथा पर्यटन व्यवसायले समेत परम्परागत शैली छोडेर आधुनिक सेवा विस्तार तर्फ लाग्नुपर्नेमा जोड दिएका थिए । माउन्टेन टेलिभिजनका पत्रकार महेश दासले वीरगंजको होटल व्यवसाय अझै पनि परम्परागत शैलीमा सेवा दिरहेकोले होटल व्यवसायसंगै पर्यटन व्यवसाय फस्टाउन नसकेको बताउनुभयो । उहाँले समृद्ध नेपाल सुखी नेपालीको उद्देश्यले पुरा गर्न होटल तथा पर्यटन व्यवसायले समेत परम्परागत शैली छोडेर आधुनिक सेवा विस्तारमा तर्फ लाग्नुपर्नेमा धारणा राखेका थिए ।
यस्तै कार्यक्रममा उधोग बाणिज्य संघका कार्यवाहक अध्यक्ष गोपाल केडीयाले सम्पुर्ण होटल व्यवसाय चनाखो हुन जरुरी रहेको बताएका थिए । होटलमा ग्राहकलाई दिईने सेवा सुविधामा ध्यान दिदै मुस्कान सहितको सेवा प्रदान गर्न आग्रह गर्नुभएको थियो ।
यस्तै पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले वीरगंजमा कोही ग्राहकलाई बास बस्नुपर्दा होटलमा गरीने ग्राहकसंगको व्यवहारले समेत सिंगो वीरगंजलाई अरु माझ चिनाउने भएकोले त्यसप्रती ध्यान दिन आग्रह गर्नुभयो । उहाँले सबैभन्दा बढी अपराधीक गतिविधीको योजना होटलहरुमा नै बन्ने गरेकोले त्यसप्रती सचेत हुन आग्रह गर्दै आवश्यक परेको खण्डमा कुनै पनि बेला प्रहरी प्रशासनलाई सम्पर्क गरीदिए सुरक्षामा समेत सहयोग पुग्ने बताउनुभएको थियो ।
अज गठित समितिमा वरीष्ठ उपाध्यक्ष रचेन्द्र सिँह थापा, उपाध्यक्ष क्षेत्र बहादुर श्रेष्ठ, कोषाध्यक्ष पुष्पलाल श्रेष्ठ, सचिव माधव बस्नेत, सहसचिव प्रकाश पाठक, सदस्य कुनाल श्रेष्ठ, प्रकाश श्रेष्ठ, संदिप बस्नेत, मनोज सरार्फ, सुनिल थापा, सुरेश सरार्फ, नरेन्द्र मोक्तान, प्रमोद थापा लगायत रहेका छन् । यस्तै संरक्षकमा दिपमान श्रेष्ठ, पशुपती विक्रम साह, सल्लाहकारमा सुरेश श्रेष्ठ, मोहन प्रधान, जगरनाथ साह, विनोद चौधरी, तबरेज आलम, विष्णु उप्रेती, पंकज सरार्फ लगायत रहेका छन् ।
होटल तथा व्यवसाय संघ पर्साका नव निर्वा्चित अध्यक्ष बुद्धि प्रसाद पन्तले कार्यक्रममा आएका सल्लाह सुझाव अनुसार अगाडी बढ्ने प्रतीबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा आर्थिक पत्रकार संघका सदस्य पत्रकार क्रान्ति साह, निरज पिठाकोटे, सुरेश विडारी तथा होटल व्यवसायीहरुको उपस्थिती रहेको थियो । कार्यक्रम हिमाल होटलका संचालक जगरनाथ प्रसाद कलवारको अध्यक्षतामा समपन्न भएको थियो ।