वीरगंज नेपालको प्रवेशद्वार खुल्ला सिमाना यहाँ तस्करीसंगै कोरोना संक्रमित भित्रन नदिन पनि उतिकै चुनैति छ । देशमा लकडाउन सुरु भएसंगै वीरगंज महानगरपालिका वडा नं. २ छपकैयाको मस्जिदमा गत चैत २८ गते तीनजना मुश्लिम जमातिमा कोरोना संक्रमित फेला परेसंगै स्थानीयले खुल्ला सास लिन पाएका छैनन् ।
प्रहरी प्रशासनको कडाईले बच्चादेखी वृद्धसम्म प्रताडित भएका छन्, काम विशेषले होस् या केही किनमेल गर्न जनता उति सजिलै पाएका छैनन् । हुन पनी कोरोना संगको लडाई यो जित्न यो भन्दा कुनै अर्को विकल्प छैन् तर तयारी विना गरिएको लकडाउनले स्थानीय बढि सास्ती भोग्न बाध्य भएका छन् ।
प्रदेश कै एकमात्र कोरोना उपचार गर्ने केन्द्र बनेको वीरगंजमा पिसिआर मेशिन छैन् न त कोरोना अस्पताल घोषणा गरिएको नारायणी अस्पतालमा सिटिस्क्यान छ न त प्रयाप्त मात्रामा भेन्टिलेटरको सुविधा नै । अभावै अभावमा नारायणी अस्पताल कोरोनासंग लडिरहेको उपचारमा संलग्न चिकित्सक डा. निरज सिंह बताउँछन् ।
अन्य जिल्लाको तुलनामा यहाँ विरामीलाई समेत सास्ती भएको छ । भएको गतिलो नारायणी अस्पताललाई सरकारले कोभिड अस्पताल घोषणा गरेपछि यहाँ आउने गम्भीर खालका विरामी समेत आउन सकेका छैनन् ।
प्रदेश सरकार र केन्द्र सरकारको निर्णायक क्षमता कमजोर भएकाले वीरगंज महानगरपालिका चुकेको मेयर विजय सरावगी आफै स्वकार्य छन् । चिकित्सक, यहाँका व्यापारी सबै सक्षम भएपनि निर्णय आउन नसकेकाले अझैसम्म हामीले कोभिडका लागी लिजमा निःशुल्क रुपमा उपलब्ध गराइएको गण्डक हस्पिटल सञ्चालन गर्न नसकेको हो ।
आइतबार मात्रै रौतहटका एक १४ वर्षिय बालक र तीन जमातिया डिस्चार्ज भएसंगै हिजो नै थप २ जना विरामी यहाँ थपिएका छन् । दुवैजना यसअघि संक्रमण पुष्टि भएका छपकैयास्थित मस्जिदमा बस्दै आएका तीन भारतीय जमातीको सम्पर्कमा रहेका व्यक्ति हुन्।
संक्रमित दुई जना महानगर कार्यालयका सफाइ कर्मचारी वीरगन्ज–३ छपकैया बस्ने ४९ वर्षीय पुरुष र वीरगन्ज–२ बस्ने ५५ वर्षीय पुरुष हुन्। दुवैजनालाई उपचारका लागि वीरगन्ज अस्पतालमा भर्ना गरिएको छ।

जसले गर्दा वीरगंजमा पुनः प्रशासनले कडाई गरेको छ । सर्वसधारणलाई किनमेलदेखि औषधि पसल समेत पुग्न सास्ती खेप्नु परेको छ ।



