सानो पाईलाले कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रण प्रयासका लागी समाजमा भिन्न योजना बनाई लागी परेका छन् ।
वीरगंजको छपकैयाँबाट देशका विभिन्न शहरमा समेत आफ्नो शाखा विस्तार गरि लागु औषध, चेलिबेटी बेचविखन नियन्त्रण लगायत विभिन्न समाजिक काम गर्दै आएको सानो पाइलाले कोरोना कहर चलिरहदाँ विभिन्न दाताको सहयोगमा आफ्नो प्रयासबाट विभिन्न समाजिक कामहरु गर्दै आएको जनाएको छ ।
मुर्लि बगैचास्थित रिहाब सेन्टरमा पत्रकार सम्मेलनको आयोजना गर्दै लक डाउनको बेला वीरगंज र जनकपुर गरि हालसम्म १३ हजार ५७ जनालाई निःशुल्क भोजन गराएको छ । नेपाल प्रहरी र भारतीय प्रहरीको सहयोगमा २१ सय घरधुरीलाई आवश्यक पर्ने भारतीय औषधीहरु रक्सौलबाट ल्याई सहयोग डेस्क चलाउँदै आएको संस्थाका अध्यक्ष कञ्चन झाले बताए ।
यसैगरी सानोपाइलाले कोभिड १९ स्क्रिनिंग बुथ निर्माण गरि सहयोग हस्तनान्तरण गरेको छ । भने, १०५ थान पिपिई, विभिन्न स्थानमा २५० लिटर डिस्ईन्फेक्सन औषधी छर्किएको संस्थाले जानकारी गराएको छ । यसैगरी सानो पाइलाले ५१ उदयमान स्थापित कलाकारहरुको प्रस्तुतीमा विभिन्न सञ्चारमाध्यमबाट मनोरञ्जना समेत गराएको जनाएको छ ।
सेब्स, सेब्स नर्थ अमेरिका र सांसद अनिल रुगंटा, नेशनल इन्फोटेक कलेजका सञ्चालक मनिष सिंह लगायतको सहयोगमा समाजिक कार्यहरु गर्न सफल भएको हो । कार्यक्रममा राजेश साह, डा. अमरेन्द्र ठाकुर, नन्दु प्रसाद थारु लगायतको उपस्थिति रहेको थियो । जय साहको सभापतित्वमा भएको कार्यक्रमको सहजिकरण विवेक कर्णले गरेका थिए ।