मानिसलाई स्वभावतः सबैभन्दा पहिले जीवनरक्षा गर्नको लागि भोजनको आवश्यकता पर्दछ । शरद, वर्षा र गृष्मबाट बच्नको लागि सुविधाजनक आश्रयको आवश्यकता पर्दछ । लाज शरम, र इज्जत छोप्नको निम्ति ऋतु अनुसारको वस्त्रको आवश्यकता पर्दछ । दैनिक जीवनयापनको क्रममा आइ पर्ने विभिन्न समस्याहरुको समाधानको लागि ज्ञान, विज्ञान र विद्या आर्जनको आवश्यकता पर्दछ ।
दैनिक जीवनमा विभिन्न ठाउमा ओहोर–दोहोर गरी पाउनको लागि विभिन्न यातायात साधनको आवश्यकता पर्दछ । यी जम्मै कुराहरुलाई वस्तुतः जीवनको लागि आधारभूत आवश्यकता भन्दछन् । जो नभइ नहुने कुरा हो । यस आधारभूत आवश्यकताको पूर्ण आपूर्ति हाम्रो प्रकृतिबाट निःशुल्क प्राप्त हुन्छ । सो आपूर्ति भए पनि र मानिस क्रमशः महावली हुन पुग्यो । उसको हात भीमकाय रेल्वे इन्जनलाई उचाल्न सक्दछ । उसका पाइलाहरुले हजारौ किलोमिटरको दुरी नाप्न सक्दछ, उसका प्वांखहरुले उसलाइ वादलको धेरै माथि पनि लग्न सक्दछ ।
जहां कुनै चरा पनि जान सक्दैन । उसका आँखाहरुले अदृश्य कुराहरुलाइ हेर्न सक्दछ र उसका कानहरुले संसारको कुनै पनि कुनामा बोलिएको कुरालाई सुन्न सक्दछ । उ यति बलवान छ कि पहाड़लाइ वार पार छेड़्न सक्दछ र झरनालाइ रोकेर जलाशयको निर्माण गरेर विद्युत उत्पादन गर्न सक्दछ । उसले धर्तिको अनुहार फेरिरहेको छ । अब उ संसारको कुनै पनि कुनाबाट कसैलाई पनि संचालन गर्न सक्दछ । अन्र्तग्रहीय, अन्र्तअन्तरिक्षमा उ गमन गर्न सक्षम भइसकेको छ । अन्तरिक्षको विरल माध्यमबाट धर्तीको सघन माध्यममा रहेका वैज्ञानिकहरु सित संवाद गर्न सफल भइसकेको तथ्य सर्वस्वीकार्य भइसकेको विद्यमान छ ।
वस्तुतः मानव हेर्दा महावली त भइ सकेकै छ । यहांसम्म त ठीकै हो । तर यस्तो अवस्थामा आइसकेपछि मानव प्रकृति प्रति कृतज्ञ हुनु पर्ने थियो । तर यस्तो हुन सकेन । यहांसम्म आइपुग्दा मानवले यी जम्मै कृया–कलाप गर्ने मै हु भन्ने दम्भको जालोमा फंसिहाल्यो । प्रकृतिको आप्mनो शास्वत नियम–कानून छ । जसको विरोधमा मानव आप्ूm प्रकट भएको अवस्थादेखि नै लागि प¥यो । प्रकृतिमा व्यापक रूपमा रहेको हरियालीको फडानी गरेर कृषिकर्मको लागि जग्गा आर्जन ग¥यो । सो जग्गामा थरि थरिका खाद्यान्न उत्पन्न गर्न थाल्यो । पानी न भएको ठाउँमा पानी पु¥यायो । नदीको बहावलाई बलपूर्वक थुनेर होस वा जमीनको भित्री सतहमा विद्यमान रहेको पानीलाई बलपूर्वक तानेर होस, उसलाई चाहिएको पानी ल्याइ पु¥यायो । जीवन पालन गर्नको लागि यस्तो गर्नु आवश्यक त थियो । तर उसले आवश्यकता अनुसारको मितव्ययिता अपनाउनु पर्दथ्यो । आप्mनो स्वार्थपूर्ति गर्नको लागि उसले प्रकृतिको अन्धाधुन्द दोहन गर्नमा तल्लिन रह्यो । पर्यावरणको संतुलन भताभूङ्ग बनायो ।
अर्को कुरा भन्ने हो भने मानवले प्रकृतिमा विद्यमान रहेको खाद्य–सृंखला ( ाययम अजबष्ल) माथि पनि अनावश्यक हस्तक्षेप ग¥यो । जसको कारणले प्राकृतिक व्यवस्था झनै अव्यवस्थित हुन पुग्यो । प्रकृतिले खाद्य समस्याको हल वनस्पतिको रूपमा निर्देशित गरेको थियो । जसलाई तथाकथित विकसित देशका मानवहरुले प्राणी जगत् माथि निर्भर हुन पुगे । खाद्य–अखाद्य, गर्ने–नगर्ने यावत् कामहरुको पर्वाह न गरेर आपूmखुशी गर्न, खान थाले । शर्वशक्तिमान प्रकृतिलाई चुनौति दिदै मै हुं भन्ने प्रदर्शन गर्न थाल्यो मानिस । यस्तो असहज अवस्थामा प्रकृतिले मानवलाई आदिकालदेखि नै सजग गर्ने गरेको प्रमाण छन् ।
विगत र वत्र्तमानमा फैलिने प्लेग, बिफर, हैजा, एच.आइ.भी., इबोला भाइरस, स्वाइन प्mुलू तथा हालको ‘कोरोना भाइरस–कोविड–१९ जस्ता भयंकर महामारीहरु मानवको लागि सचेत गराउने विकल्पहरु हुन् । प्रकृति अत्यन्त दयालू तथा ममतामयी छ । तर यसलाई बढी जिस्काएमा यसले भयंकर उग्ररूप लिन पनि बेर लाग्दैन ।
दोषी मानव समाजलाई यसले भयंकर दण्ड पनि दिन सक्षम छ । जसको सुनवाइ कुनै पनि अदालत वा मानवीय कानून अन्तर्गत पर्दैन । सो दण्डको कार्यान्वयन गर्नको लागि प्रकृतिलाई कुनै पनि किसिमको मुचुल्का, साक्षी बकपत्र, वकालत, बहस आदि कानुनी प्रत्रृmयाको मुख हेरिरहनु पर्दैन । प्रकृतिले दण्डको ठाडो कारवाही मात्र तामेल गर्दछ । वस्तुतः मानव वस्तिमा भइरहेको निरन्तरको जनसंख्या वृद्धिको संतुलन पनि प्रकृतिकै अख्तियारमा रहेको छ ।
हाल विश्वभरिमै कोरोना भाइरसको भीषण प्रकोप जारिरहेको अवस्था छ । यस भाइरसले विश्वव्यापी रूपमै भयंकर त्रास र आतङ्कको रूप धारण गरिसकेको छ । किनकि यसको वास्तविक कारण र निदान मानवले पाइसकेको छैन । यस्तो भयंकर र त्रासदीपूर्ण अवस्थामा मानवले संयमपूर्वक धैर्य धारण गर्दै यसबाट बच्ने सावधानी पूर्ण उपाय गरिराख्न तथा सरकारले गरेको ‘लकडाउन’ को अपिललाई दृढतापूर्वक पालन गर्न आवश्यक रहेको देखिन्छ । प्रकृति प्रति कृतज्ञ बनौ र आत्म चिंतन गर्दै मानवद्वारा हुने गरेको गल्तीलाई सच्याई प्रकृतिसित पूर्ववत् मायाको आशा र विचार गरौं–मानव महाबली हो त ! निश्चय पनि यो कुरा नभएपछि मानवले प्रकृतिसँग जिस्किने र जिस्क्याउने कार्य बन्द गर्नुपर्छ । मानव महावली हुन सक्दैन । महावली भनेको त प्रकृति मात्र हो । यो कुरालाई हृदयंगम गर्न चुक्नु हुन्न ।