मुलकमा विपत नहुँदा गैर सरकारी संघ संस्थाहरु यो गरेको र त्यो गरेको भनी आफ्नो बढि प्रचारवाजी गराउन व्यवस्त हुन्थे । फिल्डमा नगरेका काम पनि कागजी रुपमा गरी दूरुस्त हिसाव मिलान गर्न भ्याई नभ्याई हुन्थ्यो । विपतको यो घडीमा भने धेरै गैर सरकारी संघ संस्था (एनजीओ, आइएनजीओ ) चालचुल छैन । भएका नभएका कामहरु दस्तावेज गर्ने त्यस्ता अधिकांश एनजीओ आइएनजीओहरुको अहिलेको लकडाउन दैनिकी कसरी चल्दै छ ? सर्वसाधारणमा यो चासोका साथ हेरिरहेका छन् । त्यस्तै गैर सरकारी संघ संस्थाहरु मध्ये वीरगंजमा अलि बढि राम्रा काम गरेको संस्थाका रुपमा दरिएको साना पाइलाको अहिलेको गतिविधिका सन्दर्भमा
सानो पाइलाका संचालन प्रमुख जय साहसँग गरिएको कुराकानी :
१) तपाईको लकडाउन दैनिकी कस्तो बित्दै छ ?
लकडाउन सुरु भएको पहिलो दिनदेखि नै सानो पाइलाले विभिन्न सरकारी निकायहरुसँग समन्वय गरी कोरोना भाइरस महामारीको विरुद्धमा सरकारी निर्देशन बमोजिम विभिन्न क्रियाकलापहरु गर्दै आइरहेको छ । सानो पाइलाको सञ्चालन प्रमुख भएको हैसियतले म यस लकडाउन अवधिमा त्यहि क्रियाकलापहरुको निरन्तरता र विस्तारमा लागेको छु ।
२) सानो पाइलाले के—कस्ता क्रियाकलापहरु गर्दै छ ?
यस विपतको बेलामा सानो पाइलाले लकडाउन सुरु भएकै दिनदेखि राहत वितरणको कार्यलाई सक्रियता दिएको छ । वीरगंज र जनकपुरका श्रमिक र मजदुरहरूलाई पनि लकडाउनले केही हद सम्म असर पारेको हुनाले लकडाउनको तेस्रो दिनण्देखि नै हामीले वीरगंज र जनकपुरका श्रमिक, मजदूर र गरिब परिवारहरुलाई राहत स्वरुप भोजन शिविर संचालनमा ल्याएका छौं । हालसम्म हामीले ११ हजार व्यक्तिहरुलाई हामीले खाना ख्वाएका छौं । संक्रमणको जोखिम कम गर्न लकडाउनको पुर्ण कार्यान्वयन तथा संक्रमितको उपचारका लागि अग्रपङ्क्तिमा काम गरिरहनु भएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुलाई भृकुटीदेवि ट्रष्ट र चौधरी पÞmाउण्डेशन जस्ता संस्थाहरुको सहकार्यमा १०० वटा भन्दा बढिलाई सुरक्षा सामाग्री उपलब्ध गराएका छौँ । कोरोनाको आशंकामा अस्पतालमा उपचाररत रहेका बिरामीहरुको स्वाब संकलन गर्दा स्वास्थ्यकर्मीहरुको स्वास्थ्य अवस्थामा कुनै असर नपरोस् भन्ने उद्देश्यले हामीले कन्ट्याक्टलेस स्क्रिनिङ्ग बुथ निर्माण गरी नारायणी अस्पताललाई हस्तान्तरण गरेका छौँ । उक्त बुथ हामीले स्थानीय नेता अनिल कुमार रुंगटाको सहयोगमा निर्माण गरेका हौँ । यसैगरी हामीले सिमराको अ–अस्थाई कोभिड अस्पतालमा सोमबार पुन हामीले अर्को बुथ हस्तनान्तरण गरेर आएका हौँ ।
लकडाउनको सुरुवाती दिनमै जिल्ला प्रहरी कार्यालय पर्सासँगको सहकार्यमा हेल्प—डेस्क स्थापना गर्यौँ । उक्त हेल्प—डेस्कबाट सर्वसाधारणहरुलाई औषधी र अरु अति आवश्यक सामाग्री पु¥याउने व्यवस्था गरेका छौं । हालसम्म करिब १ हजार ५ सयभन्दा बढी सर्वसाधारणले यस हेल्प डेस्क मार्फत सेवा प्राप्त गरेका छन् । त्यसैगरि अस्पताल र प्रहरी कार्यालय जस्ता सार्वजनिक स्थानमा डिस्इन्पÞmेक्ट (स्यानेटाइज) कार्य जारी छ । लकडाउनको अवधिमा घरमा रहँदा केही मनोरञ्जजनको सञ्चार होस् भन्दै हामीले ‘प्रारम्भ’ नामक कार्यक्रम सुरु गर्यौँ । विभिन्न स्थानीय संस्था तथा हाम्रो फेसबुक पेजबाट सुरु भएको कार्यक्रम मार्फत हालसम्म हामीले करिब ४० उदयमान कलाकारको प्रस्तुती घर—घर सम्म पु¥याउन सफल भएका छौँ ।
३) यस्तो समयमा काम गर्दा के कुरा गाह्रो हुदो रहेछ ?
जे कोही ले पनि महसुस गर्न सक्नु हुन्छ यस्तो समयमा कति गाह्रो हुन्छ भनेर । तर पनि सानो पाइला हरेक विपतिको बेलामा फ्रन्टलाइनमा उभिएको छ । यो विपति अलि फरक भए पनि हामी चुप लागेर बस्न ठिक ठानेनौँ । हामी सुरक्षित रुपमा आफ्नो स्तरबाट विभिन्न क्रियाकलापहरु सुरु गरेका छौँ । यस्तो महामारीको समयमा सानो पाइला जस्तो सामुदायिक संस्थाबाट भइरहेको क्रियाकलापहरुलाई निरन्तरता दिनु नै ठुलो चुनौती बनेको छ । यस महामारीले हाम्रो कोषमा ठुलो क्षति पारेको छ । हामीले आफ्नो रिजर्व कोष र स्थानिय जनता र हाम्रो बोर्ड सदस्यहरुको सहयोगमा कार्यहरुलाइ निरन्तरता दिदै छौँ । त्यस्तै स्थानीय सरकारबाट पनि खासै सहयोग वा सहकार्य भएको छैन ।
४) आजकाल महिलाहरुलाई लकडाउनले अझ धेरै गाह्रो पारेको भन्ने हल्ला छ । तपाईहरुको बुझाइ के छ ?
म एक पुरुष भए पनि महिला शशक्तिकरणलाई प्रोत्साहन गर्ने भएकाले मलाई यस्तो समाचारहरू आउनु नै आफैमा लजास्पद जस्तो लाग्छ । पितृसत्तात्मक समाजमा महिलालाई पहिलेदेखि नै दबाएर राखिएको छ । र यो लकडाउनले त्यो पितृसत्तात्मक मानसिकतालाई थप उजागर गरेको छ । लकडाउनपछि चैत्र महिनामा मात्र १५ ओटाभन्दा बढि जबर्जस्ती करणी र करणी उद्योगका घटना, १२ ओटा बालिका बलात्कृत भइसकेका छन् । यस्ता कयौ घरेलु महिला हिंसाका घटनाहरू बाहिर आइरहेका छन् । लकडाउन सकिने बितिकै त्यस्ता घटनाहरुको निष्पक्ष छानबिन गरी दोषीलाई न्यायको घेरामा ल्याउनु पर्छ ।
५) बर्तमान अवस्थामा स्थानीय सरकारको भूमिकालाई कस्तो पाउनु भएको छ ?
स्थानीय सरकारले आफ्नो दायित्वबाट बन्चित हुन खोजेको पाइएको छ । नेपाल जस्तो देशमा कोभिड १९ को लडाईमा स्थानीय सरकारको ठुलो भूमिका हुनसक्छ । तर वीरगंज महानगरपालिकासँग कोरोनभाइरस विरुद्ध लड्ने कुनै ठोस नीति नै छैन । सुरुदेखि नै वीरगंज महानगरपालिका लाचार तरिकाले प्रस्तुत भएको छ । नागरिक समाज, संघ संस्था र वीरगंजका विज्ञहरुसँग वृहतरुपमा छलफल गरेर एकिकृत रुपमा अगाडी बढ्नु पर्दथ्यो । देशको आर्थिक राजधानी भएको शहरमा लकडाउनबाट प्रभावित ब्यवसायी र प्रत्यक्ष रुपमा प्रभावित भएका गरिबहरुको लागि केहि राहत प्याकेज वा त्यस्ता केहि नीति आएको छैन । लकडाउनको बेला वीरगंजवासीको सहुलियतको लागि कुनै पनि प्रभावकारी कदम चालिएको छैन। यो एकदम लज्जास्पद कार्य हो ।
६) अन्त्यमा केही भन्नु चाहानु हुन्छ ?
संसार नै आज बिरानो–बिरानो भएको छ । हामीमध्ये जो–कोही पनि बिरामी हुन सक्छौँ वा अहिले नै हामीले भाइरस बोकिरहेका पनि हुन सक्छौँ । कोरोनाको संक्रमण ज्यादा फैलिए जुनै पनि वेला हालको अवस्था परिवर्तन हुन सक्छ । त्यसकारण शारीरिक दुरी कायम राखी समय मै सचेत बनौँ । हामी सबै मिली यस विपत्तिलाई जित्न सकौं । यस्तो विपदको बेला गरिब र असहायलाई हामी सबै मिली सहयोग गरौँ । सरकारले जारि गरेको लकडाउनको पालना गरी यो लडाईमा आ—आफ्नो भूमिका निर्वाह गरौँ ।