कोरोना महामारी नियन्त्रण तथा उपचारको लागि प्रदेश सरकारले युद्ध स्तरमा तैयारी गरि रहेको जनाएको छ ।
प्रदेश सरकारले प्रादेशिक अस्पताल जनकपुरमा १०, वीरगंज स्थित नारायणी अस्पतालमा १० र अन्य ६ वटा जिल्लामा ५/५ वटा भेन्टिलेटर जडान गरिने निर्देशन दिइएको मुख्यमन्त्री राउतले जानकारी गराउनु भएको छ ।
कोरोना परीक्षणका लागि पिसिआर मसिन जडान गर्न प्रदेशका प्रमुख व्यापारिक नगरी वीरगंज र सप्तरीको राजविराजमा समेत पिसिआर मेसिन जडान गर्न समाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको छ । यसै गरि निर्देशक समितिले अहिलेको विशेष परिस्थितिमा विगत जस्तो खरिद प्रक्रियाले तैयारी गर्न नसकिने भन्दै खरिद प्रक्रियालाई समेत खुकुलो बनाउने निर्णय गरेको छ । यस निर्णयले खरिद ऐनको विशेष परिस्थिति बमोजिम दु्रत मार्ग बाट आवश्यक सामग्रीहरु खरिद गर्न सकिने छ ।
प्रदेश सरकारले महामारी नियन्त्रणका लागि प्राविधिक रणनीति आवश्यक रहेको महशुस गर्दै महामारी विरुद्ध विशेष रणनीति बनाउन स्वास्थ्य क्षेत्रका विज्ञहरु सम्मिलित स्वास्थ्य सल्लाहकार समिति समेत गठन गरेको छ । समितिमा डा. राम केवल साह, डा. सुरेन्द्र यादव, डा. प्रविण मिश्र, डा.काशिकान्त झा, डा. विजय कुमार सिंह, डा. गरिब दास ठाकृुर, डा. जेके लाल रहनु भएको छ । उक्त समितिलाई थप विशेषज्ञहरु राय सुझाव सहित महामारी नियन्त्रणका लागि नीति निर्माण गर्ने जिम्मेवारी दिइएको छ ।
बैठकले महामारी संग लडन आठ बटै जिल्लामा १/१ वटा एम्बुलेन्स र शव वाहनको व्यवस्थापन गर्न समेत कार्यकारी समिति र समाजिक विकास मन्त्रालयलाई निर्देशन दिइएको मुख्यमन्त्री राउतले बताउनु भएको छ ।
बैठकले प्रदेशमा चिकित्सक तथा नर्सहरुको अभाव देखिए स्वयंसेवकको रुपमा चिकित्सक र नर्स भर्ना गर्नको लागि आवश्यक तैयारीमा जुटन समेत समाजिक विकास मन्त्रालयलाई निर्देशन समेत दिएको छ ।