तराईवासिको अर्को ठुलोपर्व चैते छठको आज सझिया घाट कोरोना भाईरसको त्रासले गर्दा चैते छठबनेको छ ।
वीरगंजको घडिअर्वा, रानीघाट, छपकैया र बाराको रामजानकी मठ र सिधेश्वर मन्दिरको पोखरीमा मनाउने यसपर्वका लागि पंडाल तथा झिलिमिलि बतिहरु जडान गरी निकै धुमधामका साथ मनाउने गरिन्थ्यो तर नेपाल सरकारले लगाएको लक डाउनको कारण पर्व नै प्रभावित बनेको हो ।
सन्तान प्राप्ति, निरोगीता, सुख, समृद्धि, सत्य, अहिंसा र चर्मरोग निको हुने जनविश्वास अनुरुप पारस्परिक आत्मीयता र सदभावको प्रतिकका रुपमा छठ पर्व मनाईने गरेको जनविश्वास रहदै आएको छ । छठपर्व तराईको कृषि संस्कृतिमा समेत आधारित छ । तर निकै महत्व बोकेको यसछठ पर्व नै प्रभावित बन्दा ब्रतालुहरु निराश बनेका छन् ।
तराईबाट देशभर मनाउदैं आएको कार्तिक छठ या चैते छठले यसभेगमा निकै महत्व लिने गर्दछन् छठपर्व पहिला तराईवासीमा मात्र सीमित थिए तर अहिले देशका विभिन्न भुभागहरुमा समेत मनाउने गरेको छ । यसपर्वमा धनी, गरिब, उचनिचको भेदभावलाई हटाई सबै वर्ग समुदाय एउटै सांस्कृतिक पुष्ठभुमिमा पुजाअर्चनाका लागि उभिने गर्दछन जो समान्य र परस्पर सदभावले उन्मुख हुने प्रेरणात्मक सङकेत हो । कोरोना प्रभावले डोम समुदायलाई समेत अहिले धौ धौ परेको छ, समान्य अवस्थामा छठपर्वको बेला एक व्यक्तिले हजारौं कारोबार गर्ने डोम समुदाय यसवर्ष लकडाउनले गर्दा एक रुपैयांको समेत कारोबार नभएको शियाराम कुमार बताउंछन् ।
छठपर्वको पहिलो दिन व्रतालु उपासकहरुले नहाए खाए अर्थात नुहाएर खाने विधिपुरा गरी छठपर्वको शुभारम्भ गर्ने गर्दछन् । छठपर्वको दोस्रो दिन खर्ना मनाइन्छ । जस अन्तर्गत ब्रतालुहरुले दिनभरि उपवास बसेर राति चामल, दुध र सख्खर (चिनी) मिसाएको खीर, पुरी कुल देवता र सूर्य देवतालाई चढाई बिना नुनको खानेकुरा खान्छन् । त्यस्तै यसपर्वको तेस्रो दिन अर्थात आज व्रतालुहरुले दिनभरि आ–आफनो घरमा नानाथरीका पकवान बनाएर, केरा, स्याऊ, अदुवा, उखुसहित विभिन्न प्रकारका माटाका भाँडामा राखेर साझँपख नदी तलाउमा गई अस्ताउंदो सूर्यलाई अर्घ दिन्छन् । त्यसदिन रातभरि नदी, तलाऊ तथा पोखरीको डिलमा जाग्रम बसेर त्यसको भोलिपल्ट बिहान पुनः उदाउंदो सूर्यलाई सम्पुर्ण पकवान तथा खाद्ययवस्तुको अर्घ दिदै छठपर्वको समापन गर्ने गरिन्छ ।