पर्सा जिल्लामा ४६ हजार ३ सय ६० हेक्टरमा लगाइएको खेतीबाली (गहुँ बाली, मकैं बाली, आँप तथा तरकारी) खेतीमध्ये असिना सहितको वर्षाले गर्दा १० हेक्टरमा क्षति पु¥याएको छ । पर्साको १४ वटै स्थानीय तहमध्ये वीरगन्ज महानगरपालिकामा लगाइएको ८ हजार १३ हेक्टर खेतीबालीमध्ये ६ सय हेक्टर गहुँबाली, ३० हेक्टर तरकारी, ५ हेक्टर मकैं तथा १० हेक्टर आँप गरि ६ सय ४५ हेक्टर खेतीबालीमा क्षति पु¥याएको छ भने विन्ध्वासिनी गाउँपालिकामा लगाइएको २ हजार २ सय १६ हेक्टर खेतीबालीमध्ये ७ सय हेक्टर गहुँबाली, ५० हेक्टर तरकारी, ३ हेक्टर मकैं तथा ३ हेक्टर आँप गरि ७ सय ५६ हेक्टर खेतीबालीमा क्षति पु¥याएको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ ।
यसैगरि धोबिनी गाउँपालिकामा २ हजार २ सय २२ हेक्टरमा लगाइएको खेतीबालीमध्ये २ सय हेक्टर गहुँबालीमा क्षति पु¥याएको छ भने बहुदरमाई नगरपालिकामा २ हजार ७ सय ४८ हेक्टरमा लगाइएको खेतीबालीमध्ये ८ सय हेक्टर गहुँबाली, १ सय हेक्टर तरकारी गरि ९ सय हेक्टर खेतीबालीमा क्षति पु¥याएको हो । यसरी नै पकहामैनपुर गाउँपालिकामा १ हजार ९ सय ८५ हेक्टरमा लगाइएको खेतीबालीमध्ये १ सय हेक्टर गहुँबालीमा क्षति पु¥याएको छ भने पर्सागढी नगरपालिकामा ४ हजार २८ हेक्टर खेतीबालीमध्ये ६ सय ५० हेक्टर गहुँबाली, ५० हेक्टर तरकारी तथा ६० हेक्टर मकैं गरि ७ सय ६० हेक्टर खेतीबालीमा क्षति पु¥याएको छ ।
यसैगरि कालिकामाई गाउँपालिकामा १ हजार ८ सय ६१ हेक्टरमा लगाइएको खेतीमध्ये १ सय ५० हेक्टर गहुँबाली, ४० हेक्टर तरकारी गरि १ सय ९० हेक्टर बालीमा क्षति पु¥याएको छ भने छिपहरमाई गाउँपालिकामा लगाइएको २ हजार १ सय ९७ हेक्टरमा लगाइएको खेतीमध्ये ४ सय हेक्टर गहुँबालीमा क्षति पु¥याएको बताइएको छ । यसरी नै सखुवाप्रसौनी गाउँपालिकामा ३ हजार ९ सय २५ हेक्टरमा लगाइएको खेतीबालीमध्ये ६ सय ५० हेक्टर गहुँबाली, १ सय ५० हेक्टर तरकारी तथा २० हेक्टर मकैंबाली गरि ८ सय २० हेक्टर खेतीबालीमा क्षति पु¥याएको छ भने पटेर्वासुगौली गाउँपालिकामा ३ हजार ६ सय ९ हेक्टरमा लगाइएको खेतीबाली मध्ये ६ सय हेक्टर गहुँबाली, ३० हेक्टर तरकारी तथा १० हेक्टर मकैं बाली गरि ६ सय ४० हेक्टर खेतीबालीमा क्षति पु¥याएको कृषि ज्ञान केन्द्रको तथ्याँकले देखाएको छ ।
यसैगरि पोखरीया नगरपालिकामा ३ हजार २ सय १४ हेक्टरमा लगाइएको खेतीबालीमध्ये १ सय हेक्टर गहुँबाली तथा ५० हेक्टर तरकारीबाली गरि १ सय ५० हेक्टर खेतीबालीमा क्षति पु¥याएको छ भने जिराभवानी गाउँपालिकामा ३ हजार ५८ हेक्टरमा लगाइएको खेतीबाली मध्ये ६ सय हेक्टर गहुँबाली, १० हेक्टर तरकारी गरि ६ सय १० हेक्टर खेतीबालीमा क्षति पु¥याएको छ । यसैगरि जगरनाथपुर गाउँपालिकामा ३ हजार १ सय १७ हेक्टरमा लगाइएको खेतीबाली मध्ये ४ सय ५० हेक्टर गहुँबाली तथा ५ हेक्टर आँप गरि ४ सय ५५ हेक्टर खेतीबालीमा क्षति पु¥याएको छ भने ठोरी गाउँपालिकामा ४ हजार १ सय ६७ हेक्टरमा लगाइएको खेतीबाली मध्ये ३५० हेक्टर गहुँबाली, २० हेक्टर तरकारी, १ सय हेक्टर मकैं तथा १ सय २५ हेक्टर आँप गरि ५ सय ९५ हेक्टर खेतीबालीमा क्षति पु¥याएको कृषि ज्ञान केन्द्रका प्रमुख डा. रामचन्द्र यादवले जानकारी दिएका छन् ।