पहिले सरकारी अस्पतालभन्दा आफ्नोमा राम्रो सुविधा छ भनी बिरामी तान्न खप्पिस पर्साका प्रायः नीजि अस्पतालहरु यति वेला भने सामान्य बिरामी पनि सरकारी अस्पतालमा नै पठाउन थालेका छन् । एम्बुलेन्स चालकलाई समेत कमिशन दिएर आफ्नो अस्पतालमा बिरामी तान्न पल्केका केही अस्पताल यतिवेला सरकारी अस्पतालमा नै बिरामी पठाउन थालेका हुन् ।
हिजो राम्रो अस्पताल हैन, भनी तिनै नीजि अस्पतालहरुले तिरस्कार गर्ने मध्य तराईकै सबैभन्दा ठूलो सरकारी ‘नारायणी अस्पताल नै अहिले प्रायः सबै नीजि अस्पतालको बिरामी पठाउने भरपर्दो अस्पताल बनेको छ । नारायणी अस्पतालमा अहिले कोरोना भाइरसका बिरामी सम्मको रेखदेख गर्ने जिम्मेवारी थपिएपछि नीजि अस्पतालले पठाएका सामान्य बिरामी समेत थेग्न उसलाई भने निकै चाप परेको छ । लकडाउनको कारण ओपीडीमा बिरामीको संख्या घटे पनि इमर्जेन्सीमा आउने बिरामी बढि भएको नारायणी अस्पतालले जनाएको छ । पहिले पनि सबै प्रकारका बिरामीको चेकजाँच गरिरहेको नारायणी अस्पतालले अहिले झन बिरामीको चाप थेग्न सकस भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. मदन उपाध्यायले बताए ।
उता नाम चलेका नीजि अस्पतालहरुले भने घाउ चोट लागेर ज्वरो आएका बिरामीदेखि सामान्य घाँटीमा अप्ठ्यारो भई बाफ लिंदा ठिक भएका बिरामी सम्मलाई यतिवेला नारायणी अस्पताल तर्फ नै रिफर गरेको तथ्य सतहमा आउने गरेको छ ।
विभिन्न उदाहरण
सिजन अनुसार यतिबेला मुसुरो घर थन्क्याउने समय छ । सो क्रममा थे्रसरमा मुसुरो कुट्ने क्रममा खुट्टामा घाउ लागेका बारा कलैया नगरपालिकाका २५ बर्षीय विजय कुशवाहालाई वीरगन्जको नेशनल मेडिकल कलेजले तिनदिन अगाडी राम्रो उपचार नगरी सरकारी अस्पतालमा पठाएको थियो । समयमा उपचार हुन नसकी कुशवाहाको सोमाबर राती मृत्यु भएको घटना आलै छ ।
लगत्तै सोमबार साँझ करिब ८ बजे राष्ट्रिय जनता पार्टी (राजपा) का महासचिव शिव पटेल पनि उनका २८ बर्षीय भतिजा अनिल पटेलको उपचारमा खटिदा नीजि अस्पतालको हेलचेक्र्याईको चक्करमा परेको अर्को घटना छ । महासचिव पटेलका भतिजा अनिलको घाँटीमा सामान्य अप्ठ्यारो भएपछि उपचार गराउँन वीरगंजको गण्डक अस्पताल हुँदै त्यहाँ उपचार नभएपछि नारायणी अस्पताल पुग्दा त्यहाँको भिडले फेरि नीजि अस्पताल भवानी अस्पताल पुगेको महासचिव पटेलले बताए । नीजि अस्पताल मध्येकै भवानी अस्पतालमा पनि एक जना चिनेकै स्वास्थ्यकर्मी भेटाएको वाफ र एउटा सूई दिएपछि भतिजा ठिक भएको उनले प्रष्ट्याए । एक रात त्यहि राखेर बिहान ल्याउन चाहेको त्यो भने सम्भव भएन । चिनेको स्वास्थ्यकर्मीको कुरा सिनियर चिकित्सकहरुले नमानेपछि राती नै विरामीलाई घर ल्याउने परेको उनी घटना सम्झदै भन्छन् ।
तराईले पनि बिरामीलाई नारायणी पठायो
बाराको वरेवा निवासी रविया खातुनलाई वीरगंजको तराई हस्पिटलले पनि मंगलबार ५ बजे तिर नारायणी अस्पतालमा नै रिफर गरेको छ । उनी मध्यान्ह सो हस्पिटलमा पुगेको खातुनको भनाइ छ । कलैया हुँदै वीरगन्ज आएर तराई अस्पतालमा पुगेका बिरामीका आफन्त त्यहाँका स्वास्थ्यकर्मीले नारायणी अस्पतालमा पठाएपछि चेकजाँच विनै त्यहाँबाट हिड्न परेको उनीहरुको तर्क छ ।
दिउसो सार्वजनिक हुने सबै मोवाइल नम्बर बेकामे : महासचिव पटेल
मिडियामा सर्वसाधारणलाई सहयोग गर्छौं भनी दिउसो प्रचार गरिएका सबै व्यक्तिका मोवाइल नम्बरमा सम्पर्क नहुने रहेछन् । ती सबै नम्बरमा आफूले सम्पर्क गर्दा त्यो वेकामे भेटेको उनले बताए । वीरगंज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीदेखि पर्साको क्षेत्र नम्बर १ का सांसाद प्रदिप यादव र प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउत गद्दीसम्मका मोवाइल नम्बरमा मेरो सम्पर्क चाही हुन सकेन । त्यसैले मिडियामा प्रचार गरिएका सबै सम्पर्क नम्बर खास अर्थका छैनन् उनले तर्क गरे । मैले उठाएको आवाज मेरो लागि मात्रै नभई स्वास्थ्य सेवा नपाई ज्यान गुमाउनु परेका वा पीडामा रहेकाहरु सबैको लागि हो । मेरो त्यो बोलीलाई मिडियाले फैलाएर राम्रो काम गरेको छ । नीजि अस्पताललाई सर्वोच्चले समेत रिट जारी गरिसकेको अवस्था र स्थानीय सरकारले समेत त्यस्ता निजी अस्पतालको उजुरी आए अस्पताल संचालन पत्र समेत खारेज गर्न पछि नहटने प्रतिब्द्धता जनाएको छ । यो आम जनताका लागि गलत होइन ।
अस्पताल सञ्चालकका भने आफ्नै गनगन
कुनै पनि बिरामी अस्पताल सम्म आईसकेपछि उसको उपचार गरी सामान्य बनाएर पठाउनु चिकित्सकको जिम्मेवारी हो । कसैलाई पनि उपचारै नगरी फर्काउनु हाम्रो पेशा र धर्मले दिदैन । अनिल पटेलको सन्दर्भमा पनि सामान्य भएपछि पठाइएको हो भवानी हस्पिटलका व्यवस्थापकिय निर्देशक रामराज श्रेष्ठले भने । वीरगंजका कुनै पनि अस्पतालले भर्ना नगरेको अवस्थामा हामीले उक्त बिरामीलाई जोखिम मोलेर ३ घण्टा सम्म अस्पतालमै राखी उपचार सेवा दिएको हो । हामीले पावर वा पहुँचको भरमा बिरामी ट्रिटमेन्ट गर्दैनौं । बिरामीको रुपमा गर्छाै । कोरोनासँग मिल्दाजुल्दा लक्षण भएका बिरामी आए हामीसँग परीक्षण सामग्री किट्स र पि.पि.ई हामीसंग उपलब्ध छैन । सतर्क त बन्नै पर्छ । सरकारले त्यत्रो सामग्री ल्याएको सुनिन्छ । तर हामीलाई त उपलब्ध गराएको छैन । अहोरात्र खटिने क्रम तर पनि कम गरेका छैनौं । अहिले चिकित्सक आफै त्रासमा छन् । अस्पताल आउन सम्म पनि मान्दैनन् । यसको अवस्थामा सुरक्षाको प्रबन्ध नमिलाई हामीले पनि कसरी काम गर भन्ने ? महानगरका स्वास्थ्य महाशाखा प्रमुख अरुण कुमार महत्तोसंग पहल गर्दा जम्मा पाँच प्याकेट पन्जा ल्याएर दिएको छ । यति सामग्रीले अस्पताल चल्छ ? श्रेष्ठले भने ।
बाराको बिरामी सुरुमा हामी कहाँ ल्याएको होईन । हामी कहाँ आउदा हामीले राख्यांै । तर उसको लक्षणहरु कोरोना संक्रमणसंग मिल्दो जुल्दो भएकोले उपचारमा संलग्न चिकित्सकहरु अलि सतर्क बनेका हुन् । हामी कहाँ २ सय भन्दा बढी बिरामीहरु थिए । यदि उक्त बिरामीलाई कोरोना रहेछ भने चिकित्सक र बिरामीहरुमा सर्ने हुन्छ । कोरोना परीक्षण गर्ने किट्स र पिपिई (व्यक्तिगत सुरक्षा सामग्री) उपलब्ध छैन । प्रदेश नं. २ मै यसको व्यवस्था छैन । त्यसैले हामीले कोरोना परीक्षणका लागि नारायणी अस्पतालमा जान रेफर गरेका थियौ । त्यस पश्चात उहाँको निधन पछि मात्र हामीले थाहा पायौ । यदि त्यस बिरामीको निधन यहाँ हुन्थ्यो भने हामीले के जवाफ दिने ? हाम्रो दायित्व हुन्थ्यो । नारायणी अस्पतालले उक्त बिरामीलाई किन भर्ना गरेन वा अन्तै पठायो कि या काठमाण्डौ रिफर ग¥यो । त्यो त पछि बिरामीको मृत्यु पछि थाहा भयो । सानो सवारी साधन आएर ट्रकमा ठोकिदा ट्रककै दोष देखाउने नियत भएजस्तै भयो यो त नेशनल मेडिकल कलेजका एम.डी बसुरुद्दीन अन्सारीले भने ।
देश पुरै संकटमा छ । यो समयमा सबैको मनमा त्रास छ । सरकारले स्वास्थ्य सुरक्षाको गतिलो व्यवस्था गर्न सकेको छैन । बिना मतलबको निजि अस्पतालहरुलाई दोष देखाएर केहि हुदैन । नेपालको संविधानको धारा १६ (१) ले सबै नागरिकलाई सम्मान पूर्वक बाँच्न पाउने हकको प्रत्याभुत गरेको छ । सम्मान पूर्वक बाँच्ने हक अन्र्तगत सबै नागरिकलाई जीवनको हक हुने संविधानले प्रत्याभूत गरेको अन्य सबै हकभन्दा जीवनको हकको स्थान सर्वोच्च हुने कुरा निर्विवाद छ । यसैले आम मानिसलाई स्वास्थ्योपचार उपलब्ध गराई महामारीबाट जोगाई स्वस्थ्य कर्मीले पनि आफू पनि बाच्न पाउनु पर्ने कुरा पनि पर्छ होला नि ? स्वास्थ्य संस्था कुनै पनि बहानामा कोरोना संक्रमणको उपचार गर्नबाट पञ्छिन्न । तर चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने सामग्री त चाहिन्छ उनले भने ।
समूहगत रुपमा सबैले रोगसँग लड्ने समय
यो समय भनेको कसैले कसैलाई आरोप प्रत्यारोप लगाउने समय होइन । तर संचारकर्मीले संचारकर्म गर्दिन यो समयमा भनेर हुँदैन । त्यस्तै चिकित्सक तथा स्वास्थ्य संस्थाहरुले पनि सुरक्षित उपाय अपनाउनु पर्ने स्थानीयको सुझाव छ । सर्वसाधारणले त विरामी भएपछि पहिलो बिरामीको हारालुछ गर्ने स्वास्थ्य संस्थामा नगएर कहाँ जाने ? जान त प¥यो । बाँकी कसरी चुश्त सेवा दिने त्यो त स्वास्थ्य सेवा संचालन गर्नेले पनि व्यवस्था गर्न पर्छ । त्यो जनतासँगको सरोकारको भन्दा पनि नीजि अस्पताल संचालन गर्नेहरुको दायित्व हुने उनीहरुको भनाइ छ ।