भारतबाट आउनुपर्ने कच्चा पदार्थ आयात नहुदाँ ७० प्रतिशत उधोग अहिले बन्दछ ।
लक डाउनले नेपाल भारत दुबैतर्फ पाउने र पठाउनुपर्ने बैकं ज्ञरान्टीदेखी कच्चा पदार्थ सम्म आउन नसक्दा जेनतेन उधोगले यहाँको आवश्यक्ता परिपुर्ति गरिरहेको छ ।
लकडाउनले कारखानामा काम गर्ने मजदुर हिडेरै भएपनी आ–आफ्नो घर पुगे तर जब सरकारले आवश्यक्ता देखे अहिले गएका ति मजदुर फर्काईसक्ने कुनै उपाय छैन् जसले गर्दा उधोगहरु भट्टाभट्ट बन्दको अवस्थामा पुगेको नेपाल चामल तेल दाल संघका अध्यक्ष सुबोध कुमार गुप्ताले बताए ।
कोरोना संक्रमण फैलन नदिन सरकारले लकडाउनको कदम चालेपनी निजि क्षेत्रसंगको सहकार्य उतिबेला नै आवश्यक हुनुपर्ने वहाँको भनाई छ ।
सञ्चालनमा रहेका उधोग मध्ये ३० प्रतिशत मात्रैको अहिले उत्पादन भईरहेकाले स्टकमा रहेको समान आजभोलि कहिले सकिने ठेगान छैन् उधोगलाई चाहिले स साना मोटर, नट बोल्ट लगायत मिस्त्री समेत भारतकै हुने भएकाले कुनै उधोग यी स साना काम विना बन्द छ, भने उत्पादन गर्न चाहिने विभिन्न यूनिटका मजदुर अभावले थला परेको अवस्थामा छ ।
यससंगै हप्ताको दुई दिन मात्रै बैक खुलेर ट्रान्जेक्सन हुन नसक्दा पनी पठाउनुपर्ने र मगाउनुपर्ने समानहरु समेत नआएर समस्या भएको उधोग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले बताए ।
जेनतेन चलिरहेको उधोगले खाद्यान्नको स्थतीमा दुई महिना सम्म अफ्ठयारो नहोला तर दुई महिनापछी के गर्ने ? न त हामीसंग स्टकमा न त मगाउन सकिन्छ । उधोगको कच्चा पदार्थ संगसंगै नेपालबाट निर्यात हुने पाम तेल, सुपारी, छोहरा, मटर, केराउ लगायतको समान समेत निर्यात नभई गोदाममै थन्किएको अवस्था छ ।