विश्वव्यापी संक्रमणको रुपमा फैलिएको कारोना रोगको परिक्षण तथा उपचारको लागी वीरगन्जको टोलीले प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीको ध्यानाकर्षण गराएका छन् । कारोना रोगको उच्च जोखिम तथा प्रदेश नम्बर २ का ४ जिल्लाका रोगीहरुको ठुलो चापमा रहेको वीरगन्जको अस्पतालमा कारोना रोगको परिक्षण पिसिआर ल्याब,स्थास्थ्य कर्मीहरुको सुरक्षाका लागी व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) लगायतका सामग्री तथा छूट्टै कोभिड अस्पताल संचालन गर्नको लागी आइतबार बिहान मुख्यमन्त्री ध्यानाकर्षण गराएको हो ।
पर्सा जिल्ला क्षेत्र नम्बर १का संघीय सांसद प्रदिप यादव, वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगी ,नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन कुमार उपाध्याय र आकस्मीक बिभाग प्रमुख तथा नेपाल चिकित्सक संघ नारायणी शाखाका महासचिव डा. उदय नारायण सिंह लगायतको टोलीले कारोना रोगको संक्रमण नियन्त्रणको लागी वीरगन्जमा चलिरहेको तयारी र आवश्यकताको बारेमा मुख्यमन्त्रीलाई जानकारी गराएका थिए ।
वीरगन्ज प्रति आफु सम्वेदनशिल रहेको बताउदै कोराना रोगको संक्रमण नियन्त्रणको लागी पिसिआर मेशिन सहितको परिक्षण ल्याब तथा रोगको उपचारको लागी कोभिड अस्पताल जनकपुर र वीरगन्जमा गरी दुइ ठाउमा संचलन गरिने व्यवस्था भइरहेको र नारायणी अस्पतालका चिकित्सकहरुका लागी ४० थान पिपिई, मास्क र गल्पस लगायतका सामग्रीहरु सोमबार साँझसम्म नारायणी अस्पतालमा पुगी सक्ने मुख्य मन्त्री लालबाबु राउत गद्दीले जानकारी गराए ।
रोगको परिक्षण तथा उपचारको लागी पिसिआर सहितको ल्याब यथा सिघ्र संचालन गर्नुका साथै रोगको उपचारको लागी कोबिड अस्पताल वीरगन्जमा पनि अबिलम्ब संचालन गर्ने निर्णय भएको जानकारी गराए ।
वीरगन्जबाट गएका जनप्रतिनिधी तथा स्वास्थ्य पदाधिकारीहरुले आर्थिक मामिला तथा योजना मन्त्री बिजय यादव, आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवसंग भेटी कारोना रोगको लागी वीरगन्जको आवश्यकता बारे जानकारी गराउदै, प्रदेश सरकारले गर्ने निर्णयहरुलाई अबिलम्ब कार्यान्वयन गर्न र व्यवस्थापन कार्यलाई अगाडि बढाउने कुरामा जोड दिइएको सांसद यादवले बताए ।
वीरगन्जको सबै आवश्यकताको बारेमा आफुहरुले मुख्यमन्त्री तथा प्रदेश सरकारका सम्बन्धीत मन्त्रीहरुको ध्यानाकर्षण गराएको साथै कोरोना रोग संक्रमण नियन्त्रणका लागी जनकपुर तथा वीरगन्जलाई प्राथमिकतामा राखेको बताउदै वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगीले प्रदेश सरकारले गरेको निर्णय अबिलम्ब कार्यान्वयन हुने आशा व्यक्त गरेका छन् ।