वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले कोरोना रोकथामका लागि वीरगंजको हकमा केन्द्रि र प्रदेश सरकार असफल भएको आरोप लगाएका छन् ।
नेपाल भारत मुल प्रवेशद्वार भएर दिनहुँ मालसामान आयात निर्यात हुने केन्द्रविन्दुको रुपमा रहेको वीरगंज महानगरपालिकामा कोरोना चेकजाँच गर्ने पि.सि.आर. मेशिन जडान हुन नसक्नु दुर्भाग्य रहेको बताए । एक घण्टे लामो सम्बोधनमा वीरगंज महानगर पुर्ण रुपमा चोखो रहेको बखान गर्दै मेयर सरावगीले लामखुट्टे पुर्ण रुपमा हटाउन सफल भएको दाबी गरे । यद्दपी उनको दाबीमा सञ्चारकर्मीहरु खिस्स गर्दै हासेका थिए । सबै प्रदेशमा कोरोना चेकजाँच गर्ने पि.सि.आर. मेशिन संचालनमा छन्, तर २ नम्बर प्रदेशमा मेशिन ल्याइएतापनि त्यसको सामानहरु नपठाएको कारण संचालन हुन सकेको उनले जानकारी गराए ।
भक्तपुर महानगरपालिका र सिमरा उपमहानगरपालिकाले सरकारको मृुख नताक्दै स्थानीय सरकार आफैले कोरोना अस्पताल बनाएका थिए भने एक महिनापछी महानगरले गण्डक हस्पिटलसंग बल्ल सम्झौता गरि मन्त्रालय पठाएका छन् । वीरगंजमा ३ जनामा कोरोना पोजेटिभ देखिएपछि प्रदेश सरकारबाट प्राप्त किटबाट ¥यापिड टेस्टको कार्य भइरहेको छ । किट मात्रै सहयोग प्राप्त भएकोमा त्यसमा लाग्ने जनशक्ति सहित अन्य सम्पूर्ण खर्च महानगरपालिकाले व्यवहोरी रहेको मेयर सरावगीको भनाई थियो ।
नारायणी अस्पताललाई कोरोना अस्पताल घोषणा गरेपछि सर्वसाधारण विरामीहरु मर्कामा परेका छन्, यसप्रति महानगरपालिकाको गम्भिर ध्यानाकर्षण भएकाले गण्डक हस्पिटलसंग समझौता गरेको वहाँको भनाई थियो ।
कोरोना भाइरस रोकथाम तथा संक्रमित र आशंकित व्यक्तिलाई व्यवस्थापन गर्न वीरगंज महानगरपालिकाबाट रु ३ करोड ३१ लाख ३७ हजार ६ सय ७६ रुपैया ७४ पैसा खर्च भएको कार्यक्रममा वहाँले सार्वजनिक गर्नु भएको थियो । मेयर सरावगीले कोरोना भाइरस रोकथाम तथा संक्रमित र आशंकित व्यक्तिलाई व्यवस्थापन गर्न, गरिब विपन्न परिवारलाई राहत वितरण गर्न, प्रहरी प्रशासनलाई सुरक्षाको सामानहरु उपलब्ध गराउनका लागि वीरगन्ज महानगरपालिकाले उक्त रकम खर्चेको छ ।
कारोनासँग लड्नका लागि प्रदेश सरकारबाट रु २५ लाख मात्रै सहयोग प्राप्त भएको छ भने अन्य कुनै सरकारी निकायबाट सहयोग प्राप्त नभएको उल्लेख गर्दै मेयर सरावगीले यहाँ स्थित विभिन्न संघ सँस्थाहरुले सकेसम्म केही सहयोग गरेको बताए ।