वीरगंजमा तीनजना भारतीयमाथि कोरोना पोजेटिभ पछि नारायणी अस्पतालमा भर्ना भएका विभिन्न ९४ जना विरामी अन्यौलमा परेका छन् ।
शुक्रबार राती शुक्रबार मध्य रातमै हेटौँडा १० स्थित किटजन्य रोग तथा अनसुन्धान तालिम र आईतबार विहान टेकुस्थित अस्पतालले तीनै भारतीयमा पोजेटिभ रिपोर्ट आएको देखाएपछी नारायणी अस्पतालमा यसअघिदेखी नै भर्ना भएका विरामीहरुमा संक्रमण फैलने हो की भन्ने चिन्ता छाएको छ ।
मध्य तराईकै केन्द्रविन्दु रहेको यस नारायणी अस्पताल एक्लैले बारा, पर्सा, रौतहट, सर्लाही लगायतका विरामीहरुको उपचार गर्दै आएको छ ।
लकडाउनसंगै अन्य अस्पतालहरुले समान्य रुघा खोकी वा ज्वरो आएको विरामीहरुलाई भर्ना गर्न नमानेपछी यस भेगकै विरामीहरुले यस अस्पतालको अधिकांश वार्ड भरिभराउ छ ।
यस अवस्थामा कोरोना पोजेटिभ देखिएसंगै ती विरामीहरुलाई कता सार्ने भन्ने बारेमा नारायणी अस्पताल व्यवस्थापन शाखा अहिले अन्यौलमा छन् । खासगरी कोरोनाको उपचारका लागी अन्यत्र अस्पताल व्यवस्थापन गर्न विभिन्न निजी अस्पतालहरुको निरिक्षण गरिएपनी पुर्ण रुपले व्यवस्थापन नभएकाले तीनजना संक्रमित कै कारण पहिल्यैदेखी भर्ति भएका विरामीलाई कता सार्ने भन्ने अन्योल रहेको कोरोण संक्रमित तथा सम्भावित विरामीको उपचार गरिरहेका डा. निरज सिंहले बताए ।
उनले भने, अस्पतालको ओपिडी सेवा महेन्द्र अरोग्य भवन रहेको क्षेत्रसंग जोडिएको छ यस अवस्थामा देस्रो तेस्रो तल्ला ओहोर दोहोर गर्ने नर्स, चिकित्सकसंगै विरामी र कुरुवामा समेत सर्ने जोखिम छ । यस अवस्थामा ती संक्रमित विरामीलाई अन्यत्र सार्नुपर्ने वा ओपिडिमा भर्ना भएका विरामीलाई व्यवस्थापन गर्नेपर्ने सरकारले व्यवस्था मिलाईनुपर्दछ ।
यस सन्दर्भमा पर्साका प्रमुख जिल्ला अधिकारी विष्ण कुमार कार्कीले भने जिल्ला दैविक प्रकोपको बैठकले तय गरेपछी मात्रै केही गर्न सक्ने जवाफ दिएका छन् ।