जिल्ला प्रशासन कार्यालयले १७ जना काेराेना संक्रमित फेला परेसंगै पहिल्यैदेखि जारी गरेकाे पास खारिज गरेको छ ।
जिल्लाबाट अन्यत्र काेराेना संक्रमित नफैल्न पुरानो पास खारिज गरिएको जनाएको छ ।
अाज विहान एक सुचना जारी गर्दै जरुरी पर्नेले ई पासका लागि घरमै बसेर अावेदन दिन सक्ने व्यवस्था मिलाएकाे छ ।
यस्तो छ, ई पास लिने व्यवस्था
जिल्ला प्रशासन कार्यालय पर्साकाे इपास सम्बन्धी जरूरी सूचना
यस कार्यालय बाट विभिन्न मितिमा जारी गरिएका सवारी पासको अविध-अधिकतम २०७७ बैशाख २५ गते सम्म मात्र रहेकोले उक्त मिति पछि त्यस्ता पास स्वत: खारेज हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ ।
यस जिल्लामा एकपछि अर्काे काेभिड १९ का संक्रमितहरू देखापर्दै गएकाेले यसकाे संक्रमण अरूतिर विस्तार हुन नदिन तथा यसकाे राेकथाम, नियन्त्रण र व्यवस्थापनलाइ प्रभावकारी बनाउन अति अावश्यक अवस्थामा बाहेक यातायातका साधन संचालनमा राेक लगाइएकाे छ । कोही कसैलाई अति आवश्यक काम परेमा मात्र तपशिल बमोजिमको विधिबाट e pass को लागि आवेदन गर्नुहुन अनुरोध गरिन्छ ।
e pass प्राप्त गर्नको लागि कार्यालयमा आई रहनु नपर्ने तथा फाेन गरीरहन नपर्ने व्यहोरा समेत जानकारीका लागि अनुरोध छ ।
तपशिल:- -
१११२ मा ABC वा १२३ लेखी SMS गर्ने । -
Reply मा Link आउँछ ।
- Link खोली सबै विवरण भरी तथा आवाश्यक कागजात Upload गरी आवेदन Submit गर्ने वा विवरण पेश गर्ने ।
-पास जारी गर्नुपर्ने अाैचित्यपूर्ण कारण देखिएमा मात्र पास जारी गरिनेछ र त्यसकाे जानकारी यहाँहरूकाे माेवाइलमा एस.एम.एस.मार्फत पठाइनेछ ।
-यस कार्यालयबाट जारी गरिएकाे पास भए नभएकाे एकिन गर्न V pass number टाइप गरी १११२ पठाइ जाँच गर्न सकिनेछ ।