लाख कोस टाढा छ भनेर हाम्रा प्राचीन खगोलवेत्ताहरूले लेखेका छन् । छ लाख पन्चानब्बे हजार, सातसय किलोमिटर आयतनको सूर्यलाई ‘बादलले छेक्यो’ भन्छौँ हामी ।
वास्तवमा त्यो दृष्टिभ्रम मात्र हो । बादलका टुक्राहरूले विशाल सूर्य छेकिँदैन । छेकिएको जस्तो मात्र देखिन्छ । बादलले हाम्रा आँखा भ्रमित तुल्याउँछ, सूर्य छेकिँदैन । तर गीत, कविता र बोलीचालीमा हामी भन्छौँ, ‘घाम छेक्यो बादलले ।’ स्थायी शक्ति सूर्य जस्तै हो । तर बादल स्थायी होइन । जनता सरकारी प्रहसन हेर्न बाध्य छन् । न सरकार गम्भीर देखिन्छ, न प्रतिपक्ष नै ।
हरेक युग र कालखण्डमा विभिन्न रूपमा देवता र असुर दैत्य जन्मिन्छन् । अनाहकमा अरुको धन, ज्यान, खुसी र सुख हरण गर्नेहरू दैत्य हुन् भने त्यस्ता दैत्यको वध गरेर भए पनि सबैलाई सुरक्षाको अनुभूति गराउनु असल शासकको धर्म हो । पाएपछि जालन्धरजस्ताहरू शक्तिशाली बन्न सक्छन् । तर त्यो शक्ति सूर्य जस्तो स्थायी होइन । बादल मात्र हो । बादल अर्थात् क्षणिक दृष्टिभ्रम ।सयौँ वर्षपछि पनि उनीहरूको मूल्यांकन र कदर हुन्छ । बादलहरू मौसमअनुसार परिवर्तन भएर रूप बदल्छन् । सूर्य शाश्वत हुन्छ । उदाउँदा रातो उदाउँछ, अस्ताउँदा पनि सूर्यको रूप बदलिँदैन । भनिन्छ, सूर्यझैँ महापुरुष पनि एकनास हुन्छन् । सम्पत्ति र विपत्तिमा उनीहरू फरक व्यवहार देखाउँदैनन् । अहंकार, दुर्वचन, दुव्र्यवहार, दुष्ट आचरण र दुर्बुद्धि छुद्र मानिसको पहिचान हो । विनम्रहरू झुकेकै हुन्छन् । कवि शिरोमणि लेखनाथ पौड्यालले लेखेका छनूफलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र !ू छुद्र व्यक्तिको वचन छुद्र हुन्छ । चाहे ऊ जुनसुकै पदमा पुगोस् ।
जनताले केही हुन्छ कि भने आशा गरेको धेरै वर्ष भयो । जनता अत्यन्त सहिष्णु सहनशील छन् । निम्न र मध्यमवर्गका जनताको जीवनशैली दिनहुँ कष्टकर बन्दै गएको कुरा जगजाहेर छ ।
राष्ट्र र जनताका नाममा केही सीमित व्यक्तिले प्रशस्त फाइदा लिइरहेका छन् । जनताको दुःखलाई एकादेशको कथा ठान्ने सुविधाभोगीहरूले अभावग्रस्त जनताका नाममा आज पनि ठगिरहेका छन् । यति हुँदाहुँदै पनि जब चुनावमा मतदान गर्ने बेला आउँछ, ‘आफ्नो दलको’ भन्दै प्रायः अयोग्यहरूलाई जनप्रतिनिधि बनाएर पठाइन्छ । गाउँ वा नगर तहमा पनि स्थानीय वासिन्दाले सक्षम, इमानदार, त्यागी प्रतिनिधि राम्ररी छान्न सक्थे ।
स्थानीय तहको निर्वाचन भएको एक वर्ष नाघे पनि धेरैजसो ठाउँमा विकासका कार्यक्रमहरू देख्न नसक्दा जनतामा निराशा बढ्न थालेको छ । मुख्य सहरदेखि कुनाकाप्चासम्म व्याप्त दुर्गती हेर्दा महानगरका मठाधीश कति सक्षम, कर्मठ र सक्रिय छन् भन्ने बुझ्न सकिन्छ । सत्य त स्वीकार गर्नैपर्छ । समृद्धि चाहिने हो कि संघीयता ? दिनको पैँतीस–चालीस करोड अर्थात् हरेक साल अर्बाैं रुपियाँ खर्च गरेर संघीयता नामको दैत्य पाल्ने खर्चले लाखौँ गाउँ सुन्दर, समृद्ध बन्नेछन् । स्कुल, अस्पताल, बाटो, खानेपानी, रोजगारीलगायतका काममा खर्च गर्न सक्ने करोडौँ रुपियाँ बचाउने हो भने स्थानीय तह र संसद्बीचमा ‘फौबन्जार’ बनेर उभिएका सात प्रदेश हटाए हुन्छ ।
नेपाल जस्तो भौगोलिक दृष्टिले सानो राष्ट्रमा तल्लो तहमा सात सय ५३ सरकार छँदैछन् । केन्द्रमा राष्ट्रवादी बलियो, स्वच्छ, साहसी, इमान्दार तथा जनप्रिय सरकार गठन भए पुग्छ । बीचमा बसेर प्रवचन दिने हजारौँ पण्डितहरूले ध्वनि प्रदूषण मात्र गरिरहेका छन् । सात–सात वटा मुख्यमन्त्री, सयौँ मन्त्री र सांसद विधायक हजारौँ कर्मचारी आदि निरर्थक साबित भएका छन्।
हरेक सभ्य, सुसंस्कृत र सबल राष्ट्रमा स्थायी शक्तिको सम्मान गरिन्छ । नेपालमा ‘स्थायी शक्ति’ नहुँदा गम्भीर समस्या देखिएको छ ।
राष्ट्रहित विरुद्ध काम गरिरहेका आइएनजिओ र एनजिओ तह लगाउन नसक्ने, असारको दोस्रो हप्तामा गोबर लिपेझैँ सडकमा अलकत्रा छर्केर बजेट पचाउने, मन्त्रीले बजार अनुगमनका नाममा किसानका घिरौँला छाम्दै हिड्ने, यत्रतत्र–सर्वत्र लुट देख्दा पनि गफ गरेरै आफू प्रबल भएको भ्रम छर्नेजस्ता प्रवृत्तिले जनता सरकारी प्रहसन हेर्न बाध्य छन् । न सरकार गम्भीर देखिन्छ, न प्रतिपक्षी । रेफ्रीको भूमिकामा बस्नुपर्ने प्रेस जगत् कति तटस्थ छ, तपाईं–हामीले देखिरहेकै कुरा हो । विदेशी हस्तक्षेपबारे अधिकांश सञ्चारमाध्यम खोजी गर्दैनन्।
आज देखिएको चित्र पानीको भाँडामा देखिएको मान्छेको छाया आकृति जस्तै छ । हामी त्यसलाई दिव्यरूप भनिरहेका छौँ । विदेशी शक्तिको चक्रव्युहबाट बाहिर आउन नसके सम्म देश समृद्ध बन्न सक्दैन सत्य यही हो ।