अधिवक्ताः कमलमोहन पोखरेल
यो आलेख लेख्दा सम्म नोभल कोरना भाइरस (COVID -19) विश्वभरका १९९ भन्दा बढी देशमा फैलिसकेको छ । कम्तीमा २० हजार मानिसको यसैको संक्रमणका मृत्यु भइसकेको छ । कुनै देशमा सक्रमण अत्यधिक छ भने कुनै देशमा कम । कतै संक्रमण नियन्त्रणको क्रममा छ भने कतै फैलिरहेको छ । हाम्रो देशमा अहिले सम्म ३ तिन जना सक्रमित भएको समाचार सार्वजनिक भएको छ । त्यसैले विश्व अहिले कोरना भाइरस सँग लडिरहेको छ । यसलाइ नियन्त्रण गर्न सबै जसो मुलुकहरु उच्चतम प्रयास गरिरहेका छन् । यद्यपी यसको उदगम स्थल भनिएको चिनको हुवान शहरमा भने लगभग यो नियन्त्रणमा आएको समाचारहरु आइरहेका छन् ।
कोभिड -१९ को चेपटामा विश्वका जुनसुकै मुलुक आउन सक्ने भएकाले विश्व स्वास्थ संगठनले यसलाइ विश्वव्यापी महामारीको रुपमा घोषणा गरिसकेको छ । यो भाइरसले सामान्य रुवाखोकी देखी गंभिर प्रकारको तिव्र श्वासप्रश्वास संक्रमण भइ मानिसको ज्यान जान्छ । यो 2019− COV भाइरस पशुहरुबाट मानिसमा प्रसार भइ हाल मानिसबाट मानिसमा संक्रमण फैलिदै गएको पुष्टी विश्व स्वास्थ संगठनले गरेको छ । पछील्लो समयमा यो एकदमै छीटोछीटो फैलदै गएको देखिएको छ । विश्वको महाशक्तीशाली राष्ट्र अमेरिका समेत यसको चपेटामा आइसकेको छ । मुख्यतः यो रोग नियन्त्रण गर्ने मुख्य उपायको भनेको मानिसहरुका विचमा हुने सम्पर्क बन्द गर्नु हो भन्ने निष्कर्शमा पुगेर विश्वका धेरै मुलकका सरकारले आम नागरिकहरु लाइ सेल्फ क्वारेन्टाइनमा बस्न अनुरोध गरेका छन् । त्यसका निम्ती कुनै देशले मुलुकभर र कुनै देशले आफनो मुलकको निश्चित क्षेत्र तोकेर लक डाउनको घोषणा गरेका छन् । अहिले विश्वको ध्यान यो रोग नियन्त्रणमा रहेको छ ।
एक व्यक्तिबाट अर्को व्यक्तीमा सर्ने भनिएको यो भाइरस कति छीटो सर्छ र कस्तो व्यक्तीलाइ सर्छ भन्ने ठोस तथ्य आजसम्म डाक्टरहरुले सार्वजनिक गरिसकेका छैनन, तर १४ दिन भित्र यसको प्रभाव देखिने भनिएको छ । यो रोगका बारेमा धेरै कुरा पत्ता लगाउन बाँकी भएपनी यसबाट जोगिनका लागी विशेष गरी बेला बेलामा सावुन पानिले हात धुने, हात नमिलाउने, अंकमाल गर्ने, जे पायो त्यही नछुने, नधोएका हात मुख आँखा नाकमा नलाने , रुवाखोकी लागेको मानिसको नजिक नजाने, यो रोगको आशंका देखिएमा तत्काल स्वास्थ संस्थामा चेकअपका लागी जाने हो भने यो रोगको संक्रमण फैलिन पाउँदैन । हाम्रो मुलकमा कोरना संक्रमित व्यक्ती फेला परेपछी सरकार संबेदनशिलताका साथ अगाडी बढेको देखिन्छ । यस्मा निम्ती अब जनताको सहयोग समर्थन अत्यावश्यक छ ।
कोभिड −१९ सक्रामक रोग भएको हुँदा यो रोग फैलिने सम्भावना देखिएमा वा फैलिएमा सरकारले रोकथाम वा निर्मुल गर्नका लागी आवश्यक कारवाही गर्न सक्ने र सर्वसाधारण जनता वा कुनै व्यक्तीहरुको समुह उपर लागु हुने गरी आवश्यक आदेश जारी गर्न सक्ने व्यवस्था संक्रामक रोग ऐन २०२० मा व्यवस्था गरेको छ । सोही बमोजिम सरकारले मुलक भर कायम हुने गरी लक डाउनको घोषणा गरेको छ । सरकारले जारी गरेको आदेश अपहेलना गर्ने व्यक्तीलाइ १ महिना सम्म कैद वा रु १०० जरिवना वा दुबै सजाय हुने व्यवस्था सोही कानूनमा रहेको छ ।
सरकाले कोभिड −१९ नियन्त्रणका लागी लक डाउन घोषणा गरेर मात्र पुग्दैन । भाइरस पहिचान गर्ने व्यापक रुपमा नागरिकको स्वास्थ परिक्षणको ल्याव टेस्ट गर्नु अनिवार्य छ । यसका लागी पहिलो चरणमा तत्कालै कम्तिमा ७ वटा प्रदेशमा एक एक वटा प्रयोगशाला संचालनमा ल्याइ आवश्यक PPE लगायतका अन्य परिक्षणका लागि चाहिने किट एवं औषधी व्यवस्था गर्नु पर्छ । यो सँग सँगै आइसोलेसन वेडहरु, कोरना संक्रमितलाइ उपचार अस्पतालको समेतको उपयुक्त व्यवस्था मिलाउनु पर्छ । यसका लागी सरकार प्रयासरत पनि देखिन्छ । अर्को तर्फ लक डाउन सँगसँगै मुख्य रुपमा दैनिक रुपमा ज्यालादारी गरेर जिवन निर्वाह गर्ने विपन्न एवं न्यून आय भएका नागरिकको दैनिक आधारभुत आवश्कयताको परिपुर्तिको दायित्व पनि राज्यको हो भन्ने भुल्न मिल्दैन । सरकारको आदेशलाइ मानेर बस्दा कोही पनि व्यक्ती आधारभुत आवश्यक्ताबाट बन्चित हुन नपरोस भन्ने तर्फ विशेष गरी स्थानीय सरकारहरु अत्यन्त संवेदनशिल देखिनुपर्छ । अहिले सम्मको अवस्था हेर्दा स्थानीय सरकारहरुले स्थानीय आवश्यकता सम्बोधन गर्ने तर्फ ठोस पहल गर्न सकिरहरेको देखिदैन ।
नागरिक प्रतिको राज्यको दायित्व पुरा गर्नु पर्ने चुनौती संघिय र प्रदेश सरकार सँगसँगै स्थानीय सरकारहरु सँग पनि भएकाले सो अनुरुपको काम भएको हर्ने अपेक्षा हरेक नागरिकको छ । जति सुकै कठिन अवस्था भएपनी आम नागरिकको मौलिकहकको प्रत्याभुति गर्ने दायित्व भएको सरकार यो वा त्यो वहानामा उम्कन मिल्दैन । त्यसैले कोरना रोकथाम सँगसँगै नागरिकका आवश्यक्ता परिपुर्ति तर्फ पनि राज्य गंभिर बन्न सक्नुपर्छ । तत्काल जनताले राज्यको दायित्वको प्रत्याभुतिको महशुस गर्नपाउनुपर्छ ।
राज्यको दायित्वको चर्चा गरिरहँदा नागरिकको राष्ट्रप्रतिको कर्तव्य किर्माथ भुल्न सकिदैन । राज्यको दायित्वको कुरा गर्ने व्यक्तीले आफनो राज्य प्रतिको कर्तव्य के हो भन्ने थाहा पाउनु पर्ने नागरिक चेतना उसमा हुनपर्दछ । मुख्यतः कर्तव्यले नागरिकलाइ कानून पालन प्रति सचेत बनाउँदछ । अझ अगाडी बढेर भन्दा कानूनमा गर्नु भनी उल्लेख भएको कार्य गर्नु र प्रतिबन्धित लगायको कार्य नगर्नु नै नागरिक कर्तव्य हुन । बैधानिक सरकारका हरेक आदेश निर्णय कानून सरह हुन यो पनी नागरिकले थाहा पाउनुपर्छ । यति मात्र होइन संकटका बेलामा राज्यको आदेशको शिरोधार्य गर्दै राज्यको हरेक काम कारवाहीमा आफनो ज्ञान, विवेक, श्रम, रकम समेतको सहयोग गरेर राज्यलाइ संकटबाट मुक्त गर्न हातेमालो गर्नु असल नागरिकको कर्तव्य हुन्छ । त्यसैले यो संकटको घडीमा राज्यले गरेको हरेक आज्ञा आदेशको पालन गर्दै आफनो ठाउँबाट उपयुक्त सहयोग गर्नु हरेक नागरिकको कानूनी र नैतिक कर्तव्य समेत हुने भएकाले यो संकटको घडीमा सबैको त्यसतर्फ ध्यान जान सकोस ।।।