मेष : साता मध्यम फलदायी रहला । साताको शुरुमा मनमा खिन्नता चोर भय हुन सक्छ । पढाई–लेखाइमा प्रगति हुनेछ । काममा अलमल हुन सक्छ । शत्रुभय हुने ग्रहयोग रहेको छ । मध्य अन्त्यतिर व्यापार व्यवसायमा प्रगति मनोरन्जनात्मक रमाइलो यात्रा हुने योग छ । प्रेम प्रसंगमा सफलता मिल्नेछ । साथीभाइसँग हासखेल गर्दै समय वित्ला । यो साता गणेश भगवानको दर्शन र ऊँ गं गणपतये नमः मन्त्रको जप गर्नाले भाग्यले साथ दिनेछ ।
वृष :- साता मिश्रीत फलदायी रहला । साताको शुरुमा मनमा भय रातिमा अनिद्रा हुन सक्छ । खानपिनको कारणले पेट सम्बन्धि समस्या देखा पर्ला । साताको मध्य अन्त्यतिर भने समय अनुकुल रहनेछ । यी दिनमा पढाईमा प्रगति ज्ञानविज्ञानको चर्चा परिचर्चा हुने गीत संगीत श्रवण लेखनमा मन जानेछ । कडापरिश्रमबाट काममा सफलता मिल्नेछ । शत्रु शरणागत हुनेछ । साताको उत्तराद्र्ध अनुकुल रहनेछ । वृष राशिका जातकलाई अढैया शनि दशा रहेकाले शनि शान्तिको लागि हनुमान चालिसा पाठ, हनुमान अराधना र शनि वस्तुको दान गर्नु भए अशुभ फलमा कमी आउनेछ ।
मिथुन :- साता मध्यम फलदायी रहनेछ । साताको शुरुमा राज्यबाट लाभ समर्थन प्राप्त हुनेछ । राजनितिमा सफलता मिल्नेछ । मित्र सहयोगले महत्वपूर्ण काममा सफलता मिल्नेछ । मध्यतिर मनमा भय रातीमा अनिद्रा र पेट सम्बन्धी समस्या देखा पर्न सक्छ । अन्त्यमा पढाइमा प्रगति प्रतिस्पर्धात्मक परिक्षा आदिमा सफलता सन्तान सुख ज्ञान विज्ञान सम्बन्धि चर्चा र गीत संगीत श्रवण लेखनमा मन जानेछ ।
कर्कट :- रिसमा नियन्त्रण आवश्यक छ । साता सामान्यतया फलदायी रहला । साताको शुरुमा घरमा अतिथि आगमन, अतिथि सत्कारमा धन खचृ हुन सक्छ । प्रशस्त आम्दानी हुने ग्रहयोग छ । सुन चाँदी आदि रत्नादि प्राप्त हुने देखिन्छ । मध्यतिर मनमा भय शंका हुनेछ । पेट सम्बन्धि समस्या घरायसी विवाद हुने देखिन्छ । अन्त्यमा विलासी वस्तुको खरीद हुने घरवाहन भूमि प्राप्ती हुने वा प्रयास गर्दा खरिद विक्री हुन सक्छ । यो साता शिवदर्शन र ऊँ नमः शिवाय मन्त्र जप गर्दा भाग्यले साथ दिनेछ ।
सिह :- साता अनुकुल रहनेछ । साताको शुरुमा उच्च भाग्योदय हुने, अन्नलाभ धनलामको योग छ । परिक्षा आदि प्रतिस्पर्धामा विजय हुने देखिन्छ । मान सम्मान र पुरस्कार पाउने ग्रहयोग रहेको छ । मध्य अन्त्यतिर घरमा अतिथि आगमन अतिथि सत्कारमा धनखर्च हुने प्रशस्त आम्दानीको योग बनेको छ । राज्यबाट लाभ समर्थन मिल्ने मित्र सहयोगले महत्वपूर्ण काम बन्ने पुराना साथीभाईसँग भेट हुने साता रहेको छ । यो साता सूर्य भगवानलाई जल अर्पण गर्नु भए भाग्यले साथ दिनेछ ।
कन्या :- साता मध्यम फलदायी रहला । साताको शुरुमा व्यर्थ भ्रमण आँखा सम्बन्धि समस्या र धार्मिक सामाजिक क्षेत्रमा धनखर्च हुन सक्छ । मध्यतिर घरमा पाहुना आगमन स्वागत सत्कारमा धन खर्च हुने देखिन्छ । अन्त्यमा भाग्योदय हुने पारिवारिक जमघटका बीच मीठो खानाको अवसर प्राप्त हुनेछ । आम्दानीका नयाँ श्रोत फेला पर्न सक्छ । अढैया शनिदेवका कारण काममा विलम्ब मनमा भय हुन सक्छ । यसर्थ ऊँ शं शनैश्चराय नमः मन्त्रको जप र हनुमान चालिसा पाठ गर्नु भए अढैया शनिजन्य अशुभ फलमा कमी आउनेछ ।
तुला :- साता मिश्रीत फलदायी रहला । साताको शुरुमा गीत संगीत श्रवण लेखनमा मन जानेछ । प्रशस्त आम्दानी पनि हुनेछ । उधारो धन उठने समय आएको छ । मनमा शान्ति छाउने छ । मध्यतिर अनावश्यक खर्च मनमा बेचैनी काममा अलमल हुन सक्छ । अन्त्यमा उच्च भाग्योदय हुनेछ । बोली र ब्यक्तित्व बढने छ । सामुदायिक भोज भतेरमा सहभागी हुने अवसर मिल्नेछ । यो साता काल भैरव भगवानको सेवा गर्नु भए भाग्यले साथ दिनेछ ।
वृश्चिक :- साता मध्यम फलदायी रहला । साताको शुरुमा राजनितिमा सफलता राज्यबाट सहयोग समर्थन वैदेशिक कार्यमा प्रगति देखा पर्ला । मध्यतिर धनलाभ हुने मनोरन्जनमा समय वित्ने देखिन्छ । अन्त्यमा व्यर्थ भ्रमण मनमा बेचैनी काममा अलमल हुने धार्मिक सामाजिक र पारिवारिक क्षेत्रमा अत्यधिक धनखर्च हुने हुँदा खर्च गर्दा सतर्कता आवश्यक छ । यो साता हनुमान मन्दिरमा चार लडडु अर्पण गरी हनुमान चालिसा पाठ गर्नु भए भाग्यले साथ दिनेछ ।
धनु :- साता रमाइलो गर्दै वित्नेछ । यो साता धार्मिक यात्रा हुन सक्छ । मनमा शान्ति मुहारमा कान्ति र शरीरमा स्फूर्ति आउने साता रहेको छ । विदेश सम्बन्धि काममा सफलता मिल्नेछ । राज्यबाट लाभ समर्थन र सहयोग मिल्न सक्छ । राजनितिमा तपाईको उचाई बढने एवं प्रस्ताव तथा निर्णयको प्रशंसा हुनेछ । प्रशस्त आम्दानी हुने र मनोरन्ँजन गर्दै समय वित्नेछ ।
मकर :- साता मध्यम फलदायी रहला । साताको शुरुमा शारीरिक समस्या आर्थिक संकट आउन सक्छ । यो साता तपाईले तातो रिसले काम विग्रन सक्छ । रिसमा नियन्त्रण आवश्यक छ । आगो र पानीको भय छ । यसर्थ सतर्कता आवश्यक छ । मध्यतिर काममा प्रगति अधुरा काम बन्ने धार्मिक रुचि बढने र तीर्थ यात्रा पनि हुन सक्छ ।
अन्त्यमा तपाईको राजनितिक उचाई बढने काममा सपलता मिल्ने आफू भन्दा ठूला मानिससँग भेटघाट हुनेछ । आद्य साढशाती शनिदशा रहेको हुँदा पीपलपूजा काग, कुकुर र कमिलालाई अन्न, चिनी दिदा शनिजन्य अशुभ फलमा कमी आउनेछ ।
कुम्भ :- साता मिश्रीत फलदायी रहला । साताको शुरुमा व्यापार व्यवसायमा लाभ यश र प्रगति प्राप्त हुनेछ । प्रेम प्रसंगमा सफलता मिल्नेछ । दामपत्य जीवनमा सुमधुरता बढनेछ ।
मध्यतिर कोही कसैसँग वादविवाद हुनसक्छ । पारिवारिक स्वास्थ्य उपचारमा धन खर्च हुने देखिन्छ । साताको उत्तराद्र्ध प्रतिकुल रहला । सतर्कता आवश्यक छ । यो साता शिव दर्शन र ऊँ नमः शिवाय मन्त्र जप गर्नाले भाग्यले साथ दिनेछ ।
मीन :- साता मध्यम फलदायी रहला । साताको शुरुमा कडापरिश्रम पश्चात काममा सफल्ता मिल्नेछ । शत्रु शरणागत हुनेछन् । मध्यतिर मनोरञ्जनात्मक रमाइलो यात्रा नहोला भन्न सकिदैन ।
धार्मिक रुचि बढनेछ । मीठो खानाको अवसर प्राप्त हुनेछ । व्यापारमा प्रशस्त लाभ, व्यवसयामा प्रगति हुने देखिन्छ । अन्त्यमा काममा अलमल शरीरमा आलस्यता मनमा बेचैनी उच्च रक्तचाप आदि शारीरिक समस्या देखा पर्न सक्छ । यसर्थ सतर्कता आवश्यक छ । यो विहिवारको व्रत ऊँ वृहस्पतये नमः मन्त्र जप र गौ सेवा गर्दा भाग्यले साथ दिनेछ ।