विश्व अहिले कोरोनाको महामारीले बन्दाबन्दी र आईसुलेशनमा छ । चिनबाट शुरु भएको कोभिड— १९ कोरोना भाइरसले पुरै विश्वलाई यसरी अस्तव्यस्त पारेको छ । केही समय पहिलो यस्तो जटिल अवस्थाबाट गुज्रनु पर्छ भन्ने कल्पना मात्रै पनि सायदै विश्वले गरेको थियो । तर अहिले सबै प्रत्यक्ष पात्रको भुमिकामा छांै ।
नेपाल सरकारले पनि कोरोना भाइरसको महामारी फैलिन नदिन भनेर गएको ११ चैतबाट पुरै देश लकडाउन गरेको छ । सरकारले लगाएको यो लकडाउन हामी नेपालीहरुकै जनजीवनलाई सहज बनाउनको लागि हो । तर पनि यो लकडाउनले बाहिरी संक्रमणबाट बचाउन हदसम्मको प्रयास गरेता पनि हुने खानेलाई भन्दा पनि हुदाँ खानेहरुको भोको पेटको समस्या दिन प्रतिदिन दयनीय हुदैँ जानुले भोलिको दिन अझ त्रासदीपुर्ण बन्दै नजाला भन्न सकिन्न ।
योे तितो यथार्थ सबै माझ विद्यमान छ । नेपाल सरकारले दैनिक ज्यालादारीमा काम गर्नै अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई राहतको व्यावस्था, बिद्युत महशुलमा छुट, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई २५ लाखको बिमा, कर बुझाउने समय बैशाख महिनासम्म थप, स्वास्थ्य सामाग्री आयातमा भंन्सार छुट, औपचारिक क्षेत्रमा कार्यारत श्रमिकलाई चैत्र महिनाको तलब रोजगारदाताले उपलब्ध गराउन, जस्ता राहातका प्याकेज सार्वजनिक गरेको छ ।यस्ले केहि हदसम्म जनताका समस्या संबोधन गरेता पनि यसैमा संतोष गर्नै पर्ने अवस्था भने पक्कै होईन । किन कि यो समस्या कुनै निश्चित समय वा निर्धारित समय नभएकोले आगामी दिन चर्याको बारेमा सोच्न आवश्यक छ ।
इतिहासलाई स्मंरण गर्दाः
भनिन्छ प्रत्येक सय बर्ष वा आसपासको समयमा ठुलोृ प्रलय आउने गरेको अग्रजहरुबाट सुनिन्छ । यसकारण अहिलेको यो कोरोना भाईरस ईतिहासको पहिलो घटना होइन भन्ने उदाहरण पनि हो । सन् १६५ देखि १८० अर्थात १५ बर्ष सम्मको समयमा एन्टोनाइन प्लेगको कारण ५० लाखको मृत्यु भएको थियौ ।
यसैगरि सन् ५४१—५४२ प्ले अफ जस्टिनियनको कारण, ३ करोड देखि ५ करोड, सन् ७३५—७३७ जापानी बिफर स्मलपरक्सको कारण १० लाख, सन् १३१४—१३५१ ब्लाक डेथ–बुबोनिक प्लेग) को कारण २० करोड, सत्रौ सताब्दीभरिको प्लेग सन् १६००मा १० लाख, १८ आंै सताब्दीभरिको प्लेग सन् १७०० मा ६ लाख, तेस्रो प्लेग सन् १८५५ मा १ करोड २० लाख, सन् १८१७—१९२३ हैजाको कारण १० लाख, १८ औ सताब्दीमा आएर १ लाखदेखि १५० हजार सम्म एलो फिभर, स्पेनिस फुलु सन् १९१७—१९१९ मा ४ करोडदेखि १० करोड एचआईभि/एड्स सन् १९८१ देखि हालसम्म २ करोड ५० लाख देखि ३ करोड ५० लाख सम्मको मृत्यु भएको र एसियन फुलु ११ लाख, हगंहगं फुलु १० लाख, सार्स ७७०, स्वाइन फुलुको कारण २ लाख, मर्स, ८५० ईबोला ११ हजार ३ सय र हाल कोरोना भाईरस डिसेम्बर २०१९ देखि हाल २०२० अप्रील ९ तारीख सम्म ८८५०० पुगेको छ ।
यो संक्रमणको संख्या करिब ४ लाख पुगेको छ । भने हाल विश्वमा मृत्यु हुनेको र संक्रमित हुनेको संख्या अप्रत्यासिलो ढंगले बृदि भइरहदा विश्वलाई आंकित मात्रै होईन । डब्लुएचएसले अबका केहि दिन बिकशित मानिएका देशहरुलाई ठुलो संकट पर्ने औल्याईरहेको छ । नेपाल पनि अछुत हुन नसकिरहेको अवस्थामा बिगतका ईतिहासलाई हेर्दा २० करोडसम्म जनताको ज्यान गएको तथ्याकं देखाईरहेको छ ।
अहिलेसम्मको क्षतिलाई ईतिहाससगँ तुलनामा कम क्षति भएको लिन सकिन्छ भने यो खतरालाई ईतिहासको कम मृत्यु हुनेको लिष्टमा पार्न आफ्नै घरमा क्वारेन्टाइनमा बस्नु पर्नै र सरकारलाई लकडाउनमा साथ दिनुको अर्को विकल्प छैन । आजको आवाश्यकता मूलूक अहिले संकटको घडीमा छ । अहिले बिश्वमा फैलिएको कोरोना भाइरसको मुख्य औषधी भनेकै क्वारेन्टाईनमा बस्नु हो ।
किन कि विश्वका बिकशित देशहरुमा पनि यसको कुनै औषधी पता लगाउन सकेका छैनन् । हाम्रो जस्तो अविकशित देशमा यो महाामरी फैलियो भने देश कै अवस्था नाजुक मात्र होइन । आफ्नै आफन्तले मलामी समेत पाउँन मुस्किल हुन्छ । तसर्थ अहिलेको यो जटिलतालाई गम्भिरता पूर्वक लिनू नै आजको सबैभन्दा अचूक औषधी हो । सरकारले जनताकै लागि लगाएको लकडाउन भन्ने बुझ्न ढिलो गर्नु हुन्न । तर पनि हामी सरकारलाई नै गाली गर्न पछि पर्दैनौं । सुरक्षाकर्मिहरुले हामै्र सूरक्षाको लागि अहोरात्र खटिरहहेका भए पनि हामी उनिहरुको आखाँ छलेर घर बाहिर निस्किनु अनि लकडाउन उलंघन गर्नु निरर्थक हो ।
सरकारले जो जहाँ छ, त्यहिँ बस भनेको अवस्थमा देशका नागरिकले आफ्नै देश फर्कन नपाउने भनेर हामीले नै नारावाजी गरेर तेश्रो मुलुकका जनतालाई नेपाल फर्काउने बनायौं भने कम्तिमा १४ दिन क्वारेन्टाईन बस्न आग्रह गर्न भने चुक्नु हुन्न । धम्की दिएर परिवार संग मिसिन पुग्यौ र जबरजस्ती गरी कोरोना सार्न भ्यायौ भने हामीले सरकारलाई मात्र गाली गरेर हुँदैन गल्ती जनताको नै हुन्छ । एउटाको कारण परिवार र पूरा समाज नै ध्वस्त हुन सक्ने कुरालाई कम नआँकौं ।