मुलकमा विपत नहुँदा गैर सरकारी संघ संस्थाहरु यो गरेको र त्यो गरेको भनी आफ्नो बढि प्रचारवाजी गराउन व्यवस्त हुन्थे । फिल्डमा नगरेका काम पनि कागजी रुपमा गरी दूरुस्त हिसाव मिलान गर्न भ्याई नभ्याई हुन्थ्यो । विपतको यो घडीमा भने धेरै गैर सरकारी संघ संस्था (एनजीओ, आइएनजीओ ) चालचुल छैन । भएका नभएका कामहरु दस्तावेज गर्ने त्यस्ता अधिकांश एनजीओ आइएनजीओहरुको अहिलेको लकडाउन दैनिकी कसरी चल्दै छ ? सर्वसाधारणमा यो चासोका साथ हेरिरहेका छन् । त्यस्तै गैर सरकारी संघ संस्थाहरु मध्ये वीरगंजमा अलि बढि राम्रा काम गरेको संस्थाका रुपमा दरिएको साना पाइलाको अहिलेको गतिविधिका सन्दर्भमा सानो पाइलाका संचालन प्रमुख जय साहसँग गरिएको कुराकानी :-
१) तपाईको लकडाउन दैनिकी कस्तो बित्दै छ ?
लकडाउन सुरु भएको पहिलो दिनदेखि नै सानो पाइलाले विभिन्न सरकारी निकायहरुसँग समन्वय गरी कोरोना भाइरस महामारीको विरुद्धमा सरकारी निर्देशन बमोजिम विभिन्न क्रियाकलापहरु गर्दै आइरहेको छ । सानो पाइलाको सञ्चालन प्रमुख भएको हैसियतले म यस लकडाउन अवधिमा त्यहि क्रियाकलापहरुको निरन्तरता र विस्तारमा लागेको छु ।
२) सानो पाइलाले के—कस्ता क्रियाकलापहरु गर्दै छ ?
यस विपतको बेलामा सानो पाइलाले लकडाउन सुरु भएकै दिनदेखि राहत वितरणको कार्यलाई सक्रियता दिएको छ । वीरगंज र जनकपुरका श्रमिक र मजदुरहरूलाई पनि लकडाउनले केही हद सम्म असर पारेको हुनाले लकडाउनको तेस्रो दिनण्देखि नै हामीले वीरगंज र जनकपुरका श्रमिक, मजदूर र गरिब परिवारहरुलाई राहत स्वरुप भोजन शिविर संचालनमा ल्याएका छौं । अहिले सम्म हामीले नौ हजार जतिलाई खाना ख्वाएका छौं । संक्रमणको जोखिम कम गर्न लकडाउनको पुर्ण कार्यान्वयन तथा संक्रमितको उपचारका लागि अग्रपङ्क्तिमा काम गरिरहनु भएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुलाई भृकुटीदेवि ट्रष्ट र चौधरी पÞmाउण्डेशन जस्ता संस्थाहरुको सहकार्यमा १०० वटा भन्दा बढिलाई सुरक्षा सामाग्री उपलब्ध गराएका छौँ । कोरोनाको आशंकामा अस्पतालमा उपचाररत रहेका बिरामीहरुको स्वाब संकलन गर्दा स्वास्थ्यकर्मीहरुको स्वास्थ्य अवस्थामा कुनै असर नपरोस् भन्ने उद्देश्यले हामीले कन्ट्याक्टलेस स्क्रिनिङ्ग बुथ निर्माण गरी नारायणी अस्पताललाई हस्तान्तरण गरेका छौँ ।उक्त बुथ हामीले स्थानीय नेता अनिल कुमार रुंगटाको सहयोगमा निर्माण गरेका हौँ । लकडाउनको सुरुवाती दिनमै जिल्ला प्रहरी कार्यालय पर्सासँगको सहकार्यमा हेल्प—डेस्क स्थापना गर्यौँ । उक्त हेल्प—डेस्कबाट सर्वसाधारणहरुलाई औषधी र अरु अति आवश्यक सामाग्री पु¥याउने व्यवस्था गरेका छौं । हालसम्म करिब १ हजार ५ सयभन्दा बढी सर्वसाधारणले यस हेल्प डेस्क मार्फत सेवा प्राप्त गरेका छन् । त्यसैगरि अस्पताल र प्रहरी कार्यालय जस्ता सार्वजनिक स्थानमा डिस्इन्पÞmेक्ट (स्यानेटाइज) कार्य जारी छ । लकडाउनको अवधिमा घरमा रहँदा केही मनोरञ्जजनको सञ्चार होस् भन्दै हामीले “प्रारम्भ“ नामक कार्यक्रम सुरु गर्यौँ । विभिन्न स्थानीय संस्था तथा हाम्रो फेसबुक पेजबाट सुरु भएको कार्यक्रम मार्फत हालसम्म हामीले करिब ४० उदयमान कलाकारको प्रस्तुती घर—घर सम्म पु¥याउन सफल भएका छौँ ।
३) यस्तो समयमा काम गर्दा के कुरा गाह्रो हुदो रहेछ ?
जे कोही ले पनि महसुस गर्न सक्नु हुन्छ यस्तो समयमा कति गाह्रो हुन्छ भनेर । तर पनि सानो पाइला हरेक विपतिको बेलामा फ्रन्टलाइनमा उभिएको छ । यो विपति अलि फरक भए पनि हामी चुप लागेर बस्न ठिक ठानेनौँ । हामी सुरक्षित रुपमा आफ्नो स्तरबाट विभिन्न क्रियाकलापहरु सुरु गरेका छौँ । यस्तो महामारीको समयमा सानो पाइला जस्तो सामुदायिक संस्थाबाट भइरहेको क्रियाकलापहरुलाई निरन्तरता दिनु नै ठुलो चुनौती बनेको छ । यस महामारीले हाम्रो कोषमा ठुलो क्षति पारेको छ । हामीले आफ्नो रिजर्व कोष र स्थानिय जनता र हाम्रो बोर्ड सदस्यहरुको सहयोगमा कार्यहरुलाइ निरन्तरता दिदै छौँ । त्यस्तै स्थानीय सरकारबाट पनि खासै सहयोग वा सहकार्य भएको छैन ।
४) आजकाल महिलाहरुलाई लकडाउनले अझ धेरै गाह्रो पारेको भन्ने हल्ला छ । तपाईहरुको बुझाइ के छ ?
म एक पुरुष भए पनि महिला शशक्तिकरणलाई प्रोत्साहन गर्ने भएकाले मलाई यस्तो समाचारहरू आउनु नै आफैमा लजास्पद जस्तो लाग्छ । पितृसत्तात्मक समाजमा महिलालाई पहिलेदेखि नै दबाएर राखिएको छ । र यो लकडाउनले त्यो पितृसत्तात्मक मानसिकतालाई थप उजागर गरेको छ । लकडाउनपछि चैत्र महिनामा मात्र १५ ओटाभन्दा बढि जबर्जस्ती करणी र करणी उद्योगका घटना, १२ ओटा बालिका बलात्कृत भइसकेका छन् । यस्ता कयौ घरेलु महिला हिंसाका घटनाहरू बाहिर आइरहेका छन् । लकडाउन सकिने बितिकै त्यस्ता घटनाहरुको निष्पक्ष छानबिन गरी दोषीलाई न्यायको घेरामा ल्याउनु पर्छ ।
५) बर्तमान अवस्थामा स्थानीय सरकारको भूमिकालाई कस्तो पाउनु भएको छ ?
स्थानीय सरकारले आफ्नो दायित्वबाट बन्चित हुन खोजेको पाइएको छ । नेपाल जस्तो देशमा कोभिड १९ को लडाईमा स्थानीय सरकारको ठुलो भूमिका हुनसक्छ । तर वीरगंज महानगरपालिकासँग कोरोनभाइरस विरुद्ध लड्ने कुनै ठोस नीति नै छैन । सुरुदेखि नै वीरगंज महानगरपालिका लाचार तरिकाले प्रस्तुत भएको छ । नागरिक समाज, संघ संस्था र वीरगंजका विज्ञहरुसँग वृहतरुपमा छलफल गरेर एकिकृत रुपमा अगाडी बढ्नु पर्दथ्यो । देशको आर्थिक राजधानी भएको शहरमा लकडाउनबाट प्रभावित ब्यवसायी र प्रत्यक्ष रुपमा प्रभावित भएका गरिबहरुको लागि केहि राहत प्याकेज वा त्यस्ता केहि नीति आएको छैन । लकडाउनको बेला वीरगंजवासीको सहुलियतको लागि कुनै पनि प्रभावकारी कदम चालिएको छैन। यो एकदम लज्जास्पद कार्य हो ।
६) अन्त्यमा केही भन्नु चाहानु हुन्छ ?
संसार नै आज बिरानो–बिरानो भएको छ । हामीमध्ये जो–कोही पनि बिरामी हुन सक्छौँ वा अहिले नै हामीले भाइरस बोकिरहेका पनि हुन सक्छौँ । कोरोनाको संक्रमण ज्यादा फैलिए जुनै पनि वेला हालको अवस्था परिवर्तन हुन सक्छ । त्यसकारण शारीरिक दुरी कायम राखी समय मै सचेत बनौँ । हामी सबै मिली यस विपत्तिलाई जित्न सकौं । यस्तो विपदको बेला गरिब र असहायलाई हामी सबै मिली सहयोग गरौँ । सरकारले जारि गरेको लकडाउनको पालना गरी यो लडाईमा आ—आफ्नो भूमिका निर्वाह गरौँ ।