वीरगंज महानगरपालिकाको बसेको आकस्मिक कार्यपालिका वैठकले बिभिन्न निर्णय गरेको छ । विश्व कोरोनाको आक्रान्तमा लडिरहेको अवस्थामा एक साता देखि नेपाल लकडाउनमा छ । लकडाउनको समय अवधि लम्ब्याउनु परेको अवस्थामा बिपन्न तथा दैनिक ज्याला गरि खानेहरुलाई खाद्यान्न अभाव भएपछि वीरगंज महानगरपालिकाले विपत व्यवस्थापन समितिद्धारा राहत वितरण गर्ने कार्य गर्दै आएको थियो । तर राहत बितरणको क्रममा हुने खाने सुविधा सम्पन्न ब्यतिmहरु नै राहत लिन अग्रसर भएपछि माहानगरले राहत बितरणलाई स्थगीत गरेको थियो ।
विपत ब्वस्थापन समितिले जसको चुल्हो बलेको छैन त्यस्ता ब्यक्तिहरुलाइ राहत दिने तयारी गरेको थियो तर राहत लिने बेलामा निर्लज्ज रुपमा हुनेखानेहरु अगाडि आएपछि राहत बितरण नै प्रभावित भएको थियो ।
त्यसको लागि सबै वडामा वडाध्यक्षको संयोकत्वमा सर्वदलीय संयन्त्र बनाएर त्यसका माध्यमले आवश्यक ब्यक्तिहरुको तथ्याकं संकलन गरि राहत बितरण गर्ने निर्णय गरिएको छ । हरेक वडामा १० सदस्यीय समिति गठन गरि राहत वितरण कार्यलाई तिव्रता दिने निर्णय गरेको वीरगज महानगर हेल्पलाईन संयोजक हरिशंकर प्रसाद कुर्मीले बताए ।
उक्त सर्वदलिय समतिमा वडाध्यक्ष जननिर्वाचित चार वडा सदस्य, ४ राष्ट्रिय पार्टीका स्थानीय प्रतिनिधि र स्थानीय प्रहरी ईन्र्चाज रहने छन् । उक्त समितीले वडामा रहेका विपन्न परिवारको पहिचान गरि घरघरमै खाद्यान्न सामग्री वितरण गर्ने छ । त्यसको लागि हरेक वडाको जनसंख्याको अनुपात अनुशार १ देखी ४ लाख सम्मको रकम विनियोजन गरेको कुर्मीले जानकारी गराए ।
बैठकमा महानगर प्रमुख सरावगीले कोरोना भाइरस नियन्त्रणका सन्दर्भमा महानगरले अहिले सम्म गरेको कामका बिषयमा जानकारी गराउदै राहतका लागि खाद्य समाग्री बाकी रहेको र आवश्यक पर्दा थप समाग्रीको जाहो गरिने बताएका छन ।
विश्व पुरै कोरोनाको त्राससंग जुधिरहेको यो विपतको घडिमा अन्य समयमा सरकारी अस्पतालका बिरामी समेत तान्ने नीजि अस्पतालले समान्य रुघाखोकी र ज्वरोका बिरामीलाई समेत भर्ना गर्न नमानेको कारणले बिरामीले अकालमै ज्यान गुमाउनु परेको हुँदा उक्त विषयलाई मध्य नजर गर्दै बिरामी भर्ना नगर्ने निजी अस्पतालको नाममा उजुरी आएमा महानगरपालिकाले उक्त अस्पताललाई कार्वाहीको दायरामा ल्याउने निर्णय समेत गरेको कुर्मीले बताए ।