विश्वमा कोरोना भाइरसबाट संक्रमणको संख्या १७ लाख २५ हजार भन्दा बढी पुगेको छ भने आज मात्रै नयाँ कोरोना संक्रमण २६ हजार ४ सय ३६ जना व्यक्ति थपिएका छन् ।
वल्र्ड मिटरको तथ्यांक अनुसार आज मात्रै २ हजार १ सय ९७ जना व्यक्तिको मृत्यु भएको छ । ताजा जानकारी अनुसार हाल सम्म १२ लाख ३० हजार २ सय ८३ जना व्यक्ति उपचाररत रहेका छन् भने संक्रमित मध्ये ३ लाख ९० हजार १ सय ७ जना व्यक्ति उपचार पश्चात रिकभर भईसकेका छन् ।
समाचार तयार पर्दासम्म आज युकेमा सबैभन्दा बढी व्यक्तिको मृत्यू भएको छ । युकेमा ९ सय १७ जना, त्यसैगरी बेलजियममा ३ सय २७ जना, स्पेनमा २ सय ७२, नेदरल्याण्डमा एक सय ३२ जना, ईरानमा एक सय २५ जना यसैगरी अमेरिकामा एक सय तीन जना व्यक्ति गरी विश्वमा आज २१ सय ९७ जनाको मृत्यु भएको देखिन्छ ।
संक्रमित मध्ये हालसम्म सबैभन्दा बढी व्यक्तिको मृत्यु अमेरिकामा १८ हजार ८ सय ५० जना व्यक्ति ज्यान गुमाईसकेका छन् भने, ईटलीमा १८ हजार ८ सय ४८ जना, त्यसैगरी स्पेनमा १६ हजार ३ सय ५३ जना, फ्रान्समा १३ हजार १ सय ९७ जना, यूकेमा ९ हजार ८ सय ७५ जना, ईरानमा ४ हजार ३ सय ५७ जना, यसैगरी बेलजियममा ३ हजार ३ सय ४६ जना, चाईनमा ३ हजार ३ सय ३९ जना, जर्मनीमा २ हजार ७ सय ३६ जना, नेदरल्याण्डमा २ हजार ६ सय ४३ जना, ब्राजिलमा एक हजार ७५ जना, स्विटजरलयाण्डमा एक हजार १५ जना, टर्कीमा एक हजार ६ जना लगायत गरी हालसम्म एक लाख ४ हजार ८ सय ८८ भईसकेको छ ।
यी मध्ये सबैभन्दा बढी संक्रमित व्यक्ति अमेरिकामा ५ लाख ५ हजार, स्पेनमा १ लाख ६१ हजार, ईटलिमा १ लाख ४७ हजार, फ्रान्समा १ लाख २४ हजार, जर्मनीमा १ लाख २२ हजार, चाईनामा ८१ हजार, युकेमा ७८ हजार, ईरानमा ७० हजार लगायतका देशगरी विश्वमा १७ लाख २५ हजार बढी संक्रमित भएको देखिन्छ ।