विश्वमा कोरोना भाइरसबाट संक्रमणको संख्या ९ लाख ९७ हजार भन्दा बढी पुगेको छ भने आज मात्रै नयाँ कोरोना संक्रमण ५१ हजार ५ सय ७९ जना व्यक्ति थपिएका छन् ।
वल्र्ड मिटरको तथ्यांक अनुसार आज मात्रै ३३ सय १६ जना व्यक्तिको मृत्यु भएको छ ।
ताजा जानकारी अनुसार हाल ७ लाख २९ हजार ८ सय ९६ जना व्यक्ति उपचाररत रहेका छन् भने संक्रमित मध्ये २ लाख ६ हजार ३ सय ७२ व्यक्ति उपचार पश्चात रिकभर भईसकेका छन् ।
समाचार तयार पर्दासम्म आज ईटलीमा सबैभन्दा बढी ७ सय ६० जनाको मृत्यु भएको छ भने स्पेनमा ७ सय ९ जनाको मृत्यु भएको छ भने, युकेमा ५ सय ६९ जना, त्यसपछि अमेरिकामा २ सय ७१ जना, बेलजियममा १ सय ८३ जना, नेदरल्याण्डमा १ सय ६६ जना, ईराणमा १ सय २४ जना, त्यसैगरी टर्कीमा ७९ जना लगायतको देशगरी ३३ सय १६ जनाको मृत्यु भएको देखिन्छ ।
हालसम्म विश्वको २ सय ४ देशमा संक्रमण फैलिएकोमा सबैभन्दा बढी व्यक्ति अमेरिकामा २ लाख २८ हजार, ईटलिमा १ लाख १५ हजार, स्पेनमा १ लाख १० हजार, जर्मनीमा ८१ हजार, चाईनामा ८१ हजार, फ्रान्समा ५६ हजार, ईरानमा ५० हजार र युकेमा ३३ हजार लगायत गरी ९ लाख ८६ हजार रेकर्डेड संक्रमित भएको देखिन्छ ।