विश्व प्राथमिक उपचार दिवस २०१८ को अवसरमा पर्सामा पनी विभिन्न कार्यक्रम गरी मनाईएको छ । विश्व भरि मनाउने यस अवसरमा अवसरमा नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाले सडक दुर्घटनालाई प्राथमिक्ता दिदै वीरगंजको घण्टाघर अगाडी कृत्रिम सडक दुर्घटनाको जनचेतना कार्यक्रम समेत समपन्न गरेको छ ।
स्वास्थ सेवा समितिको संयोजन मदन गुप्ताको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथी रेडक्रस पर्साका सभापति फुलमहम्मद मियाँले प्राथमिक उपचार सबैका लागी आवश्यक रहेकाले यसमा ध्यान दिनुपर्ने बताएका थिए । दिवसको अवसरमा हालै वीरगंजमा बढ्दो गइरहेको ट्राफिक समस्यालाई ध्यानमा राख्दै ट्राफिक जनचेतना कार्यक्रम समेत समपन्न गरेको छ ।
मोटरसाइकल चलाउदा हेलमेट्को सहि प्रयोग, बटुवाहरुलाई जेभराक्रसिंग गराउने जस्ता ट्राफिक नियम सम्बन्धि जनचेतना कार्यक्रम समपन्न गरेको थियो ।
यस्तै नेपाल रेडक्रस सोसाइटी रानिघाट उपशाखाको आयोजनामा निःशुल्क स्वास्थय शिवीर समपन्न भएको छ । भवानी हस्पिटल एवं रिसर्च सेन्टर प्रा.लि.को प्राबिधिक सहयोगमा संचालन गरिएको स्वास्थ्य शिविरमा १७९ जनाले लाभ लिएका थिए ।
घटना प्रस्तुति प्राथमिक उपचारक स्वयंसेवक भरत शर्मा, राजु शाह, करन रौनियार, आलोक सिंह, रानी गुप्ता, साबिर अहम्द एराज, उमेस गुप्ता, लक्ष्मिनारायण राउत लगायतका स्वयंसेवकहरुले जनचेतना कार्यक्रममा सहयोग गरेको रेडक्रसका सहायक एव प्राथमिक उपचारक राजन श्रीवास्तवले जानकारी गराए । कार्यक्रममा रेडक्रस पर्साका मन्त्री बिरेन्द्र राज कंडेल, उपसभापती मधु राणा, प्रहरी निरीक्षक कुमार मैनाली, दयासन्कर सिंह, उदयराज शर्मा, बिरशम्सेर कुर्मि लगायतको उल्लेखनीय सहभागिता समेत रहेको थियोे ।