मेषः चु.चे.चो.ला.लि.लु.ले.लो.अ
मेष राशिका जातकहरुका लागि वर्ष फलदायी नै रहला । मंगल, वृहस्पति ग्रहको अनुकुलताले शुभ फल प्राप्त हुनेछ । अध्ययन अध्यापन क्षेत्रमा सफलता मिल्नेछ । बौद्धिक क्षेत्रका काममा सफलताको यबओग देखिन्छ । व्यापार व्यवसायबाट लाभ हुने योग छ । नोकरीमा सफलता पदोन्नति, सामाजिक सम्मान मिल्नेछ । राहु, केतु र शनिको प्रतिकुलताले पुख्र्यौली सम्पतिमा विवाद माता पिताको स्वास्थ्य समस्या यसमा धन खर्च हुन सक्छ । वर्षको पूर्वाद्धभन्दा उत्तराद्र्ध निकै फलदायी रहनेछ ।
वर्षको असोज देखि आकस्मिक धनलाभ नयाँ व्यवसायको सुरुवात हुने देखिन्छ । यो वर्ष प्रतिकुल अवस्थामा रहेका शनि, राहु र केतु शान्तिका लागि हनुमान चालिसा पाठ, ॐ शं शनैशचराय नमः मन्त्रको जप, कालभैरव भगवानको दर्शन, असहाय, अनाथको सेवा गर्नु गराउनु भए शनि, राहु र केतुजन्य अशुभफमा कमी आई शुभ फल प्राप्त हुनेछ ।
वृषः इ.उ.ए.एै.ओ.औ.क.नि.बु.वे.वो
यो वर्ष मध्यम फलदायी रहला । वर्षको प्रारम्भमा सुख, शान्ति र सफलता मिल्नेछ । श्रावण २० गते सम्मको समय अनुकुल रहला । यस अवधिमा व्यपार, व्यवसाय र वैदेशिक क्षेत्रबाट राम्रै कमाइ हुनेछ् । नोकरीमा प्रगति सामाजिक सम्मान बढ्ने छ । समाज सेवामा मन लाग्ने छ । धार्मिक क्षेत्रमा रुचि वढ्नेछ । कृषिजन्य क्षेत्रका काममा सफलता मिल्नेछ । श्रावण २१ गतेदेखि मंसिर १ गते सम्म अढैया शनि दशाले मनमा अशान्ति, विस्मृती, झुटा आरोप, अपमान, दाम्पत्य जीवनमा कलह आर्थिक कठिनाई सामना गर्नुपर्ला । मंसिरदेखि चाहि जग्गाजमिन र वाहन सम्बन्धी काममा सन्तोषजनक परिमाण देखा पर्नेछ । नयाँ कामको थालनी हुनेछ । भाग्यले साथ दिनेछ । तीर्थ यात्राको अवसर मिल्नेछ । आर्थिक दृष्टिले बैशाख, जेठ, भदौ र पुस महिना राम्रा छैनन्। यी महिनामा आर्थिक लेनदेन गर्दा सावधानी सतर्कता आवश्यक छ । यो वषए शनि शान्तिका लागि शनि स्तोत्र पाठ देवी दर्शन ॐ शं शनैश्चराय नमः ” मन्त्रको जप, पीपल पूजा, तुलसीमा जल अर्पण गर्नु भए शानिदेवको अशुभ फलमा कमी आई शुभफल प्राप्त हुनेछ ।
मिथुनः क.कि.कु.घ.ङ.छ.के.को.ह
मिथुन राशिका जातकको समय मध्यम रहेको छ । गुरु वृहस्पति यस वर्ष प्रतिकुल रहनाले अध्ययन अध्यापन क्षेत्र कमजोर हुनेछ । व्यापार–व्यवसाय पनि सन्तोषजनक नरहला । वैदेशिक क्षेत्रबाट लाभ हुनेछ । वर्षारम्भमा राहु–केतु ग्रह पनि प्रतिकुल रहेका हुँदा शारीरिक समस्या अल्छी, आलस्यता देखापर्ला । वर्षको श्रावण २१ गतेदेखि कार्तिक मसान्त सम्मको समय चाहि केही राम्रोछ । श्रावण, भदौ असोज र कार्तिक महिनाहरुमा केही महत्वपूर्ण काममा सफलता मिल्न सक्छ । यी महिनामा रोकिएका अधुरा काम बन्ने, मनमा शान्ति र मुहारमा कान्ति छाउँनेछ । मंसिर देखि काममा ढिलासुस्ती, मनमा अशान्ति, झुट्टा आरोप लाग्न सक्छ । धन चोरिने हराउने पनि हुन सक्छ । पारिवारिक स्वास्थ्य ृचिारमा धन खर्च हुनेछ । यो वर्ष राहु–केतु र अढैया शनि दशाका कारण वर्ष त्यति फलदायी नरहला । अटः अढैया शनि शान्तिका लागि शनिदेवको स्तोत्र पाठ ‘ॐ शं शनैश्चराय नमः’ मन्त्र जप र देवी दर्शन, पीपल, तुलसीमा जल अर्पण कमिलालाई चिनी, चरालाई दाना दिनु भएमा कार्य सफलतामा सहजता आउनेछ ।
कर्कटः हि.हु.हे.हो.डा.डि.डु.डे.डो
कर्कट राशिका जातकका लागि यो वर्ष फलदायी नै रहला । गोचर ग्रहहरुको अनुकुलताले सन्तान सुख मिल्ने, प्रेम प्रसङ्गमा सफलता, दाम्पत्य जीवनमा सुमधुरता, व्यपार–व्यवसायका क्षेत्रमा लाभ प्रगति हुने हुँदा यस क्षेत्रमा कडा परिश्रम आवश्यक छ । साझेदारी माममा धोका विवाद हुने हँदा सतर्कता आवश्यक छ । नोकरीमा पदोन्नति, रोजगार प्राप्तिको योग देखिन्छ । धार्मिक तीर्थ यात्रा हुने वर्ष रहेको छ । सामाजिक क्षेत्रका काममा विशेष अभिरुचि बढ्नेछ । कुषि क्षेत्रमा विशेष सफलता मिल्नेछ । कृषिजन्य बस्तुको खरिद–विक्री र व्यापार–व्यवसाय गर्नु भए प्रशस्त आम्दानी हुने ग्रहयोग गोचरबाट देखिन्छ । आर्थिक दृष्टिले वैशाख, जेठ, कात्र्तिक र पुु महिना सफल रहेका छन् । यी महिनाहरुमा विशेष आर्थिक लाभ हुन सक्छ । यस वर्ष भगवान, शिवको सेवा, पूजा र ‘ॐ नमः शिवाय’ मन्त्रको जप माछालाई दाना र कुकुरलाई खाना दिनु भएमा विशेष लाभ लिन सकिनेछ ।
सिंहः म.मा.मु.मि.मे.मो.टा.टि.टु.टे
सिंह राशि हुनेहरुका लागि यो वर्ष फलदायी रहला । प्रयास गर्दा विजय प्राप्तिको ग्रहयोग रहेको छ । अध्ययन–अध्यापन क्षेत्रमा सफलता मिल्नेछ । घरमा माङ्गलिक कार्य हुनेछ । आफन्त संग विवाद मनमुटाव हुन सक्छ । धार्मिक यात्रा गा्र्ने अवसर मिल्नेछ । आम्दानीका नयाँ श्रोतहरु फेला पर्नेछन् । दाम्पत्य जीवनमा भने खटपट देखापर्ला । वैदेशिक क्षेत्रका काममा सफलता मिल्नेछ। सन्तान सुखले सुखी हुने वर्ष रहेको छ । बोलिको प्रभाव र आकर्षण देखापर्ला । राजनीति क्षेत्रमा सफलता मिल्नेछ । शत्रु वा विरोधीसंग विशोषसतर्कता आवश्यक छ । सवारी दुर्घटना हुन सक्छ । यसर्थ गाडी चढ्दा चलाउँदा विशेष सर्तकता आवश्यक छ । नोकरीमा सफलता पदोन्नति, सम्मान प्राप्तिको ग्रहयोग रहेको छ । आर्थिक दृष्टिले जेठ, असार, मङ्सिर र माघ महिना शुभ रहेका छन् । यी महिनामा विशेष आर्थिक लाभ हुन सक्छ । यो वर्ष वृह्स्पति ग्रहको ॐ वृँ वृह्स्पतेय नमः मन्त्र जप सूर्यदेवलाई जल अर्पण र विष्णु सहस्त नाम स्तोत्र पाठ गर्नु गराउनु भए यहाँलाई भाग्यले साथ दिनेछ ।
कन्याः टो.प.पी.पू.ष.ण.ठ.पे.पो
कन्या राशि हुनेहरुको यो वर्ष मिश्रित फलदायी रहेको छ । वर्षरम्भमा शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार–व्यवसायमा लाभ–प्रगति देखापर्ला । श्रावण २१ गतेदेखि मंसिर १ गते सम्म शनि अढैया दशाले मानसिक वेचैनी विस्मृति घरायसी समस्या शत्रुभय जस्ता समस्या आउन सक्छ । आफन्तसंग मनमुटाव, शारीरिक समस्या, स्वास्थ्य उपचारमा धन खर्चको योग देखिन्छ ।
मंसिरदेखि अनुकुल समय देखापर्ला । अध्ययन–अध्यापन क्षेत्रमा सफलता मिल्नेछ । कृषिजन्य कार्य पशु व्यवसायबाट विशेष लाभ मिल्नेछ । रोजगार, नोकरी प्रापित्को प्रयासमा सफलता मिल्नेछ । धार्मिक, सामाजिक कार्यमा विशेष अभिरुचि बढ्ेनेछ । व्यापार–व्यवसायबाट सोचे अनुसार लाभ मिल्नेछ । आर्थिक दृष्टिले असार, साउन, पुस र फागुन महिनाहरु फलदायी रहेका छन् । यो वर्ष अढैया शनि शान्तिका लागि तुलसीकृत रामायणको सुन्दरकाण्ड पाठ पीपलपूजा ‘ॐ शं शनैश्चराय नमः’ मन्त्रको जप अनाथ असहायलाई सहयोग गर्नु भएमा शनिजन्य अशुभ फलमा कमी आउनेछ ।
तुलाः र.रा.री.रु.रे.रो.ता.ती.तु.ते
तुला राशिका जातकका लागि मध्यम फलदायी वर्ष रहेको छ । यो वर्ष अढैया शनि दशाको प्रभावले आफन्तसंगको लेनदेनमा मनमुटाव हुनेछ । बोलिमा रुखोपन देखापर्ला । मानसिक बैचेनी शारीरिक कष्ट मित्रहरु बाट धोका हुनसक्छ । अपमान, अपजसको सामना गर्नुपर्ला । मुद्धामामिलामा भने विजय हुनेछ । दाम्पत्य जीवनमा देखापरेका समस्याहरु समाधान हुनेछन् । अध्ययन अध्यापन क्षेत्रमा सफल मिल्नेछ । वैदेशिक क्षेत्रका काममा सफलताको योग देखिन्छ । नयाँ व्यापार–व्यवसाको थालनी गर्ने अवसर मिल्नेछ । नोकरीमा पदोन्नति सम्मान मिल्नेछ । धार्मिक, सामाजिक क्षेत्रमा अभिरुचि बढ्नेछ । पुख्र्यौली सम्पतिमा भने विावद उत्पन्न हुन सक्छ । आर्थिक दृष्टिले साउन, भदौ माघ र चैत महिना शुभ छन् । यी महिनाहरुमा विशेष लाभ यश प्राप्ति हुन सक्छ । यो वर्ष अढैया शनि शान्तिका लागि पीपल, तुलसीमा जल अर्पण ‘ॐ शं शनैश्चराय नमः’ मन्त्रको जप देवी दर्शन हनुमान चालिसा पाठ गर्नु गराउनु भए शनिजन्य अशुभ फलमा कमी आउनेछ ।
वृश्चिकः तो.ना.नि.नु.ने.नो.या.यि.यू
वर्ष मिश्रत फलदायी रहेको छ । यस वर्षको साउन २१ ग्तेदेखि मंसिर १ गतेसम्म अन्त्य साँढे साती शनिको प्रभावले विभिन्न समस्याहरु नआउँला भन्न सकिन्दैन । यस अवधिमा अनावश्यक आकस्मिक धन खर्च हुने, धन हराउन वा चोरिन सक्छ । दाँत, कान र घाँटीको समस्या देखापर्ला । समग्रमा यो वर्ष सन्तान सुख मिल्नेछ । शत्रु पराजय हुने देखिन्छ । वाहन सुख मिल्नेछ । जग्गा जमिन सम्बन्धी काममा सफलता मिल्नेछ । परिवारमा धार्मिक, माङ्गलिक कार्य हुने देखिन्छ । वैदेशिक क्षेत्रका काम बन्ने, कृषि, व्यापार र नोकरीका क्षेत्रमा जस, यश र सफलता मिल्नेछ ।
मंसिरदेखिको समय विशेष अनुकुल र सफल रहने ग्रहयोग बनेको छ । आर्थिक दृष्टिले वैशाख, भदौ, असोज र फागुन महिनाहरु प्mलदायी रहेका छन् । यी महिनाहरुमा प्रयास गर्दा विशेष लाभ, यश र जस मिल्न सक्छ । यो वर्ष अन्त्य साँढेसाती शनि देवको शान्तिका लागि शनि स्तोत्रपाठ ‘ॐ शं शनैश्चराय नमः’ मन्त्र जप गर्नाले शुभफल प्राप्त हुनेछ ।
धनुः ये.यो.भा.भी.भु.ध.फा.ढ.भे
वर्ष सामान्य फलदायी समय रहेको छ । यो वर्ष मध्य साँढेसाती र अन्त्य साँढेसाती शनिदशाको प्रभावले आफ्नैबोली र व्यवहारले गर्दा आफन्त, साथीभाइ टाढिने छन् । पेट सम्बन्धी समस्याले सताउने छ । नोकरी र सामाजिक कार्यमा अपजस खप्नुपर्ला । झुट्टा आरोप लाग्ने, सरकारी दण्ड दिर्नुपर्ने, धनको नोक्सान हुने जस्ता अशुभफल मिल्न सक्छ । अन्य ग्रहको शुभप्रभावले यो वर्ष यहाँलाई दाम्पत्य जीवनमा सुमधुरता, सन्तान सुख मिल्नेछ । अध्ययन–अध्यापन क्षेत्रमा सफलता मिल्नेछ । आर्थिक मन्दी बिस्तारै हट्दै जानेछ। नेकरीमा सफलता, सामाजिक कार्यमा जस–यश मिल्नेछ । व्यापार–व्यवसायबाट लाभ मिल्नेछ ।
आर्थिक दृष्टिले जेठ, असोज, कार्तिक र चैत महिना शुभ छन् । यी महिनाहरु विशेष लाभ, सफलता प्राप्त हुनेछ । यो वर्ष शनि देवको शान्तिका लागि शनिदेवको पूजा जय तुलसी, पीपलमा जल अर्पण र हनुमान चालिसाको पाठ गर्नु भएमा अशुभ फलमा कमी आउनेछ ।
मकरः भो.जा.जी.जु.जे.जो.ख.खि.खु.खे.खो.गा.गी
मध्यम फलदायी वर्ष रहेको छ । सुख शान्ति र सफलताको वर्ष रहेको छ । आम्दानीका नयाँ श्रोतहरु फेला पर्नेछन् । अध्ययन–अध्यापन क्षेत्रमा आंशिक सफलता मिल्नेछ । व्यापार व्यवसायबाट सामन्य लाभ हुनेछ । सन्तान सुख मिल्ने घरमा माङ्लिक कार्य हुने, दाम्पत्य जीवनमा सुमधुरता बढ्ने वर्ष रहेको छ । सामाजिक र धार्मिक धार्यमा धेरै समय व्यतित हुनेछ । राजनीति क्षेत्रमा सफलता मिल्नेछ । शनिको साँढेसाती दशाको प्रभावले कृषि, पशुपालन जस्ता क्षेत्रमा त्राधा समस्या आउँन सक्छ । वैदेशिक काममा अलमल, अड्चन आउँन सक्छ । ठूला मान्धेको इष्र्याको पात्र हुनुपर्ला । यसर्थ यस वर्ष शनि शान्तिका लागि शनिदेवको स्तोत्र पाठ, ॐ शं शनैशचराय नमः मन्त्र जप र तुलसी पीपलमा जल अर्पण र शिव ज्योतिलिङ्गको दर्शन गर्न भएमा शनिजन्य अशुभ फलमा कमी आई भाग्यले साथ दिनेछ ।
कुम्भः गु.गे.गो.सा.स.सु.से.सो.द.दा
सामान्य फलदायी वर्ष रहेको छ । आधा साँढेसाती शनि दशाको प्रभावले यो वर्ष पुख्र्यौली सम्पतिमा विवाद, आफन्तसंग मनमुटाव, काममा ढिलासुस्ती, शरीरमा आलस्य, मनमा भय, आकस्मिक धन खर्च हुन सक्छ । अन्य ग्रहको शुभ प्रभावले अध्ययन–अध्यापन क्षेत्रमा आंशिक सफलता, शत्रुमाथि विजय प्राप्ति, आमाबुवाको सहयोग सदभाव आशीर्वाद पाउँने वर्ष रहेको छ । व्यापार–व्यवसायका कामबाट लाभ मिल्नेछ । यहाँको बोलिको प्रभाव बढ्नेछ । परीक्षा आदि प्रतिस्पर्धामा प्रयास गर्दा सफलता मिल्ने देखिन्छ । भदौ, असोज र कार्लिक महिनामा विशेष लाभ काममा सफलता मिल्ने देखिन्छ । धार्मिक सामाजिक क्षेत्रका काममा व्यस्तता बढ्नेछ ।
आर्थिक दृष्टिले जेट, साउन, मङ्सिर र पुस महिना शुभ रहेका छन् । यी महिनाहरुमा प्रयास गर्दा आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा विशेष लाभ र सफलता मिल्न सकछ । शनि शान्तिका लागि शनिदेवको जप, स्तोत्रपाठ, देवी दर्शन र दुर्गापाठ गर्नु गराउने भए भाग्यले साथ दिनेछ । सदभाव सहयोग मिल्ने वर्ष रहेको छ । कृषिजन्य कार्यमा सफलता मिल्नेछ । पति–पत्नीमा सुमधुरता बढ्ने, वैवाहिक जीवनमा आवद्ध हुने, घरमा मांगलिक कार्यहरु हुने देखिन्छ । सामाजिक, धार्मिक र राजनीतिक क्षेत्रमा मन केन्द्रित हुनेछ । मनमा सकारात्मक विचार आउने देखिन्छ । अनावश्यक खर्च नियन्त्रण हुनेछ ।
मीन : दि, दु, थ, भ, ञ, दे, दो, चा, ची
मीन राशिहुनेहरुका जातकका लागि यो वर्ष मिश्रित फलदायी रहेको छ । बोलिको प्रभावले महत्वपूर्ण काममा सफलता र सफलता आउला आफन्तको सद्भाव सहयोग मिल्ने वर्ष रहेको छ । कृषि जन्यकार्यमा सफलता मिल्ने छ । पति पत्नीमा सुमधुरता बढ्ने वैवाहिक जिवनमा आबद्द हुने घरमा मांगलिक कार्यक्रम हुने देखिन्छ । सामाजिक धार्मिक राजनीतिक क्षेत्रमा मन केन्द्रित हुने देखिन्छ । अनावश्यक खर्च नियन्त्रण हुने छ । अध्ययन अध्यापन क्षेत्रमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको कममा भने अड्चन आउन सक्छ । भुमी तथा वहान प्राप्तीको योग रहेको छ । कोहि कसैबाट यहाँको प्रतिष्ठा गिराउने काम भने हुनेछ । यसर्थ सतर्कता आवश्यक छ । आर्थिक दृष्टिले असार, भदौ, पुस र माघ महिना शुभ रहेका छन । यी महिनाहरुमा प्रयास गर्दा विशेष काममा सफलता र लाभ मिल्ने छ । यो वर्ष लक्ष्मीनारायण भगवानको दर्शन पुजा गर्नु भए भाग्यले साथ दिनेछ ।